मनोज दाहाल,
विराटनगर ,११असार। प्रदेश नं. १ बाट आज ७० जना कोभिड–१९ सङक्रमितहरु निको भै घर फर्केका छन्।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड –१९ आइसोलेसन सेन्टर गोठगाउँ मोरङमा उपचारका लागि भर्ना भएकामध्ये ७० जना डिस्चार्ज भएका हुन।
निको भै घरफर्कनेहरुमा मोरंङका १२,झापाका २९,सुनसरीका २०,ईलामका दुई ,उदयपुरका चार ,पाँचथर,भोजपुर र ताप्लेजुङका एक÷एक जना रहेका छन्।
निको भै घर फर्कर्नेहरु गत जेठ २५ देखि ३० गतेसम्म उपचारका लागि भर्ना भएका थिए भने उनीहरु १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन्।
पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेल,स्वास्थ्य कार्यालय मोरंङका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले पूर्व सङ्क्रमितहरुलाई विदाई गर्नु भएको थियो । प्रदेशबाट निको भै घरफर्कनेहरुको संख्या ३५५ पुगेको छ।यस्तै प्रदेशमा आज ७ जना कोभिड–१९ संङ्क्रमितहरु थपिएका छन्।
यसरी सङक्रमित हुनेहरुमा मोरङका एक , सुनसरीका दुई र झापाका चार जना रहेका छन् भने सङ्क्रमितहरुको जम्मा संख्या ५०३ पुगेको छ ।
पत्रकार
प्रतिक्रिया