अमेरिकाका नेपाली समुदायमा सम्बन्ध बिच्छेद झाङ्गिदै ,मैले अमेरिका ल्याएको भन्ने अहमता पनि एक कारण

विजय थापा २०७७ असार ६ गते १३:१३ मा प्रकाशित

विल रगर्सले भनेका छन् ,जब सम्म हामी अरुको अधिकारको सम्मान गर्न जान्दैनौ तव सम्म हामीले साचो सभ्यता प्राप्त गर्न सक्दैनौ । सामाजिक विकासको साथ साथै मानवीय ईक्षा बढ्दै जान्छ । र ,यसको असर हाम्रो पारिवारिक सम्बन्धमा पर्दछ ।

र ,शायद यसैले होला अमेरिकन सभ्यता र जीवन शैलीमा जीवन ढाल्दै अघि बढी रहेको नेपाली समुदायका परिवारमा विवाह-विच्छेद सुस्त गतिमा वृद्धि हुदै जादैछ । सामाजिक ,धार्मिक ,राजनैतिक ,कानुन ,संस्कार तथा परम्पराले गर्दा महिलालाई मानसिक रुपमा पनि कमजोर बनाईएको छ । अझ पनि महिलालाई पुरुषको चाहना अनुसार प्रयोगमा ल्याईएको वस्तु सरह पनि ठान्ने गरिन्छ ।

अमेरिकामा पचास प्रतिसत वैवाहिक सम्बन्ध पार पाचुके हुन्छ भनी एक आँकडाले भन्छ  । नेपाली समुदायको अमेरिका बसोबास वृद्धि संगै अमेरिकाका बिभिन्न राज्यहरुमा सम्बन्ध -विच्छेद घटना सतह बाहिर आउने गर्छन र यो क्रम बढ्दो छ ।

आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद :

एक अध्ययन अनुसार आनुवंशिक ,आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद हुने ज्यादा जोखिम हुने हुन्छ । र ,सम्बन्ध विच्छेद सत्तरी र अस्सिको दशक ताका निक्कै उच्च भएको भए पनि त्यो प्रवृत्ति नभई केवल ऐतिहासिक अवैधता हुन् गएको उल्लेख गरेको छ ।

करिब सत्तरी प्रतिसतको हाराहारीमा अमेरिकामा सत्तरी देखि नब्बेको दशकमा जुन जोडीले पन्ध्रौ बार्षिक उत्सव मनाएका छन् त्यो भन्दा पछि अर्थात् सन् २००१ पछिका विवाह गर्ने जोडीको विवाह-विच्छेदमा कमि हुदै आएको देखाएको छ ।

एक आंकडा अनुसार जति परिपक्व भएर बिबाह गर्ने जोडीको विवाह सम्बन्ध लामो समय सम्म टिकेको देखिएको छ । हाल औसतमा अमेरिकामा पुरुष २७ बर्ष र महिला २६ बर्षमा बिबाह गर्ने भएकोले बैबाहिक सम्बन्ध सुमुधुर रहेको र विवाह-विच्छेदमा ह्रास हुदै गएको देखिएको छ । तर पचासको दशक देखि अस्सिको दशकमा पुरुषले २३ र महिलाले २० बर्षको उमेर औसदमा विवाह गर्ने भएकोले कच्चा उमेरको कारण पार पाचुके अधिकतम रहेको थियो ।

पारिवारिक बिबिधता , असमानता ,सामाजिक तत्व को कारण सम्बन्ध बिच्छेद :

कोहेन्सको पुस्तक अनुसार पारिवारिक बिबिधता ,असमानता ,सामाजिक तत्व तथा सामाजिक परिवर्तनको कारण विवाह विच्छेदको कारण बताएको छ । जो व्यक्ति कम शिक्षा हासिल गरि बैवाहिक सम्बन्धमा बाधिन्छ उसको सबै भन्दा छिटो सम्बन्ध चिसिने र पृथक हुने हुन्छ भन्दै महा बिद्यालयमा नपुग्ने युवा युवतीमा विवाह-विच्छेद ज्यादै हुने गरेको देखाएको छ ।

