विश्व संगीत दिवसमा प्रा.डा. अभि सुवेदीदेखि गायक राज सिग्देलसम्मले गाए मनपर्ने गीत (भिडियो सहित)

इनेप्लिज २०७७ असार ७ गते १८:२३ मा प्रकाशित

प्रा.डा. अभि सुवेदीका विद्यार्थीहरु जसरी संसारभर छरिएका छन्, उनका सिर्जनाका पारखीहरु पनि संसारभरी नै छन् । प्रा.डा. सुवेदी वहुआयामिक छन् र उनका नाटकहरु सवैभन्दा वढी लोकप्रिय भएका छन् ।

आज विश्व संगीत दिवसको अवसरमा यी सदावहार सर्जक सुवेदीले गीत गाएका छन्, ‘मेरो गीत मेरै प्रतिविम्ब होईन’ ।

‘आज सर संग संगीतमय दिन बिताउन पाउँदा धेरै शान्ति मिलेको छ’, प्रा.डा. सुवेदीका सुपुत्र सलिल सुवेदीले फेसवुकमा गीत सेयर गर्दै भनेका छन्, ‘यहि भाव बाँडे है तपाईहरु संग पनि।’

प्रा.डा. सुवेदीको गायकीलाई प्रा.डा. ऋषि रिजालदेखि नाटककार घिमिरे युवराजले पनि सेयर गरेका छन् । उनको गायकीलाई अघिनै १० हजारभन्दा वढी दर्शकले हेरिसकेका छन् ।

‘संगीत दिवसको अवसर पारेर अभि सरले आफ्नो गायन मार्फत सबै जना संग माया र सदभाव बाँढ्ने यो प्रयास गर्नु भएको छ’, फेसवुक पोष्टमा भनिएको छ ।

प्रा.डा. सुवेदीले यो गीतसंगै आफ्ना कैयौ वर्षहरु वितेको स्मरण गर्नुभएको छ ।

प्रा.डा. सुवेदीले गाएको गीतको लेखन गोपाल योञ्जनले गर्नु भएको हो र संगीत कर्मा योञ्जन र गोपाल योञ्जनले गर्नु भएको हो भने गाएन नारायण गोपालले। यी सबै सर्जकहरु संग प्रा.डा. सुवेदीको निकटको मित्रता थियो।

आज संगीत दिवसको उपलक्ष्यमा धेरै गायकहरुले आफुलाई मनपर्ने गीतहरु गाएर फेसवुकमा पोष्ट गरेका छन् । अहिलेका चर्चित गायक राज सिग्देलले पनि ‘मैले पुण्य मन पराए या पाप मन पराए’ गीतलाई गएर फेसवुकमा पोष्ट गरेका छन् ।

‘म अझै राम्रो गाउन सकुॅं, तपाईंहरुलाई गीत सङ्गीतको ठुलो प्रभाव परोस’, गायक सिग्देलले लेखेका छन्, ‘त्यसमा पनि नेपाली सङ्गीतको भित्रै देखि माया लागोस।’

गायक सिग्देलको पोष्टमा गीतकार तथा पूर्वमन्त्री शंकर कोइरालाले प्रशंसा गर्दै लेखेका छन्, अति सुन्दर ।

अर्का गायक रामकृष्ण ढकालले कुनै गीत पोष्ट नगरेपनि विश्व संगीत दिवसको शुभकामना व्यक्त गरेका छन् । आफुले गाइरहेको फोटो समेत राखेर व्यक्त गरिएको शुभकामना सन्देशमा भनिएको छ, सङ्गीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्त्व स्मरण गर्दै हरेक वर्षको जुन २१ तारीख अथवा आजकै दिनलाई सन् १९८२ सालदेखि फ्रान्स देशबाट सङ्गीत दिवस मनाउन थालिएको हो तर नेपालमा भने वि।सं।२०५४ सालदेखि विभिन्न कार्यक्रम गरि सङ्गीत दिवस मनाइने गरिएको छ।

उनले अगाडि भनेका छन्, म मेरा सम्पूर्ण शुभचिन्तक एवम् शुभेच्छुकहरुमा सङ्गीत दिवसका अवसरमा सदैव आशावादी रहन र एउटा साङ्गीतिक भविस्यको सुनौलो दिन अवस्य आउनेछ भन्ने विस्वास व्यक्त गर्दै हृदयदेखि नै सप्रेम शुभकामना व्यक्त गर्दछु।

गायिका अञ्जु पन्तले विश्व संगीत दिवसका दिन पनि आफुले गीत रेकर्ड गरेको जानकारी दिंदै आफुले रेकर्ड गरेको गीतसंग सम्वद्ध व्यक्तिहरुसंग खिचिएको तस्विर सार्वजनिक गरेकी छिन् ।

अर्का गायक यम वरालले पनि आफुले गीत गाएका केही तस्विरहरु पोष्ट गर्दै संगीतको उज्ज्वल भविश्यको कामना गरेका छन् ।

अबको केही घण्टा पश्यात सूर्य ग्रहण हटे जस्तै आशा गरौ बिस्तारै संगीतको ग्रहण पनि हटदै जाने छ, उनले आफ्नो फेसवुक पोष्टमा भनेका छन् ।

प्रा.डा. सुवेदीले गाएको गीत

Abhi Sir sings : मेरो गीत मेरै प्रतिविम्ब होईन . Mero Geeta Merai

Abhi Sir sings his favourite song: "मेरो गीत मेरै प्रतिविम्ब होईन" . Mero Geeta Merai Pratibimba Hoinaसंगीत दिवसको अवसर पारेर अभि सरले आफ्नो गायन मार्फत सबै जना संग माया र सदभाव बाँढ्ने यो प्रयास गर्नु भएको छ। उहाँ भन्नु हुन्छ: "यो गीत संगै मेरा कैयौं बर्षहरु बिते। यसको लेखन मित्र गोपाल योञ्जनले गर्नु भएको हो र संगीत कर्मा योञ्जन र गोपाल योञ्जनले गर्नु भएको हो र गाएन नारायण गोपालले।" यी सबै सर्जकहरु संग अभि सरको निकटको मित्रता थियो। To celebrate the International Music Day 2020, Abhi sir wants to share his love and energy to everyone in these challenging times by singing from his heart. He says: "This song lyrics was written by my friend Gopan Yonjan; composed by Karma Yonjan & Gopal Yonjan. And was given the beautiful voice by Naryan Gopal". अभि सरको यो प्रयास कस्तो लाग्यो तपाईहरुलाई।

Posted by Abhi Subedi on Sunday, June 21, 2020

गायक सिग्देलले गाएको गीत

मेरो एउटै कोशिश..!! म अझै राम्रो गाउन सकुॅं, तपाईंहरुलाई गीत सङ्गीतको ठुलो प्रभाव परोस…!! त्यसमा पनि नेपाली सङ्गीतको भित्रै देखि माया लागोस।विश्व सङ्गीत दिवसको शुभकामना 🙏

Posted by Raj Sigdel on Sunday, June 21, 2020

प्रतिक्रिया