सोमबार, असार २९ २०७७
काठमाडौं १६:५२
वासिङटन डिसी 07:07

अमेरिकामा महामारीका कारण ३ महिना अडकिएका करिव ३ सय नेपाली नेपाल उडे

इनेप्लिज २०७७ असार ९ गते १४:५२ मा प्रकाशित

 


अमेरिका आएका नेपाली कोरोनाको महामारीको कारण ३ महिना देखि नेपाल जान नपाएका करीव २८१ जना नेपाली अहिेले न्यूयोर्कबाट उडेका छन ।

न्यूयोर्कको जेएफके अन्तरराष्ट्रिय बिमान स्थलबाट न्यूयोर्कको समय अनुसार १०:१५ बजे बिहान उडने भनेता पनि बिमानले जमिन चै करिव बिहानको ११ बजे छोडेको छ ।

उनिहरु टर्किस हवाई जहाजबाट वासिगंटन डिसी स्थित नेपाली राजदुतावासको समन्वयमा चाजो मिलाईएको हो ।

उक्त उडान डिसीबाट उडने भनिएता पनि यात्री नपुगेको कारण न्यूयोर्क बाट व्यवस्था गरिएको हो ।

३ महिना सम्म पिंजडाको सुगा थुनिए झै घर र कोठामै बस्नु परेका सवै यात्रीहरु प्रफूल्ल र हसिलो खुसिलो अनुहार पार्दै मुस्कान र हासो साथ दंग परेका थिए ।

नेपाल उडने मध्ये कै एक यात्री नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी अत्यन्तै खुसी भएको ईनेप्लिजलाई बताए ।

उन्ले अगाडी भने ज्यादै पिडाको छटपटीमा ३ महिना अमेरिकामा घर भित्रै बस्नु परेको कुरा जीवनभर यो क्षणको स्मरण हुने बताए ।

यसै गरि पोखराका व्यवसायी शान्त बतासले नेपाल लैजान ठूलो भुमिका निर्वाह गरेका थिए भने नेपाल जान पाएकोमा हर्षको सिमा नरहेको बताए ।

यसैगरि एयरजोन ट्राभलले समूदायलाई सूचना दिन सकेकोमा खूसी लागेको संचालक राजेश लाल श्रेष्ठले ईनेप्लिजलाई जानकारी दिेए । बिमान भोली जुन २४ बुधवार २ बजे दिउसो पुग्ने छ ।

प्रतिक्रिया