प्रदेश नं १ बाट २३ जना कोभिड–१९ सङक्रमितहरु निको भै घरफर्के

मनोज दाहाल २०७७ असार ८ गते २१:५९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ८ असार । प्रदेश नं. १ बाट २३ जना कोभिड–१९ सङक्रमितहरु आज निको भै घर फर्केका छन्।

यसरी निको भै घरजाने पूर्व सङक्रमितहरुमा कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।निको भै घरजानेहरुमा चार महिला सहित २३ जना रहेका छन् ।डिस्चार्ज हुनेहरुमा मोरङगका १३, उदयपुरका चार, सुनसरीका तीन, झापाका दुई र ते¥हथुम जिल्लाका एक जना रहेका छन्।

प्रदेशमा सङकमितको सङख्या ४६४ पुगेको छ भने निको भै घरजानेहरु २५८ जना रहेका छन्।

प्रदेशका विभिन्न उपचार केन्द्रमा १९० जना सङक्रमितहरु उपचार भइरहेको छ।

प्रदेशको कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र मोरङ सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा पाँच जना काभिड–१९ सङक्रमितहरुको उपचार भैरहेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया