मनोज दाहाल,
विराटनगर,८असार(रासस)ः प्रदेश नं.१ को प्रदेश सभाको बैठक आज स्थगित भएको छ।
सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरुले उभेर विरोध जनाएपछि सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।
सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि सभामुख भण्डारीले नेपाली काङ्ग्रेसलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार कार्कीले संसदमा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनु पर्ने नभए संसद चल्न नदिने बताउनुभयो।
उहाँले सरकारले कोरोना उपचार,रोकथाम एवं नियन्त्रणमा गरेको खर्चको सार्वजनिक गर्नु पर्ने माग गर्नुभयो।
सचेतक कार्कीले प्रदेश सरकारको सचिव पनि काठमाण्डौं जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनु पर्ने कुराको विरोध गर्दै काठमाण्डौंका मानिस बाहिर जान हुने र बाहिरको मानिस काठमाण्डौं प्रवेश गर्न नपाउने कुरा न्यायोचित नभएकोले प्रदेश सरकारले जवाफ दिनु पर्ने माग गर्नुभयो।
सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनु पर्ने माग गर्नुभयो ।
यसपछि १० मिटनका लागि सदन स्थगन भएपछि पुनःशुरु भएको सदनमा नेपाली काङग्रेसका सांसदहरुले उभेर विरोध जनाएको र सभामुख भण्डारीले भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसदको अर्को बैठक बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो।
पत्रकार
प्रतिक्रिया