बिहीबार, असार २५ २०७७
काठमाडौं १७:१५
वासिङटन डिसी 07:30

अमेरिकामा एसाइलम अस्वीकृत भएपछि संघीय अदालतमा अपिल गर्न नपाइने सर्वोच्चको फैसला

एजेन्सी २०७७ असार ११ गते १९:२९ मा प्रकाशित

वासिङटन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई साथ दिंदै अध्यागमन अदालतवाट एसाइलम आवेदन अस्वीकृत भएमा अमेरिका नछाडी संघीय अदालतमा पुनरावेदन गर्न नपाइने फैसला गरिदिएको छ ।

सर्वोच्चको यो फैसलाले अमेरिकामा शरण लिन चाहनेहरुलाई शीघ्र रुपमा देशनिकाला गर्ने राष्ट्रपति ट्रम्पको योजनामा सहयोग पुगेको छ ।

एकजना श्रीलंकन नागरिकको सम्वन्धमा परेको मुद्धालाई किनारा लगाउने क्रममा सर्वोच्च अदालतले यो फैसला गरेको हो ।

अध्यागमन अदालतले ती श्रीलंकन नागरिकको एसाइलम अस्वीकृत गरेपछि उनी सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका थिए । सर्वोच्च अदालतमा रहेका ९ जना न्यायधिशमध्ये ७ जना यो फैसलाको पक्षमा उभिएका थिए भने दुइजना विपक्षमा उभिएका थिए ।

सर्वोच्चले हालैमात्रै वावुआमासंग सानैमा अमेरिका छिरेका वालवालिकाहरुको भने पक्षमा फैसला गरेको थियो ।

प्रतिक्रिया