यिनै कारण र अन्य बिबिध कारणले गर्दा अमेरिकामा पनि नेपाली समुदायमा बैवाहिक सम्बन्ध न्युनतम रुपमा बिग्रिदै जाने गरेको छ । अधिकांस रुपमा महा बिद्यालय तथा बिश्व बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा यस्तो प्रवृति झागिदै गै रहेको छ किनभने वातावरणले त्यस्तो परिस्थिति बनाई दिएको हुन्छ । चौतर्फी अमेरिकन रहन सहन ,सभ्यता ,आचरण ,ब्यबहार आदिले नेपाली समुदायका बालबालिकाहरु पनि यसको नकारात्मक प्रभाव पर्न देखिन थालेको छ ।

अमेरिकामा पुरुष र महिला समान हुन्छन भन्ने भनाई रहेता पनि अमेरिकामा साचो बराबर हुन ७१ बर्ष लाग्ने एक अध्ययनले जनाएको छ । महिला स-शक्तिकरण भएकोले अमेरिकामा महिला तथा पुरुष दुबैको अधिकार र आवाज दुबैको समान हुन्छ । अमेरिकाको संबिधानले वाक स्वतन्त्रता दिएकोले त्यसको प्रभावले नेपाली समुदायलाई पनि छोएको हुदा लोग्ने स्वास्नी बिच विवाद बढ्दै जादा विवाह-विच्छेदमा परिणत भएका प्रसस्त भेटिन्छन ।

अहमता एक कारण :

एक आपसमा समझदारी नहुदा अमेरिकामा छौ भन्ने अहमताको कारण घर भाडिन्छ । नेपाली पुरुषहरु नेपालको जस्तै एकात्मक पितृ सत्तात्मक सोच,चिन्तनको कारण परिवारमा झगडा र विवाद भै छोड्ने परिस्थितिमा पुगेको कैयौ घटना छन् । हाल नेपाली समुदायका पुरुषहरु ज्यादा नेपालकै राजनीति बोकि आउने र यहाँ काम धन्दा भन्दा यता पनि नेपाल कै राजनीतिमा रुप प्रस्तुत गर्दा सम्बन्ध बिच्छेद तेज भएको हो । यसले दूरी बढ्ने र असमझदारी भै घर बिग्रने निरन्तरता पाई रहेको छ ।

अमेरिकामा आर्थिक रुपमा सम्पन्न हुदै गर्दा परिवार हुदाहुदै पनि बाहिर अर्की महिला आवासीय गृह नै आरक्षित गरि महिला मित्र राख्ने प्रचलन गोपनीय हुँदा पति पत्नी बीच फाटो आई पार पाचुके बढ्दै गएको छ ।

अब नेपाली समुदायमा पनि सम्बन्ध बिच्छेद र दोश्रो बिबाह गर्नु भनेको सामान्य कुरा भै सकेको छ । अझ पनि नेपाली समाज त्यति माथि र यस सम्बन्धमा त्यत्रो फड्को मरेको छैन होला भन्ने नेपाली समुदाय ठान्ने गर्छन ।

सोच फराकिलो नहुने हुँदा सम्बन्ध बिच्छेद :

पुरुष तथा महिला दुबैले एक आपसमा आशंका गर्दा विवाह सम्बन्ध टुटेको देखिएको छ । नेपालमा पुरुषले पुरुषार्थ देखाउदै घरेलु हिंशा गरेको कारण महिलाले सम्बन्ध तोड्छन । यता आई यतै घरजम पनि गर्ने गर्छन । नेपालमा महिलालाई ज्यादा हेप्ने प्रवृतिको कारण नेपालमा सुमधुर सम्बन्ध रहे पनि अमेरिकामा आएर सम्बन्ध फुटेको छ । पुरुषहरु अमेरिकामा आएता पनि सोच नत्यागने हुँदा कलह बन्ने अनि सम्बन्ध चिसिने भई तोडिने गर्दछ ।

स्वतन्त्रता ज्यादा खोज्नेको कारण पनि बिबाह बिच्छेद :

