बुधबार, साउन २८ २०७७
काठमाडौं १७:१८
वासिङटन डिसी 07:33

हामी नेपाली (बालगीत)  

शिव लामिछाने,भर्जिनिया अमेरिका २०७७ असार १० गते २१:५४ मा प्रकाशित

हिमाल पहाड तराई अनि मेची महाकाली

सयौँ जाति भाषा हाम्रो हामी नेपाली

विश्वभरि फैलिएर देशलाई माया गर्छौँ

पुर्खामाथि गौरव गर्दै देशको शान छर्छौँ

सगरमाथा शिरमा राख्ने वीर गोर्खाली

सबैलाई मित्र मान्छौँ हामी नेपाली ।

 

गौतम बुद्ध जन्माउने हाम्रै सुन्दर देश

शान्तिप्रिय नेपालीको बेग्लै भाषाभेष

पुर्खामाथि गौरव गर्दै यही संस्कृति रोज्छौँ

हामी जहाँ पुगे पनि नेपालीपन खोज्छौँ ।

हिमाल पहाड तराई अनि मेची महाकाली

सयौँ जाति भाषा हाम्रो हामी नेपाली ।

 

 

प्रतिक्रिया