सवारी दुर्घटना तीन जनाको मृत्यु

मनोज दाहाल २०७७ असार १२ गते १०:५७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१२ असार । मोरङको कानेपोखरी गाउँपालिका–७ पुर्व पश्चिम लोकमार्गमा बिहिवार रातीे सवारी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियोले बिपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक फिदिम नगरपालिका–२ का ३८ बर्षीय गजेन्द्र कुमार गुरुङ र सोही मोटरसाईकलको पछाडी सवार रहेका झापाको बुद्धशान्ति गाउँपालिका–४ का ३३ बर्षिय लोकेन्द्र कुमार लिम्बु तथा उक्त स्कारपियो अनियन्त्रीत भई अन्दाजी ४२ बर्षीया महिलालाई समेत ठक्कर दिंदा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि मोरङको मंगलवारे अस्पताल पठाईएकोमा मोटरसाईकलको पछाडी सवार रहेका लिम्बु र महिलाको बाटोमा नै मृत्यु भएको थियो भने मोटरसाईकल चालक गुरुङको बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको थियो।

दुर्घटना गर्ने स्कारपियो चालक तथा दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा राखिएको छ।

यस सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया