वीरेन्द्र रावल,
धनगढी, असार ११÷ जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्धम फाँटमा रहेर विगत लामो समयदेखि चरम घुषकाण्ड गर्दै सेवाग्राहीलाई समेत आतंकित पार्दै आईरहेका प्रहरी ईनेष्पेक्टर प्रकाश सिंह कार्की अन्तत्वगत्वा पापधुरीबाट कराउँछ भनेझैं विहीबार घुष सहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाश सिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम बिष्टलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा कानुन व्यवसायी बिष्टको कार्यालयमा छापा हानेर उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।
जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाई दिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी बिष्टले बताए।
कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमीका खेलेको र घुस रकम बुझ्न प्रहरी निरिक्षक विष्ट पनि कानुन व्यवसायीको कार्यालयमा आएको समयमा पक्राउ गरिएको विष्टले जानकारी दिए।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया