बिहीबार, असार २५ २०७७
काठमाडौं १८:१७
वासिङटन डिसी 08:32

टेक्ससमा प्रथम नेप्लिज सोलिडारिटी कप २०२० को आयोजना हुने

कूल चार हजार डलरको पुरस्कार प्रदान गरिने

विजय थापा २०७७ असार ७ गते २०:४९ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा प्रथम नेप्लिज सोलिडारिटी कप २०२० आयोजना हुने भएको छ । टेक्ससको ड्यालसमा स्थापित चर्चित ड्यालस गोर्खाज एफसी (फुटबल क्लब)द्वारा स्थापित नेप्लिज सोलिडारिटी कप ११ बिरुद्ध ११ सकर (भकुण्डो)प्रतियोगिता हो ।

यो प्रतियोगिताले अमेरिकामा रहेका नेपाली फुटबल (भकुण्डो) टोलीहरूको लागि एक मन्च (प्लेटफर्म )प्रदान गर्ने कल्पना गर्दछ । जुन उनीहरूको सीप खेलकुद प्रदर्शनका साथसाथै नेपाली समुदायलाई एकजुट पार्न भकुण्डोको सुन्दर खेल मार्फत भ्रातृत्व आदान प्रदान गर्नेछ ।

यो प्रतियोगिता जुलाई ४ को सप्ताहन्तमा वार्षिक रुपमाआयोजना गरिने छ । यो बर्ष कोरोनाको महामारीको कारण राज्य बाहिरका भकुण्डो टोलीहरुलाई आमन्त्रण गर्न असमर्थ भएको आयोजकले जनाएका छन् ।

यद्यपि हाम्रो उद्देश्य भनेको आगामी वर्षहरुमा अमेरिकामा सबैभन्दा उत्साहित र अनुशासित नेपाली आधारित फुटबल(भकुण्डो) टोलीहरूको लागि प्रतिस्पर्धी र राम्रो संगठित वार्षिक फुटबल प्रतियोगिता निर्माण गर्नु हो भनि आयोजकले जनाएका छन् ।

यस बर्ष नेप्लिज सोलिडारिटी कप जुलाई ११ र १२ का दिन टेक्सस राज्यको ड्यालसमा स्व सुनिल श्रेष्ठ(पूर्व खेलाडी)को स्मृतिमा आयोजना गरिने छ । प्रतियोगिताबाट आएको सम्पूर्ण मुनाफा ब्लिङ्कनाउ(BlinkNow)लाई जाने छ ।

फाउनडेसनले कोविड -१९ को बिरूद्ध लडाईमा सहयोग पुर्‍याउने छ । प्रतियोगितामा कूल ४ हजार डलर नगद,पुरस्कार तथा प्रमाणपत्र समेत अन्तिममा पुग्ने भकुण्डो टोलीलाई प्रदान गरिने छ ।

यस प्रतियोगतामा सहभागी हुन् चाहने भकुण्डो टोलीले दर्ता गराउनु पर्ने छन् । गत जुन २०,२०२० देखि दर्ता प्रक्रिया सुरु भएकोले उक्त दर्ता जुलाई ४ को मध्यरात सम्म गराउनु पर्ने छ ।

दर्ता शुल्क एक टिम(टोली)लाई ५०० डलर लाग्ने छ ।

प्रतिक्रिया