मजदुरहरुको हितमा काम गर्दै नेपाल यातायात मजदुर संगठन

वीरेन्द्र रावल २०७७ असार ९ गते १०:१९ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी,असार ९ । सुदूरपश्चिममा मजदुरहरुको हकहितका पक्षमा वकालत गर्दै आईरहेको संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को घटक संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल यातायात मजदुर संगठनकाृ ४१ औं स्थापना दिवसको अवसरमा नेपाल सुदूरपश्चिम प्रदेश संगठनको आयोजनामा ४१ जना यातायात मजदुर देखि नेताहरुले रक्तदान गरेका छन्।

धनगढी ३ चटकपुरस्थित संगठनको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का सुदूरपश्चिम प्रदेश अध्यक्ष देव बहादुर बमको प्रमूख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।सो अवसरमा जिफन्टका सुदूरपश्चिम प्रदेशका सचिव जीत बहादुर मल्ल,नेपालअटोमेकानिक्सका सुदुरपश्चिम प्रदेश अध्यक्ष चन्द्र प्रकाश गैरे लगायतका मजदुर नेताहरुको सो अवसरमा उपस्थिती रहेको थियो।

कोरोना कहरका बेलामा कैलाली जिल्लामा रगतको अभाव सृजना भएको अवस्थामा अन्य भाषणका कार्यक्रम भन्दा पनि रगतको अभावमा कनै
विमारीले पनि ज्यान गुमाउनु पर्ने अवस्थाको सृजना नहोस् भन्नका लागि मानव सेवालाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएकोृ कुरा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दले बताउनु भयो।

राजनीतिक संगठनहरुले जहिलैपनि मञ्च तताउने,भाषण गर्ने लगायतका कार्यहरु गर्दै आईरहेकाले त्यो अहिलेको संकटको बेलामा त्यति उपयुक्त नठानेर रचनात्मक कार्यहरुलाई अगाडी बढाइएको हो।

यस अघिपनि लक डाउन शुरु भद्धए संगै आपत्त विपद्मा परेका मजदुरहरुलाई राहत प्रदान गर्ने देखि लिएर उनिहरुको स्वास्थ्य सुरक्षाका बारेमा पनि व्यापक रुपले सहयोग गरेको समेत अध्यक्ष ललित चन्दले बताउनु भयो ।

सो संगठनले मजदुरहरुलाइ दाल,चामल, ननु तेल, मास्क सिनेटाईजर लगायतका सामाग्रीहरु समेत वितरण गरिसकेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया