‘कोरोनामा अल्झिएका बेचैनी यी दिनहरु’

रजनी मल्ल ,न्यु जर्शी, अमेरिका २०७७ असार ८ गते २१:१७ मा प्रकाशित

धेरै समय देखिको त्यो संनाताले छाएको बातावरणलाई तोड्दै कतै टाढा बाटआएको ट्रेनकोआवाजले बिहानको मिर्मिरे उज्यालोमा अनायास बिउझिञ्छु। लामो समय देखि बिरामी भएर थला परेको शहर बिउझेको हो कि झैँ लाग्छ। त्यतिकैमा आकाशमा पनि प्लेन उडेको आवाज सुन्छु, एकछिन त् मन प्रफुल्ल भएर आउँछ,भित्तामा झुन्दिएको घडीले ४ बजेको संकेत गरेको हुन्छ, निदाउने प्रयास गर्छु। त्यतिकै मा कतिखेर निन्द्रा लागेछ थाहा नै भएन।बिहानको त्यो चरा चुरुन्गिको चिरबिरे आवाज अनि झ्यालको पर्दाबात चियाएको सूर्यको किरणको त्यो न्यानो स्पर्शले बिउझिञ्छु।

सात बजिसकेछ, गएर टि भी खोल्छु, समाचारमा भने अहिले फैलिरहेको त्यो कोरोना भाइरसले कतिको ज्यान लिसक्यो अनि कति सक्रमित छन्, कसरि यो रोग फैलिराखेको छ भन्ने कुराहरु बताई रहेको हुन्छ साथै त्यसले आर्थिक, सामाजिक, अनि राजनीतिक क्षेत्रमा पारेको असरको बारेमा पनि बताइरहेको हुन्छ। यो रोगबाट बच्न र बचाउन सकभर घरमै रहनु, सधै साबुन पानीले राम्ररी हात धुनु, हुलमुल बाट टाढा रहनु, ६ फिट को दुरीमा रहनु, यो रोग लागेको शंका लागेमा तुरुन्त डाक्टरको सल्लाह लिनु जस्ता कुराहरु सधै झैँ बताइरहेकै हुन्छ। सधै सतर्कता अपनाउनु, आफु पनि बच्नु अरुलाई पनि बचाउनु भनेर। हुन् पनि हो चीनको वुहान भन्ने ठाउँ बाट शुरु भएर यो कोरोना भाइरस (कोभिड १९) संसारका विभिन्न ठाउँहरुमा फैलिराखेका छन्। मानिसहरु यो रोग लागेर धमाधम मरिरहेका छन् भने कोहि निको भएर फर्केका पनि छन्। कोहि संक्रमित भएर पिडा भोगिरहेकाहरु हामीले सुनेका र देखेका पनि छौ। कतिपय स्वास्थ्यकर्मीहरु पनि बिरामीबाट यो रोग सरेर ढलिरहेका पनि छन्।

लाग्छ कस्तो बेचैनता हो यो, नरमाईलो लागेर आउँछ। अनि सधै झैँ झ्यालनिर गएर हेर्छु सानो मेरो करेशा बारीलाई, जहाँ छेउ छाउका ठुलठुला रुखका पातहरु हावाको गति संग संगे झुलिरहेका छन् भने सूर्यको किरणको स्पर्शले सुन्दरतालाई झनै निखारिएका ति भर्खरै पलाएका पालुवाहरू अनि रंगीचंगी फूलहरु एक अर्कासंगै काने खुशी गरिरहे झैँ देखिन्छ। करेशा बारी अगाडिको फराकिलो सडक भने सुन्यता भित्र हराएर एक्लै कसैको प्रतिक्षामा देखिन्छ। त्यो सुन्य बातावरण लाई खलबलाउदै बिभिन्न जातका रंगी बिरंगी चराचुरुंगीहरु चिर चिर गर्दै करेशा बारीमा कहिले यता कहिले उता गर्दै उड्दै कसैलाई बोलाइरहे झैँ देखिन्छ। वरिपरिका घरहरु भने बाहिर बाट हेर्दा,भुत बंगला झैँ शुन्य देखिन्छ, अनि घरको छेउ छाउमा गाडी रोकिराखेको पनि धेरै दिन भैसकेको छ। यसो माथि हेर्छु देख्छु त्यो बिशाल निलो आकाश सधै झैँ धर्तीलाई निहालेर हेरिरहेकै छ। कतै कतै बादलका टुक्रा हरु भने सुस्तरी बहदै एक अर्का संग मिल्दै वर्षा गरुला झैँ देखिन्छ।

