सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना

मनोज दाहाल २०७७ असार ६ गते १४:५६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,६ असार । मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) आज स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापा र रतुुवामाई नगरपालिकाका प्रमुुख रविन राइले विओपीको शुभारम्भ गर्नु भयो।

विओपीमा प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी रहने छन । मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातबटा सशस्त्र वोर्डर आउट पोष्ट संचालनमा आएका छन । यस अघि विराटनगरको वखरी, जहदा, नोचा, धनपालथान, तथा बरडङगा लगायतका स्थानमा विओपी स्थापना भइसकको छ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाको लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिनु भयो ।
नगर प्रमुख रविन राईले पोष्टको स्थापना सँगै सीमाक्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्ती सुुरक्षा कायमगर्न थप सहयोग पुुग्ने बताउनु भयो।

पोष्ट स्थापनाको लागि आठ कठृा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोष्टको भौतिक पूर्वाधार लगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया