मनोज दाहाल,
विराटनगर, ११ असार । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आज वृक्षरोपण गर्नु भयो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा उहाँले एक थान मालद आँपको विरुवा रोप्नु भएको छ।
सो अवसरमा मन्त्रिपरिषद कार्यालयका कर्मचारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको उपस्थिति रहेको छ।
पत्रकार
प्रतिक्रिया