केहि समय पछि घरको वरिपरि बिहानको शितल बातावरणमा घुम्न जान्छु। कतै कतै केहि मानिसहरु दश बारह फिटको दुरीमा हिडिरहेका थिए। कोहि नजिक पुग्न लाग्यो कि साइड चेन्ज गरिहाल्ने कि टाढै उभिरहने। एक मनले हासो पनि उठ्यो। हेर्दा खेरि स्वास्थ्य दिखिने हट्टाकट्टा मानिसहरु देखि पनि डराएर टाढा टाढा हुनुपर्ने अर्को मनले डर पनि लाग्यो। हामी बस्ने शहरमा पनि यहि रोगले धेरै जना सक्रमित हुनुको साथै केहीको मृत्यु पनि भएको भन्ने खबर सुन्दा, तर जे होस् मैले पनि त्यसै गरे। हुन् त आफ्नो ज्यानको माया कसलाई लाग्दैन र ? बाहिरको बातावरण लाई हेर्दा निलो आकाश मुनिको त्यो हरियालीले छाएको रुखहरु अनि वरिपरि फुलिरहेका विभिन्न रंगीचंगी फूलहरु को त्यो सुन्दर दृष्य अनि सफा रमाइलो बातावरण लाई हेर्दा त यस्तो ज्यानै लिनसक्ने रोगले ग्रस्त भएको शहर भनेर पत्याउनै गार्हो छ, तर जे होस् यो साचो हो भन्ने कुरा हामीले अहिलेका दिनहरुमा देखिराखेका छौ र सुनिराखेका पनि छौ।

बिहान मानिसहरु कम हुने हुनाले बिहानै केहि खानेकुराहरु किन्न पसलतिर लागे। (हुन् त पहिले हामी हरेक हप्ता पिच्च्छे किनमेलको लागि बिभिन्न पसलहरुमा जान्थौ, तर अहिले दुई हप्तामा एउतै पसलमा एकजना मात्र जान्छौ। किन कि अहिलेको यो कोरोनाको संक्रमित हुन् सक्ने परिवेशमा आफुलाई त्यति सुरक्षित महशुस गर्न सकेका छैनौ, साथै कुनै कुनै पसलमा एकै चोटी धेरैलाई जान पनि दिदैनथ्यो) सबै जसो छ छ फिटको दुरीमा अनुहारमा मास्क लगाएर एउटा एउटा कार्त लिएर उभिराखेका थिए। गेटमा पुग्दा एक एक जना गरि भित्रको एकजना बाहिर निस्के पछि मात्रै अर्को एक जनालाई निधारमा टेम्प्रचर जाच्दै भित्र पठाई राखेका थिए। भित्र पस्नु अघि हात सफा गर्न र काठ पुछ्नको लागि पनि स्याँनिताइजर को व्यवस्था गरेको थियो। पसलमा पहिलेको दाजोमा मानिसहरु निकै कम थिए। भित्र त्यसै पन्ध बिस जना जति मानिसहरु थिए। त्यो पसलको साइज अनुसार मानिसहरु गनेरै पठाएको जस्तो देखिन्थो। कसैले कसैसंग अनुहार पनि हेरेको थिएन, कुरा गर्ने त् परै जाओस। जे होस् त्यो बातावरण ले नै देखाई राखेका थिए कि यो फैलिरहेको रोगबाट मानिसहरु कतिको सतर्क रहेछन् भनेर।

मेरो पालो आएपछि म पनि भित्र पसे र आफुलाई चाहिने सामानहरु लिएर लाइनमा अघि झै को दुरीमा पैसा तिर्न उभिए। पसलभित्र पनि पहिले जस्तो चहल पहल थिएन सबै चुपचापसंग आफुलाई चाहिने सामानहरु फटाफट लिदै थिए। काउन्टर मा बस्नेहरुको सुरक्षाको लागि अनुहार अगाडी शिशाको बार लगाएका थिए। जे होस् राम्रै व्यवस्था गरेको रहेछ, त्यो अदृश्य तर खतरनाक भाइरस बाट बच्नका लागि। सबैजना एकअर्का बाट टाढा टाढा हुदै थिए। नजिक पर्ला भन्ने डर सबैको अनुहारमा प्रस्ट संग देखिन्थ्यो। सामान किनि सकेर म पनि आफ्नो घरतर्फ लागे।

गाडी गुड्दै जादा बाटोमा साना साना पसलहरुको बाहिर गेटमा मास्क बिना प्रवेश निषेधको साथै छ फिटको दुरीमा उभिदीन आग्रह गरिएको नोट टांगिएको पनि देखे। बिस्तारै गाडी अघि बढ्दै जादा यो कोरोनाले गर्दा सुन्यतामा रुम्मलिएको ‘गोस्ट टाउन’ झैँ देखिने शहर भित्रको हाई स्कुलको बाहिर चौरमा बधाई दिदै यसपाली ग्राजुएसन हुने बिध्यार्थीहरुको फोटो फर्फराइर्हेको पनि देखे।

घर पुगेपछि सामानहरु सबैमा किटनाशक औषधी (लाइसोल) स्प्रे गरेर भोलि मात्रै माथि लाने भनेर तल गराज्मै राखे। बाथरूममा गएर साबुन पानीले राम्ररी हात मुख धोए ड्रेस चेन्ज गरे। मनमनै मा भने यस्तो पनि समय आउने रहेछ कहिले काही भनेर अनि मेरो आमाले भन्नुभएको कुरा सम्झे उहाले एकदिन भन्नुभएको थियो “बाची राख्नु मात्रै पर्छ जिबनमा के के देख्न पाइन्छ के के” हो रहेछ जस्तो लाग्यो। कस्तो खतराको अदृस्य सुक्ष्म जीव रहेछ त त्यो जसले सबैभन्दा उच्च प्राणीमा गनिने मानिसको संसारलाई नै हिलाई दियो, रुलाई दियो अनि बेचैन बनाई दियो। सुनेको त् थिए पहिले पहिले पनि यस्तो खालको सरुवा रोग फैलिएर कतिपयले ज्यान गुमाएका थिए रे भनेर तर देखेको अनि यस्तो बाताबरण भोगेको थिएन। अब भने देखियो भोगियो त्यसको असरले पारेको मानसिकतालाई पनि बुझियो।

मेरी छोरी सधै कम्प्लेन गरिरंहन्छे स्कुल जान नपाएको, तिनको प्रोम दे क्यान्सिल भएको, ग्रेजुएसन दे प्रोग्राम क्यान्सिल भएको, साथीहरुसंगको भेटघाट मिस् भएको, कहिँ जान नपाएको, घरमा बस्दा बस्दा बोर भएको कुरालाई लिएर। म चुपचाप संग तिनको कुरा सुनिरहन्छु र यसो गर्नु त्यसो गर्नु भन्छु। कहिले काही तिनलाई पनि किचेनमा सामेल गराउछु, तिनी पनि आफुलाई मनपर्ने खानाहरु बनाउछिन, हामी गेमहरु खेल्छौ, कहिले काही शाररिक ब्यायाम संगै गर्छौ। मेरी छोरीले पनि बार्ह बर्षको लामो प्रतिक्षा पछि बल्ल आएको हाई स्कुल ग्राजुएसनमा हुनुपर्ने रमाईला अनि खुशीका क्षणहरुलाई घर बाहिर केहि फोटोहरुमा कैद गरेरै भए पनि अनि आफ्नै परिवारसंगै घर भित्रै रमाईलो गरेर चित्त बुझाई। तर जे होस् म पनि दिनको एक दुई घण्टा जति करेशा बारीमै बिताउछु, कहिले काही वाक जान्छु।

त्यो सहि हो सबैलाई धेरै कुराहरुको मिस् भैराखेको छ त्यसमा पनि अहिलेको गर्मी महिनाको मौसममा। कसैलाई साथीभाई संगको भेटघाट मिस भइराखेको होला, कसैलाई काम मिस भइराखेको होला, कसैलाई घुमफिर गर्न मिस भैराखेको होला। त्यति मात्रै कहाँ हो र सबैभन्दा ठुलो कुरा कसैलाई त् यो कोरोनाले ज्यान गुमाउनु परेका प्यारा आफन्त हरुको मिस भइराखेका होलान् त् कसैलाई यो कोरोना रोगको पीडाले गर्दा आफ्नो स्वस्थ्य हुदाको जिबन मिस भइराखेको होला हुन् त जन्मे पछि एकदिन मृत्यु हुन्छ नै तर अहिले भयावह रुपमा फैलिदै गरेको यो कोरोना भाइरसले निम्त्याएको पीडादायक दिनहरु अनि बढ्दै गरेको मृतकको संख्यालाई हेर्दा जो कोहीलाई पनि डर लाग्नु स्वभाविकै हो।