ज्यादा स्वतन्त्रता खोज्नेको नाममा आपसी मेल मिलाप नहुदा विवाह-विच्छेद हुने गर्दछ । बिभिन्न कारणबाट अमेरिका छिरेका पुरुष या महिला अलिक स्वतन्त्रता ज्यादा खोज्ने हुँदा मनोमालिन्य भै कुरा बिग्रन गै सम्बन्ध टुटने पनि गरेको छ ।नेपालमा घर भित्र मात्र रमाउने र परिवारको लागि जीवन समर्पण गर्ने महिला अमेरिकामा ज्यादा स्वतंत्रता हुने भनी पतिले आरोप लगाउँदा पति पत्नी बिच बिबाद हुँदा छोड पत्र हुने पनि गर्दछ ।महानगर शहरहरुमा अहोरात्र जीवन चल्दछ l र ,नेपाली समुदाय पनि त्यसैमा आफुलाई ढाल्ने कोसिस गर्ने क्रममा परिवार भत्कने गरेको हुन्छ । त्यहाँबाट द्वन्द सुरु भएर बैबाहिक जीवन तहस नहस भएको हुन्छ ।

शंका तथा उपशंखाको कारण सम्बन्ध बिच्छेद :

सम्बन्ध बिच्छेद एक आपसमा शंका तथा उपशंखा गर्ने ,बैबाहिक जीवनमा अभिभावकबाट हस्तक्षेप हुनाले ,श्रीमानले श्रीमतीलाई अमेरिका ल्याई दिएको धाक लगाएको कारण ,श्रीमतीको कमाई पुरै लोग्नेको हस्तक्षेप हुदा ,सर सल्लाह नमानेको कारण ,अमेरिकाको कामको शैली थाहा हुदा हुदै कामबाट थकान भएर आउदा स्वास्नीले नै गर्नु पर्ने सोचाईको कारण तथा अमेरिकामा पुरुष या महिला दुवै खुकुलो वातावरणमा ज्यादा खुला भएको लोग्नेलाई स्वास्नीको र स्वास्नीको लोग्नेलाई मन न परेको कारण सम्बन्ध बिच्छेद हुने देखिन्छ ।

समझदारीको ठूलो खाचो :

अमेरिकामा रहेर वैवाहिक जीवनमा बाधिएका पति पत्नी बीच समझदारीको ठुलो खाचो हुन्छ ।रात भरि काम गर्नु पर्ने बाध्यता भएकोले पतिले पत्नीसंग आशंका या पत्नीले पति प्रति आशंका कदापी गर्नु हुन्न ।

हाम्रो संस्कृति ,धर्म र परम्पराले सात फेरा लिएर बैबाहिक गठोमा बाधिएको हाम्रो पवित्र गाठो कहिले टुट्नु हुदैन । र ,लोग्ने स्वास्नीको झगडा परालको आगो भने झैँ यस्ता कुरामा हाम्रो ध्यान भन्दा आफ्नो जीवन कसरि सफल बनाउन सकिन्छ त्यस तर्फ दुवैले सोच्नु पर्ने हुन्छ । र ,कसरि समाजमा दिर्घ कालिन अवधि सम्म जोडी भएर बसोबास गरेका छन् भनि उदाहरण प्रस्तुत गर्न जान्नु पर्छ ।

एक आपसमा सद्भाव र ईज्जत गर्न जान्नु पर्ने :

त्यो तर्फ पुरुष तथा महिला दुबैले ध्यान पुर्याउन पर्दछ । सबै भन्दा ठूलो चुरो भनेको एकले अर्का लाई माया ,सद्भाव र ईज्जत गर्न जान्नु पर्छ । हामी बिदेशी माटोमा छौ l झन् सुमधुर सम्बन्ध बनाउनको साटो टुटाउन खोज्यौ भने अर्काले भन्ने बाटो पाउने हुनाले यस तर्फ सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ ।

विवाह-विच्छेद अनेक कारण बाट हुने गर्छ । विवाह-विच्छेदले कसैलाई फाईदा गर्दैन । अन्तिम अवस्था सम्म टुटाउन दिनु हुन् । अमेरिकामा पुरुष वर्गले भन्दा ज्यादा महिलाले ज्यादा विवाह-विच्छेद गर्न चाहेको आंकडाले देखाएको छ ।

हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस ।र ,अर्काको सिकोको नक्कल गर्न कहिले मन नलागोस । संगैमर्ने र जिउने कसम खाएकोले लामो जिन्दगी यस्तो परिस्थिति कहिले सिर्जना नहोस् । शूभकामना !

श्रोत :गुगल/विभिन्न पत्रपत्रिका

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया