कुसंस्कारले जकडिएको सुदूरपश्चिम प्रदेश र नागरिक समाज

वीरेन्द्र रावल २०७७ असार १० गते २०:५९ मा प्रकाशित

वीरेन्द्र रावल,

हुनत नयाँ मानिस संग भेटघाट हुँदा तपाईको घर कता पर्यो भनेर सोधेको जवाफमा मलाई निसंकोच सुदूरपश्चिम हो भन्दा हिचकिचहाट नै लाग्दैन ।
सुदूरपश्चिम जहाँ म बस्छुँ ,खासगरि सामाजमा बिद्यमान शोषण,दमन अन्याय , अत्याचार, सामन्तबादका विरुद्ध संघर्ष गर्दा गर्दै तत्कालिन महेन्द्र सरकारका पालामा हत्या गरिएका किसान आन्दोलनका योद्धा स्व. भीम दत्त पन्त जन्मेको भूमी हो सुदूरपश्चिम ।

अनि राणा शासनको अन्त्य र देशमा प्रजातन्त्र स्थापनाका लागि साहदात प्राप्त गर्ने वीर सहिद दशरथ चन्द,अनि एसियाकै पहिलो महिला मन्त्री भएको द्धारिकादेवी ठकुरानी अनि नेपाली काँग्रेसका सभापती, पटक पटक प्रधानमन्त्री भैसकेका शेर वहादुर देउवा,राप्रपाका नेता जो पनि पटक( पटक नेपालको प्रधानमन्त्री बनि सकेका लोकेन्द्र बहादुर चन्द अनि एमालेका होनाहार चर्चित नेता भीम रावल देखि द्धन्द्धकालमा समाजका सबै असमानता, विसंगती, विकृतिका अवशेषहरु समाप्त पार्ने अभियानमा १० बर्षे जनयुद्ध लडेर माओवादीको सुप कमाण्ड सम्हालि सकेका लेखराज भटट्को जन्म र कर्म भूमि हो भनेर मैले गर्व पनि गर्छु र अरुलाई यहि परिचयबाट सुरुवात गर्छु सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्ला मेरो घर हो भनेर।

यस क्षेत्रले नेपालका हरेक परिवर्तनका लागि समय समयमा थुप्रै योगदान दिएको छ यो राष्टूका लागि । हुनत देशको सबै भन्दा कान्छो क्षेत्र अनि अन्य प्रदेश भन्दा सामाजिक आर्थिक एवं राजनीतिक दृष्टिकोणले पछाडि पारिएको क्षेत्र हो भनेर पनि सबैले चिन्ने गरेका छन सात नम्बर प्रदेशलाई।

सम्भावना धेरै भएको तर त्यसको सहि सदुपयोग हुन नसकेका कारण पनि यो क्षेत्र अन्य क्षेत्र भन्दा पछाडी परेको हो भन्नेहरु पनि धेरै रहेका छन् । धार्मिक, साँस्कृति एवं पर्यटनका हिसावले अन्य क्षेत्र भन्दा सयौं गुणा सात नम्बर प्रदेश सम्पन्न छ भन्नेमा दुईमतनै छैन ।

अपि,सैपाल, रामारोशन,घोडाघोडी,झिमिला,खप्तड,रामारोशन,मालिका,शैलेश्वरी,सेती,कर्णाली, महाकाली,बैजनाथ,त्रिपुरा लगायतका धार्मिक पर्यटनका सम्भावना भएको क्षेत्र यहि क्षेत्रमा पर्दछन।

खासगरि सुदूरपश्चिम प्रदेशले अन्यक्षेत्र भन्दा विकास ,निर्माण र प्रगतीका हिसावले पछाडी पर्नुपर्ने खासकारण के हो ? र कीन सात नम्बर प्रदेशमा अँझैपनि समृद्धि,विकासले गति लिन सकेन अन्य क्षेत्र भन्दा भन्ने जिज्ञाशामा यस क्षेत्रका जनताको धार्मिक, साँस्कृतिक क्षेत्र र मान्यतामा परम्परागत मूल्य र मान्यताले गाडेको जरो जरैबाट उखेल्न नसक्नुनै हो।

यसका प्रमूख कारणहरु मध्ये पहिलो हो शिक्षा : सुूदूर पश्चिम प्रदेशमा हाल देखा पर्ने गरेको युवा वेरोजगारी लगायतका समस्याको पहिलो कारणनै हो अशिक्षा । यस क्षेत्रका मानिसहरु विद्यालयमा जाने उमेरमा कामको शिलसिलामा भारत जाने । आफ्नो गाउँमा काम काज नगर्ने , पुरा नपढेर बिद्यालय छोड्ने अनि भारतका गल्ली गल्लीमा कामको खोजीमा जाने गरेको यर्थातता हो सुदूरपश्चिम प्रदेशको।

सरकारी वेवास्ता : सरकारले अन्य क्षेत्र झैं यदि यस क्षेत्रका आम युवाहरुलाई रोजगारी लगायतका अवसरहरु प्रदान गर्नका लागि विकासका पूर्वाधारहरु तयार गरि दिएको भए वा उद्योग धन्दा कलकारखानाको स्थापना गरि दिएको भए युवा वेरोजगारीका समस्यानै देखा पर्दैनथे।

परम्परागत मूल्य र मान्यताको अन्तय नहुनु :कतिपय परम्परागत मूल्य र मान्यतालाई युवा पिढीले पनि संस्थागत गर्दै जान थालेका कारण पनी सात नम्बर प्रदेशले सोच अनुरुप विकासलाई गति दिन नसकेको अनुभूतिहरु गरिएकका छन् विगत र वर्तमानमा पनि।उदाहरणका लागि हालै मात्र निमार्ण सम्पन्न भएको चमेलिया भलविधुत आयोजना निर्माणका बखत जंगलको बाटोमा वन देउताको रुखको माथि बाट विजुलीको लाईन विस्तार गर्ने कार्यलाई वन देउताका पुजारीले रुख काट्न नदिएको एक ज्वलन्त उदाहरण हो ।जसका कारण २ बर्ष लाग्ने लाईन विस्तार कार्यमा थप एक बर्ष लाग्न पुगेको थियो।

सडक विस्तार गर्दा खेत गराबाट सडक विस्ता हुँदा जग्गाको मूल्य बढ्छ भन्ने कुराको चिन्ता भन्दा पनि गरा काटिने पो होकि भन्ने मानसिकताका कारण एक किलोमिटरमा विस्तार हुने सडक तीन देखि ४ किलोमिटर घुमाउरो पारेर लैजानु परेका थुप्रै उदाहरणहरु हामी माझ छन्।

कुरिती : खासगरि देशका अन्य भाग भन्दा सात नम्बर प्रदेशमा विद्यमान छुवाछुत, जातीय विभेद छाउडी कु्रथा, देउकी, हलिया, लगायतका कुप्रथाका कारण पनि सुदूर पश्चिमा विकासमा पछाडी परेको हो भन्नेमा दुई मत छैन ।

छाउपडी प्रथा : यस प्रथाका कारण पहिलो पटक रजश्वला भएका किशोरीहरुका ज्यान समेत जोखिममा परेका र पर्ने गरेका छन् । गत बर्ष मात्रै अछाम जिल्लामा एक किशोरीको छापडी गोठमा अकालमै ज्यान गएको तितो उदाहरण रहेको छ ।पर सर्ने वित्तिकै किशोरीले शरिरका लागि चाहिने दहि, दुध, माछा मासु र फलफुल समेत खान पाउँदैनन् । जसका कारण पोषण नहुँदा उनिहरुको स्वास्थ्य अवस्थामा समेत नराम्रो असर पुग्ने गरेको देखिन्छ ।

यति सम्मकी छाउपडीले गाई भैंसीको दुध खाएको खण्डमा गाईको दुध घट्ने र घरमा सुतेको खण्डमा देउता रिसाउने भएकाले घरमा अनिष्ट हुन्छ भन्दै रज्वश्वला भएका महिला वा किशोरीलाई अलग्गै छाउ गोठ बनाएर जोखिममा पार्ने लगायतका कार्यहरु विगतमा पनि हुन्थे भने आजभोली पनि भैरहेका छन् ।

सुदूरपश्चिमका डोटी, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, बझाङ ,दार्चुलामा मात्र नभएर कैलाली कञ्चनपुर लगायतकका जिल्लाहरुमा पनि छाउ गोठ देख्न पाईन्छ । जति सुकै शिक्षित महिला भएता पनि उनिहरुका घरहरुमा अवश्यप पनि छाउ गोठहरु बनाएको पाईन्छ । मानिसहरु अँझैपनि छुत मान्ने गरेका देखिन्छन् ।

यति मात्र कहाँ हो र ? सुदूर पश्चिमका अधिकाँश जिल्लाहरुमा अँझै पनि दलितहरुले मन्दिर प्रवेश गर्न पाईरहेका छैनन् । मन्दिर बनाउने,मूर्ति बनाउने दलित जातीहरु समेत छुवा छुतको शिकार भैरहेका छन् अँझै पनि सात नम्बर प्रदेशमा । नेपालकको कानुनले जाती छुतलाइ कानुनी अपराध मानेको छ । त्यस्तो कार्य गर्नेलाई सजायको समेत व्यवस्था गरिसकेको छ तरपनि समाजमा यस्ता कुरीतिहरु कायमै रहेका कारण मानिसहरुले असमानताको जाँतोमा पिल्सनुपरिरहेको छ।

बैतडी जिल्लाको त्रिपुरा सुन्दरी र निगालासैनी मन्दिरमा विगतका बर्षहरुमा बृद्धा देउकीहरु समेत देख्न पाईन्थ्यो ।यस प्रकारका कुसंस्कारले ग्रसित सात नम्बर प्रदेशको समाजलाई सबै विभेदबाट अन्त्य गराई समुन्नत सात नम्बर प्रदेशको नारा लगाउने कार्य विभिन्न संघ÷संस्था वा सरकारले नगरेको पनि होईन यति सम्मकी अछाम जिल्लालाई त छाउपडी गोठ मुक्त जिल्ला बनाउने उद्धेश्यका साथ गोठ भत्काउने कार्य पनि नभएका होईनन् ।हलिया मुक्ति अभियान, कमैया प्रथाको अन्तय लगायतका क्रान्तिकारी अभियानहरुपनि सञ्चालन नगरेका होईनन् । यसका बाबजुद पनि यतिखेर नत छाउपडि प्रथाको अन्त्य भएको छ । न दलित माथिको छुवाछुतको अन्त्यनै । पहाडी जिल्लामा सरकारले हलिया मुक्ति र कैलाली कञ्चनपुर जिल्लामा कमैया मुक्तिका जे जति चर्का नारा लगाय पनि मुक्त कमैया र हलिया मध्ये कतिय त पुनः हलिया र कमैया बसेका उदाहरणहरु ज्वलन्त उदाहरणका रुपमा हाम्रा सामु देखा पर्ने गरेका छन् ।

यीं तमाम समस्याको अन्त्य वैज्ञानिक तरिकाबाट हुनुको सट्टाआजको २१ औं शताब्दीमा आएर समेत कुसंस्कारको जाँतोमा गाउँ घरका सर्वसाधारण मात्र नभएर सरकारी कर्मचारीले समेत पिल्सीनु परिरहेको ज्वलन्त उदाहरण शनिबार मात्रै बैतडी जिल्लाको पाटन,स्थित जलउत्पन्न प्रकोप नियन्त्रण २४ नम्बर कार्यालयमा कार्यरत सरकारी कर्मचारी मस्तवीर कर्याङकंग्रहुयाले भोग्नुपरेको मानसिक सास्तीलाई लिन सकिन्छ ।

कर्याङकंग्रहुया र उनकी श्रीमति लिला बोगटी पाटन स्थित एक जना बाहुनको घरमा डेरा गरि बस्ने गरेका छन्।

डेरामा बस्ने घरबेटीले लिलालाई रजश्वला भएको र घरको माथिल्लो तलामा बसेका कारण खानेपानीको धारा सुक्न थालेको र धारामा पानी समेत आउन बन्द हुन थालेको रुढी ग्रस्त आरो लगाएको समेत मस्तवीरकी श्रीमति लिलालाई उद्धृत गर्दै मस्तवीरले दुखेसो पोखे।

कर्याङकंग्रहुया( थारु) हुन भने उनले पहाडी महिला संग विहे गरेका छन । मस्तवीर कर्याङकंग्रहुयाले केहि बर्ष अघिमात्र लोक सेवा मार्फत नाम निकालेर सरकारी जागिरमा खाईरहेका छन्।

सरकारी जागिर खानु भन्दा पहिला उनि र उनकी श्रीमति कैलालीको अत्तरियामा सञ्चालित घोडा घोडी एफ एममा जागिरे थिए।कर्याङकंग्रहुया भने एफएमका स्टेशन म्यानेजर भएर समेत काम गरिसकेका व्यक्ति हुन।

आजको २१ औं शताब्दी सुद्धतामा विश्वास गर्ने दुनियाँ हो भन्ने कुराको पनि सामान्य ज्ञान नभएका कारण मानिसहरुले विनाकारण कुसंस्कार र कुरितीको शिकार बन्नु परिरहेको छ।

खास गसिुदूरपश्चिम प्रदेशमा देखा परेका यस्ता खालका विसंगती,विकृति र कुरितीको अन्त्यकाका लागि राज्यले मात्र समाधान गर्न नसक्ने भएकाले ग्रामिण क्षेत्रमा स्वास्थ्य, सरसफाई देखि लिएर सामाजिक कुरितीका विरुद्ध प्रभावकारी जन चेतनामूलक कार्यक्रमहरुलाई व्यापक बनाउँदै लैजानु पर्ने दायित्व आम सुदूरपश्चिम प्रदेशवासीका काँधमा आई परेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया