शान्ति सुरक्षा स्थापनामा सफल

मनोज दाहाल २०७७ असार ६ गते १४:१७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ६ असार(रासस) : मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको बताइएको छ।

सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा अदालतको फैसलाबाट फरार ४४९ जना अपराधीलाई पक्राउ गरी रु. ४१ लाख ७८ हजार जरिवना असुल गरेको छ।

पक्राउ परेका ती अपराधीहरुबाट ११२ वर्ष २ महिना १६ दिन कैद पनि भुक्तान भएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।

उपरीक्षक सरुवा हुन लागेको संघारमा आफना अवधिमा गरेका मूलभूत कार्यहरुका बारेमा आज पत्रकार सम्मेलन गरी आफ्नो १५ महिनाको अवधिमा २०हजार ३९५ लिटर घरेलु मदिरा र सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ १४हजार १५० लिटर र नक्कली रक्सी ५३० बोतल बरामद गरी रु.चार लाख ६७ हजार जरिवना असुल गरेको जनाउनुभएको छ।

अवैध हातहतियार तथा खरखजाना अटोम्याटिक पेस्तोल पाँच थान, कटुवा पेस्तोल पाँच थान, भरुवा बन्दुक आठ थान, म्यागजिन छ थान, गोली २६ राउण्ड, निकोजेल जिलेटिन ४३ थान बारुद, छर्रा, वायर, क्याप बरामद गरिएको जानकारी दिँदै उपरीक्ष अधिकारीले लागू औषध सेवन कर्ता पाँच हजार ८३१ जनालाई काउन्सेलिङ गरेको र सो अवधिमा रु. पाँच करोड ४४ लाख २६ हजार बराबरको राजस्व र जरिवाना असुल गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

उहाँले आफना अवधिमा अवधिमा संगठित रुपमा डकैती, चोरी, सवारी दूर्घटना, ज्यान सम्बन्धी लगायत ३९ वटा घटनाको अनुसन्धानमा सिसिटिभी प्रविधिको प्रयोग गरी सफलता पाएको चर्चा जनाउँदै मोरङमा ईप्रका रानी, ईप्रका बेलबारी,ईप्रका बुधनगर, ईप्रका उर्लाबारी, सिप्रचौ डोरिया, प्रचौ थलाहा, ईप्रका रंगेली, जिप्रका मोरङ गरी रु.२९करोड ९१लाख ४२हजार बराबरको भौत्तिक निर्माण कार्य शुरु गराई कतिपय सम्पन्न भएको कतिपय निर्माणाधीन अवस्थामा रहेको छ भन्नुभयो।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिराटनगर,प्रहरी चौकी बखरी इप्रका पथरी, प्रचौ रमाईलो, अप्रचौ कानेपोखरी, ईप्रका बुधनगर, इप्रका रंगेली, इप्रका दोहमना, सिप्रचौ पोखरिया, प्रचौ गडरिया, प्रचौ झपटतल, पचौ सिक्टी, इप्रका उर्लाबारी, प्रचौ मझारे, प्रचौ कोयलपुर, इप्रका नेमुवा, वप्रका हाटखोला गरी १८ वटा प्रहरी कार्यालयहरुमा रु.एक करोड ९५लाख बराबरको भौत्तिक निर्माणमा अन्य क्षेत्रबाट सहयोग भएकोले प्रहरीको काम र दक्षताप्रतिको आस्था र विश्वास बढेको आफूले पाएको जानकारी दिँदै उपरीक्षक अधिकारीले अपराध नियन्त्रणमा जिप्रका मोरङले गरेको पहल कदमीका कारण गत आर्थिक बर्षको तुलनामा यो बर्ष १६दशमलव ३५प्रतिशतले कमी आएको छ भन्नुभयो ।

गत बर्षको यो अवधिसम्म एक हजार ६९४ मुद्दा दर्ता भएकोमा यो बर्ष एक हजार ४१७ मुद्दा दर्ता भएको । गत बर्षको तुलनामा यो बर्ष अभद्र व्यवहारमा ६५५ बाट४४०मा झरेको, १०३बाट ८४मा २ जबरजस्ती करणीमा ९७बाट ७२मा जबरजस्ती करणीको उद्योगमा ५४ बाट ४४मा जुवामा(१४ बाट सातमा , आत्महत्या १८९बाट २१३मा ,लागु औषध तर्फ १६५बाट १७३मा, कर्तव्य ज्यान १६बाट १७मा र ठगी तर्फ ११बाट १९बाट घटना प्रहरीमा दर्ता भएको बताइएको छ।

हराएका १८३ मोबाईल, ७५ मोटरसाईकल र १५ साइकल फेला पारी सम्बन्धित धनीलाई बुझाईएको जानकारी दिँदै उपरीक्षक अधिकारीले नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको बन्दाबन्दीलाई प्रभावकारी कार्यान्वयन, सीमा प्रवेश नियन्त्रण, सवारी आवागमन, बजार व्यवस्थापन, १९ स्थानमा हेल्प डेस्कको स्थापना,जनचेतनामूलक कार्यक्रमहरु, जिल्लाभरीमा तयार गरिएका ७६ वटा क्वारेन्टाईन र क्वारेन्टाईनमा रहेका दुई हजार ९४७ व्यक्तिहरुको व्यवस्थापन, २२९ जना सङ्क्रमित सीमा नाकाबाट प्रवेश गर्ने र बाहिरिने व्यक्तिहरुको व्यवस्थापन गर्न सफलता मिलेको बन्दाबन्दीमा जिल्लाका १३५ वडामा एक हजार ४५१ जना ‘प्रहरी मेरो साथी’अभियान मार्फत युवा परिचालन गरेको र यसबाट प्रहरी सेवा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया