कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले उखानको टुक्का भन्ने र मजाक गर्ने सहि समय हो यो ?

राकेश कुमार शर्मा २०७७ असार ६ गते १२:२९ मा प्रकाशित

कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले नागरिकहरुको कुनै पनि कुराहरूलाई गम्भीरतापूर्वक नलिई प्रधानमन्त्रीले उखानको टुक्का भन्ने ? मजाक गर्ने सही समय हो यो ? प्रधानमन्त्रीले भन्छन् हाँछ्यु गरे कोरोना भाग्छ त्यसो भए मुलुकलाई लकडाउन गरी राख्नु किन ?

कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले सहानुभूति दिनुको सट्टा प्रधानमन्त्री के.पी. शर्मा ओलीले मजाक, कमेडी गर्ने र खिल्ली उडाउने उपयुक्त बेला हो यो ? कोरोना भाइरसको नाममा अनावश्यक लकडाउन गरी विधार्थीहरुको भविष्य संग खेलवाड गर्ने काम भइरहेको छ । व्यापारी र व्यवसायीहरुलाई पनि जोखिममा पार्ने काम भएको छ ।

सरकारलाई अनलाइन कक्षा भन्न सजिलो छ । अनलाइन कक्षा हाम्रो मुलुकमा सफल हुन सक्छ ? हालको ईन्टरनेट स्पीडले सम्पुर्ण विधार्थीहरुले अनलाइन कक्षा पढ्न संभव छ ? ईन्टरनेट र मोबाइलको पहुँच र सुविधा सम्पुर्ण विधार्थीहरुले पाउन सक्छन् ? सरकारले हचुवा भरमा कुरा बोल्ने मात्र हो । ईन्टरनेटको पहुँच नभएको ठाउँहरुमा विधार्थीहरुले अनलाइन कक्षा कसरी पढने ? बल्लतल्ल जीउ धान्न र पढन सक्ने दयनीय अवस्था भएकाहरुले अनलाइन मार्फत पढन मोबाइल र ल्यापटप कसरी किन्ने ? सरकारले यसबारे सोचेको छ ? सरकार संग कुनै पनि योजनाहरुको लागी गृहकार्य, दुरदर्शिता र भिजन नै छैन ।

लकडाउन खुकुलो भन्ने जोर बिजोर प्रणाली लागु गरी सकेपछि पनि निजी सवारी साधनमा एउटा जिल्ला बाट अर्को जिल्लाहरुमा जान सवारी पास किन ? अन्तर्राष्ट्रिय मुलुक हो र सवारी पास चाहिने ?  जनताहरुलाई दु:ख दिने नियत हो । अब नेपाल कम्युनिस्ट पार्टीको सरकारको आयु समाप्त हुन लागेको अनुभुती हुन लागेको छ जस्तो मलाई लाग्छ ?

कोरोना भाइरसको महामारीमा करदाताहरुले कर तिर्दैनौ भनेर कसैले पनि भनेको छैन ? सरकारले समयमा कर तिर्न भन्छ । कोरोना भाइरसको महामारीमा पनि सरकारले मानवता देखाउन सकेन ? अन्तर्राष्ट्रिय मुलुकहरुमा सरकारले नागरिकहरुको बैंकको खाताहरुमा पैसा हालेको अवस्था छ ।

नागरिकहरुलाई कोरोना महामारीको दशा लागेको छ । सरकार लुटन र भ्रष्टाचार गर्नमा व्यस्त छ । कोरोना भाइरस भन्दा पनि खतरनाक केही मन्त्रीहरु र नेताहरू मुलुकको लागी खतरनाक भाइरस हुन ?

क्वारेन्टाइनहरु व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन । क्वारेन्टाइनमा बस्दा झन बिरामी पर्ने हो की भन्ने डरले पनि बस्न मानिरहेका छैनन ।क्वारेन्टाइनमा बस्ने मानिसहरू माथि अन्याय र चरम लापरबाही भइरहेको जन गुनासोहरु सुन्नमा आएको छ ।

कोरोना भाइरसको महामारीमा क्वारेन्टाइन भनेको छ बस्न बाध्य पारिएको छ यो तरिका ठिक भएन क्वारेन्टाइनमा बस्नेहरुको लागी खानपिन पनि दरो इम्युनिटी पावर बढाउने किसिमको पोषण युक्त खाना हुनुपर्छ । क्वारेन्टाइनमा बस्ने हरुको लागी चिया, दुध, फलफूल र खाजाहरुको पनि बन्दोबस्त खोइ ?

क्वारेन्टाइनमा रेखदेख गर्न डाक्टर, साबुन, स्वच्छ पानी, सेनिटाइजर र शौचालय पनि व्यवस्थित हुन जरुरी छ ।

क्वारेन्टाइनमा बस्ने हरुले दिन बिताउने कसरी यो पनि प्रमुख कुरा हो क्वारेन्टाइनमा बस्ने भन्ने बित्तिकै आत्मबल कमजोर हुन गएको हुन्छ ? मनोबल बढने र बस्न उत्साह आउने किसिमको सेवा सुविधाहरू क्वारेन्टाइनमा खोइ ?

क्वारेन्टाइनमा मृत्यु भएको बलात्कार भएको र कुहिएको चामलको खानाहरु खिलाउने गरेको कुरा पनि सुन्नमा आएको छ सत्य तथ्य के हो ? क्वारेन्टाइनमा मानिसहरु बिरामी, मृत्यु र बलात्कार भएको जिम्मेवारहरु को ?

क्वारेन्टाइनमा राखिएको बहानामा सम्बन्धित निकायहरुले विभिन्न खर्चहरुको शीर्षक बनाएर आर्थिक अनियमितता गरी लुटन खोजिएको हो ? हाम्रो मुलुकमा लुटन मात्र जानिएको छ यसकारण शंकास्पद छ ?

क्वारेन्टाइनमा राखिने जिम्मेवारी पाएका सम्बन्धित निकायहरुले एक त क्वारेन्टाइनमा बल जबर्जस्ती गरी राखिने गरेको छ ? क्वारेन्टाइनमा राखिने मानिसहरूको अन्तर्राष्ट्रिय मुलुकहरूको मापदण्ड अनुसार सेवा सुविधाहरू दिन सक्नु हुन्न भने जबर्जस्ती बलको प्रयोग गरी राख्न पाइन्छ ? क्वारेन्टाइनमा राखिएको मानिसहरू माथि खेलवाड गर्न पाइन्छ ?

स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया