बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:५६
वासिङटन डिसी 19:11

अमेरिकाका विभिन्न राज्यहरुमा दासत्व-मुक्ति चर्कानारा सहित मनाइयो (बिशेष तस्बिर सहित)

इनेप्लिज २०७७ असार ५ गते २३:४३ मा प्रकाशित

अमेरिकाका विभिन्न राज्यहरुमा दासत्व-मुक्ति चर्कानारा सहित मनाइएको छ । अमेरिकाका विभिन्न शहरहरुमा उक्त जर्ज फ्लोएडमा प्रहरीले दिएको यातना र उनले बोलेका शब्दहरुका नारा लगाइएका थिए ।

नाराहरुमा म स्वास लिन सक्दिन ,मेरो घाटीमा चोट लागेको छ ,मेरो पेटमा पीडा छ | उनीहरुले मलाई मार्छन आमा नारा लगाइएका थिए । र विभिन्न राज्यहरुमा हामीलाई न्याय चाहिन्छ । प्रहरीलाई कोष वृद्धि नगरौ । अफ्रिकन अमेरिकनलाई रक्षा गरौ जस्ता पनि नारा लगाइएको थियो ।

सहभागी भएकाहरुले संगीतमा नृत्य पनि गरेका थिए ।अमेरिकामा जुन १९ जसलाई जुनटिन्थ भनिन्छ । आज कै दिन अफ्रिकी अमेरिकनहरूले टेक्सासमा दासहरूको मुक्ति भएकोले वार्षिकोत्सवको रूपमा मनाउन थालिएको हो ।

सन् १८६५ मा मेजर गोर्डन ग्रान गर तथा उनका युनियन(राज्य संघ)सेना संग टेक्सस राज्यको गालभेस्टन पुगेका थिए । जहाँ गृहयुद्ध समाप्त भएको र अफ्रिकन अमेरिकनहरु दासत्व बाट मुक्ति भएका थिए ।

जुनटिन्थ समारोह मनाउन थालेको दुई बर्ष पछि १८६३ मा राष्ट्रपति अब्राहम लिङ्कनले १८६३ दासत्व मुक्तिको घोषणामा हस्ताक्षर गरेका थिए ।

तस्बिरहरु :वाशिंगटनपोस्ट/सिएनएन डब्लुटिओपी/एबिसी७/गुगल

प्रतिक्रिया