शिक्षाविद् तथा समाजसेवी अंगुरबाबा जोशीको निधन

इनेप्लिज २०७७ असार ६ गते १४:१० मा प्रकाशित

काठमाडौँ, ६ असार । समाजसेवी तथा शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ ।

उनको उपचारका क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१७ वर्ष अघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो भने केही वर्षपछि उनी स्तन क्यान्सरको पीडित बनेकी थिइन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख रहेकी थिइन् ।

वि. सं. २०१९ सालमा बेलायतबाट फर्केपछि उनले पद्य्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

दैनिक नेपाल बाट 

 

 

प्रतिक्रिया