यो रोग आउनु अघि आजका दिनहरुमा कति चहल पहल हुन्थ्यो मानिसहरु हतारिदै आफ्नो गन्तव्यतिर लाग्ने तरखरमा हुन्थे, स्कुलका बिध्यार्थिहरु भलाकुसारी गर्दै बाटोमा हिडिरहेका हुन्थे। मानिसहरु बिदाका दिनहरुमा विभिन्न ठाउहरुमा घुम्न जाने, आफन्त साथीभाईहरुलाई भेट्न जाने गर्थे।

पहिलेको स्थिति भन्दा अहिले अलि संक्रमितहरुको संख्या घटेकै छ हामी बसेको शहरमा (न्यु जर्शी, न्यु योर्क तिर), भन्ने खबर पनि सुन्छु अलिकति भए पनि अब त छिटो सबै ठिक हुन्छ होला भन्ने आशा पलाउँछ। मानिसहरु सडकमा हिडिरहेको देखिन थालिसके तर बडो सतर्कता अपनाएर जस्तै मास्क लगाएर, मानिसहरु बाट टाढा टाढाको दुरीमा। त्यस्तै बिस्तारै पसलहरु पनि खोल्न थालिसके। मानिसहरुको अनुहारमा केहि मात्रामा भए पनि हासो खुशी देखिन्छ। बाल बालिकाहरु पनि सडकमा साइकल गुडाइ रहेका देखिन्छन भने पार्कहरुमा पनि कोहि टेनिस खेलिरहेका देखिन्छन तर पनि मानिसहरुको मन भित्र एक किसिमको डर र त्रास लुकेकै छ। मेरो छोरी पनि साथीहरुलाई छ फिटको दुरीमा भए पनि मास्क लगाएर भेट्न पाएकोमा र टेनिस खेल्न पाएकोमा मक्ख छिन।

कतिन्जेल यसरी बन्दि सरि बसिराख्ने सबै कुराहरु ठप्प रोकेर, बरु सावधानका उपायहरु अपनाएर सबैजना सतर्क भएर जीवनलाई सुचारु रुपले संचालन गर्ने तिर लाग्ने कि भनेरै होला बिभिन्न नियमहरु बनाएर सो नियमको पालना गरेर मात्र बिभिन्न ब्यापारिक् क्षेत्र, ब्याबसायिक क्षेत्र हरु बिस्तारै खोल्ने भनेका छन्। अब त् बिस्तारै पसलहरु, पार्कहरु बिचहरु पनि खोल्न थालिसके। सडकमा गाडीहरु पनि निकै देखिन थालिसके।

कोरोना को लागि भ्याक्सिन बनाउने अनुसन्धान गरिरहेका छन् भन्ने खबर सुन्दा अब त् छिट्टै यो कोरोना भाइरसको समस्या समाधान हुन्छ कि भन्ने आशा पलाउँछ तै पनि कोहि बिसेसग्येहरुले यो कोभिड १९ फेरि पनि बढ्ने छ रे भनेको सुन्दा कता कता फेरि पनि यो भाइरसले पहिले झैँ बिकराल रुप लिने पो हुन् कि भन्ने डर मनभित्र कताकता लुकेकै छ। यी बेचैनतामा अल्झिएका दिनहरुको अन्त्य कहिले पो हुने हो खै ?

(तर जे होस् कोरोना भाइरस (कोभिड -१९) फैलिरहेको कुरा साचो हो भनेर हाम्रो सामु प्रमाणहरु पनि थुप्रै छन् तसर्थ यसलाई साधारण भनेर नसम्झ्यौ। यसलाई सबैले सचेत्तापुर्बक लेऔ। आफु पनि बचौ अरुलाई पनि बचाऔ।)

रजनी मल्ल ,न्यु जर्शी, अमेरिका

प्रतिक्रिया