वीरेन्द्र रावल,
धनगढी,असार ७ ÷सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री प्रकाश बहादुर शाहले प्रदेश सरकारको नीति तथा कार्यक्रमले सुदूरपश्चिमको समृद्धिको ढोका खोल्ने विश व्यक्त गर्नु भएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस क्षेत्रको युवा वेरोजगारी,कृषिमा लगानी,कोरोना कहरमा परिणत भएको प्रदेशलाई कोरोना रोकथाम ,स्वास्थ्य ,शिक्षा देखि लिएर सीमा सुरक्षा जस्ता महत्वपूर्ण बिषयमा प्रदेश सरकारको आवश्यक बजेट तर्जुमा गर्नुका साथ साथै नीतिमा तीं मुद्धाहरुलाइ समावेश गरिएको बताउनु भएको छ।
उहाँले कोरोना माहमारीको रोथाम र नियन्त्रणका लागि निर्माण गरेको राहत कोषमा ५७ करोड ४८ लाख रकम परिचालन गरिएकोमा हाल सम्म सो कोषबाट ४२ करोड ४८ लाख रुपैयाँ खर्च भैसकेको समेत बताउनु भएको छ । प्रदेश सरकारले १५ करोड रुपैयाँ विभिन्न सुरक्षा निकायमा समेत लगानी गरेको बताउनु भएको छ।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री प्रकाश बहादुर शाहले देशका अन्य क्षेत्र भन्दमा पनि सुदुरपश्चिममा कोरोनाबाट मानिसहरुमा कम संक्रमण देखा परेको र प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि विश्वस्वास्थ्य संगठनको जस्तै नभएकपनि सुदुरपश्चिमभरी ८५ हजार ७ सय ८६ क्वाइरेन्टीनहरु निर्माण गरिएका बताउनु भएको छ । भारत लगायत विभिन्न क्षेत्रबाट सुदूरपश्चिममा २ लाख ४५ हजार मानिसहरु भित्रिएको र उनिहरुको व्यवस्थापनमा बस सेवा,सीमा क्षेत्रमा खाद्यान्न,पानी लगायतका सेवा सुविधाहरु प्रदान गर्ने कार्य समेत भएको कुरा आयोजित पत्रकार सम्मेलनमा बताउनु भएको छ।
प्रदेश सरकारले कोरोना कहरका बेला खासै केहि पनि गर्न सकेन,पिसिआर मेसिन लगायत आवश्यक स्वास्थ्य उपकहरणहरु भित्रयाउन सकेन भन्ने आरोपको त्यति सत्यता नभएको बताउँर्दै उहाँले भन्नु भयो – प्रदेश सरकारले सबै स्थानीय तहलाई १५ करोड २७ ाख राहत, क्वाईरेन्टीन निर्माणका लागि ६ करोड समेत सहयोग गरेको पनि सो अवसरमा प्रवक्ता शाहले बताउनु भयो।
यस्तै प्रदेश सरकारले २० करोड मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु खरिदका लागि र समेत टेण्डर आवहन मार्फत कार्य अगाडी बढाइएको बताउनु भयो । त्यस्तै प्रदेश सरकारकै पहलमा थप पिसिआर मेसिन ल्याउने कार्यलाई पनि अगाडी बढाउन खरिद टेण्डर आवहान गरिसकेको बताउनु भएको छ ।
प्रवक्ता शाहले सुदुरपश्चिम प्रदेशमा १ लाख मानिसहरुको पिसिआर र आरडिटी चेक जाँच गरिसकिएको समेत सो अवसरमा जानकारी गराउनु भएको छ ।
एक प्रश्नको जिज्ञाशामा सुदुरपश्चिम प्रदेश सरकारले तल भत्तामा व्यापक वृद्धिगरेको भन्ने कुरालाइ खण्डन गर्दे सुविधा नबढाई पारिश्रमिक मिलान गरिएको मन्त्री शाहले स्पष्ट पार्नु भयो।
सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारहरुका लागि १५ लाखको विमा,आवश्यक राहत देखि लिएर बालिका बिमा लगायतका महत्वपूर्ण कार्यक्रमहरु समेत अगाडी सारेको बताउनु भएको छ।
यस्तै नेपाल सरकारले लिपुलेक,लिम्पीयाधुरा र कालापानी समेटकेको निशान छाप नक्सा तयार पारि सार्वजनिक गरिसकेको अवस्थामा दार्चुलाको ब्यास गाउँपालिकाका कुटी,गुन्जी लगायतका क्षेत्रका जनताको गोरेटोबाटे निर्माण देखि विकास निर्माणका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरिएको र सो क्षेत्रको विकास निर्माणका लागि थप केन्द्र सरकार संग समन्वय र सहकार्य गरेर अघि बढ्ने समेत प्रदेश सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले बताउनु भयो ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया