कोरना भाईरसको समयमा सरकारमा भ्रष्टाचारको आतंक

अधिवक्ता राजेश काफ्ले २०७७ असार ६ गते १८:०७ मा प्रकाशित

अहिले पत्र पत्रिका, टेलिभिजन, रेडियो लगायत गाउं सहर टोल छिमेक सडक देखि सहर सम्म चारै तिर एउटैमात्र आवाज वुलन्द रुपमा गुन्जीरहेको छ त्यो हो कोरना भाईरस(कोभिड १९) र भ्रष्ट सरकार । वास्तवमा यो कोरना भाईरस(कोभिड १९) के हो रु कहिले र कसरी यस्को नियन्त्रण हुन्छ रु यसबाट मुलुकले कसरी निकास शान्तिको सास फेर्न सक्छ रु आदी प्रश्नको संवन्धमा देशको प्रधान मन्त्री देखि सामान्य नागरिक सवैले आ आफ्नो तरिकाबाट व्याख्या र विवेचना गरेकोसडक देखि सदन सम्म भै रहेको जो कोहीले पनि देख्न र सुन्न सक्छ ।

कोरना भाईरस (कोभिड १९) वारेमा वुझ्न घरवाट वाहिर सडकमा पुग्दा जताततै देख्न सकिन्छ कोरना भाईरस(कोभिड १९) र भ्रष्ट नेपाल सरकार । तपाईलाई भान हुन्छ कोरना भाईरस(कोभिड १९) भ्रष्टाचार गर्नको लागी त हैन रु तपाई अगाडी वड्नु हुन्छ र बाटमा हिड्ने जो कोही व्यक्तिलाई सोध्ने वित्तिकै फटाफट जवाफ सुनिन्छ कोरना भाईरस(कोभिड १९) भनेको यो मुलुकमा मन्त्री, कर्मचारी देखि सवैको लागी भ्रष्टाचार गर्नको लागी राम्रो अवसर हो । देशमा भएको वृहत जन आन्दोलनबाट तानासाही सरकार सत्ताच्युत भएको छ भने निरंकुश राजतन्त्रलाई फालिएको छ । सडकबाट जनताको अधिकार लिएर नेताहरु सदनमा पुगेका छन र सत्ताको वागडोर अहिले जनताको म्यानडेट पाएको जननेताहरुको हातमा छ । नेताहरुले भ्रष्टाचारलाई पुर्ण समाप्त पारी पुर्ण लोकतान्त्रीक गणतन्त्रको सरकारबाट मुलुकमा शान्ती, अमन, चयनको पुनर्वाहाली गरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न, सुखी र संमृद्ध वनाउनु पर्दछ । नेपालीहरु सोझा र सरल छन तर त्यसको गलत तरिकाले कसैले फाईदा उठाउंन आंट गर्दछन भने एक जुट भै कसैलाई पनि छोड्दैन भन्ने जन आन्दोलनले देखाएको परिणामको हो भने जन शक्तिको अगाडी वन्दुकको नाल पनि झुक्छ भन्ने कुरा राजाले सत्ता छोडेको ज्वलन्त उदाहरण हो । लाग्दछ अहिले मुलुक भरी भ्रष्टाचारको यस्तै आवाज वुलन्द रुपमा गुन्जि रहेको छ ।

यस माहौलबाट जन्मेकोे जननेताहरु सदनमा पुगेपछि र सरकारमा पदासिन भएपछि भ्रष्टाचारमा लिप्त भै जनतालाई कोरना भाईरस(कोभिड १९) लाग्नबाट वचाउनको लागी सहि रोक थाम उपचारको व्यवस्था नगरी जनताको हितमा काम नगरी स्वर भाषिएको र व्यवहार स्यालको जस्तो देखिन थालेको छ । आफुलाई जननेता भन्ने नेताहरुले जन शक्तिलाई विर्सी सत्ता लोलुपतामा लागी भ्रष्टाचारमा लिप्त भै जनहित अनुकुल काम नगरी यस्तै जनतालाई शोषण, अन्याय, अत्याचार जारी राखेमा फेरी जनताले कुनै पनि हालतमा माफि गर्ने छैनन् र यो जन कारवाहीले विधिको शासन र मानव अधिकारको प्रारम्भिक मूल्य र मान्यतालाई समेत विर्सने छन । त्यसैले अहिलेको घडी भनेको नेताहरुको लागी अग्निी परिक्षा हो, जो पास भयो उ जननेता भयो र जो फेल भयो उ जनकारवाहीमा पर्यो । त्यस वखतको जनकारवाहीको परिकल्पना हामी गर्न सक्दैनौ किनभने त्यो सामाजिक मूल्य, मान्यता र न्याय भन्दा धेरै वाहिर पुगेको हुन्छ । त्यसैले यस्तो कठिन परिस्थितीमा नालायक, असक्षम र मतिभ्रष्ट नेता एवं कार्यकर्ताहरु हो पदलोलुपतामा नफस, जनताको सेवक हो भन्ने कुराको ज्वलन्त उदाहरण वन । यो पनि गर्न सक्दैनौ भने चुपचाप घरमा वस र राजनितीबाट सन्यास लेउ र ईतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाओ । यसैमा तिमीहरुको कल्याण छ नत्र भने तिमीहरु जिउंदैमा जनकारवाहीबाट नर्कपूग्छौ र मरेपछि वीर अमर सहिदहरुले तिमीहरुलाई छोड्ने छैनन् ।

हामी सोझा नेपाली जनताले कोरना भाईरस(कोभिड १९) को यस संकटकाल पुर्ण समयमा सरकारबाट भएको भ्रष्टाचारको एक एक हिसाब किताब राखेका छन र सरकारको काम कारवाहीलाई नियाली राखेका छन । वर्षौ देखि जरा गाडेर वसेको यस्तो निरंकुश तानाशाही भ्रष्ट सरकारलाई फेरी पनि कहिलेै नपलाउने गरी मोथे झारलाई जरै देखि उखलेर फ्याके जस्तै फ्याली दिने हो । यस्का लागी सवै वर्ग र जाती, जनसंख्या एवं भौगोलिक क्षत्रियताको आधारमा नेपाली जनाताको हित, सुख, सुविधा, विकास हुने गरी जनतालाई सर्वशक्तिमान कायम राख्ने गरी मुलुकलाई हालको कोरना भाईरस(कोभिड १९) बाट निकास दिन नै संविधान अनुसार भ्रष्टाचार रहित मुलुकको शासन व्यवस्था संचालित हुनु पर्दछ ।

मानब ईतिहासलाई हेर्ने हो भने कोही पनि मानिस जन्मदैमा राज्य सत्तामा सर्व सक्तीमान भएर जन्मेको हुदैन । आफ्नो कर्म अनुसार जनताले राज्य सत्तामा पुर्याएका हुन्छन । यो धुब्र सत्यतालाई ग्रहण गर्न अब सरकारले ढिला गर्नु हुदैन यदी यो नेपालमा नेपाली भएर वस्ने हो भने । जनताको मौलिक हक अधिकार माथि कुल्चने निरंकुश सरकार नेपाली जनतालाई अब कदापी पनि स्वीकार्य हुने छैन, समय धेरै अगाडी वढि सक्यो, नेता धेरै पछाडी छन, फेरी पनि जनता विराधी कार्य गरी यो संविधानलाई तहसनहस पार्ने कठपुतलीहरुको खेलमा सरकार अल्झीयो भने जनताको निर्णय टाडा छैन, त्यसपछि नेपालमा नेताहरुको दुर्भाग्य भनौ फैसला भोलीको नेपालले गर्नेछ ।

हामी गरिब नेपाली जनताको रगत र पसिनाको कमाईबाट राष्ट्रलाई वुझाएको करडौं राजश्व रकम खर्च गरी निहत्था जनता माथी बर्बरपू्र्ण तरिकाले भ्रष्टाचार गर्नेे र आफु भव्य आलीशान महलमा वस्ने नेता हामीलाई चाहिएको छैन । ईतिहासबाट नामोनिसान मेटिएका तानाशाही र निरंकुश व्यक्तिलाई शसन व्यवस्था चलाउने नेता माथी अब कुनै पनि हालतमा जनताले विश्वास गर्ने छैनन् । कोरना भाईरस(कोभिड १९) को यस संकटकाल पुर्ण अवस्थामा पनि भ्रष्टाचार गर्ने, सत्तामा आए पश्चात प्रजातन्त्रका मिठा नरा लगाउने तर शासन व्यवस्था निरंकुश तरिकाले चलाउने नेतालाई राखेर धेरै पटक नेपाली जनताले धोखा खाईसके जुन कुाराको नपालको ईतिहास साक्षी छ । संविधानको मर्म र मनसाय विपरित भ्रष्ट नेताले नैतिक रुपमा राज्य सत्ता छोड्नु पर्नेमा झन निरंकुश प्रवृति देखाउने नेताबाट नेपाल र नेपालीको हित कदापी पनि हुन सक्दैन ।

नेताले आफ्नो शासन सत्ता टिकाउन जुन सुकै पनि घटिया कदम चाल्ने सक्छन भन्ने कुराको ज्वलन्त उदाहरण भनेको नालायक मन्त्रीहरुको अनुहारबाट स्पष्ट हुन्छ । तसर्थ, रात रहे अग्राख पलाउंछ भन्ने नेपाली उखानलाई मध्यनज गरी अब निशर्त रुपमा भ्रष्ट नेता, कर्मचारी, व्यपारी सवैलाई जनताले पुनः गल्ती दोह्रयाउन नसक्ने गरी सदासर्वदाको लागी विदा गर्नेछन र भ्रष्टाचार मुक्त नयां नेपालको निमार्णको लागी आम नेपाली जनता पुनः जन आन्दोलमा उत्रने छन, यो वास्तविकता हो र कसैले यो वास्तविकतालाई नजरअन्दाज गर्दछ भने तिनिहरुलाई जनअदालतमा उभाईन्छ र जनताले तिनीहरुलाई सजायको निर्णय सुनाउने छन ।

फोन : ९८५१०३६५१५

प्रतिक्रिया