वीरेन्द्र रावल,
धनगढी,असार ५ ÷ कोरोना कहर संगै देशमा लक डाउन घोषणा भएपछि नेपालमा सबै भन्दा यातायात व्यवसायीहरु मर्कामा परेको कुरा यातायात व्यवसायीहरुले गरेका छन्।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको आयोजनामा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलन तथा गुनासा सार्वजनिकीकरण कार्यक्रमका अधिकाँश सहभागिहरुले लक डाउनका कारण यातायत व्यवसायीहरुको आर्थिक अवस्था निकै डामाडोलको अवस्थामा परिणत भएको गुनासाहरु व्यक्त गरेका छन् ।
सो अवसरमा यातायात व्यवसायीहरुले लक डाउनका कारण यातायात क्षेत्र पूर्ण रुपले प्रायःठप्प भएको अवस्थामा यसले देशको आर्थिक क्षेत्रलाई समेत दिर्घकालका लागि असर पुगाउने भएकाले राज्यले यातायात व्यवसायीका समस्यालाई सम्बोधन गर्ने दिसामा पहल गर्न पनि आग्रह गरेका छन्।
सार्वजनिक यातायात केन्द्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिल बहादुर खलौलाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा चैत्रदेखि असार मसान्त सम्मको बैंक कर्जाको व्याज,नेपाल सरकारलाई तिर्नुपर्ने सम्पूर्ण कर तथा राजश्वहरु मिनाह गरिनु पर्ने, बिमा कम्पनीहरुलाई लक डाउनमा बन्द अवधीभरीको बिमा शुल्क अर्कोपटकको बिमा गर्दा समायोजन गराइनु पर्ने, सार्वजनिक यातायातका समस्यालाइ तत्काल सम्बोधन गर्नु पर्ने, लक डाउनको अवधीमा म्याथ समाप्त भएका सवारी साधनका कागजातहरु यातायात व्यवस्था कार्यालय मार्फत म्याद थप गरिनु पर्ने, भारतीय सवारी साधन तथा भारतीय नागरिकहरु कोरोना निमूल नभए सम्म प्रवेशमा कडाई र चेक जाँचको व्यवस्था गरिनु पर्ने, २०७६ चैत्र महिनामा तिर्नुपर्ने बैंक तथा वित्तिय संस्थाको किस्ता रकम आधिकारीक रुपमा स्कुल,कलेज यातायातक लक डाउन खुलेको मितिले ६ महिना पछि २०७६ साल चैत्र महिनाको किस्ता सुचार गरार्यनु पर्ने । कल कारखाना ,उद्योग,व्यापार लगायतका अन्य व्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गरेर कार्य सम्पादन गर्न मिल्ने तर सार्वजनिक यातायात सञ्चालन गर्दा दुरी कायम गर्न प्राय असम्भव हुने भएकाले नेपाल सरकारले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको कोरोना बिमा गरे जस्तै यामतायात मजदुरको समेत कोरोना विमा गराइदिनु पर्ने माग समेत सो अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा गरिएको थियो।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष दिल बहादुर खलौलाले लक डाउनको अवधीभर डाढै सेकिनेगरी आथिृक मारमा परेको यातायात क्षेत्रलाई रक्त सञ्चार गर्ने दिसामा नेपाल सरकारको बिशेष ध्यान जानु पर्नेमा जोड दिनु भएको छ।
उहाँले भन्नु भयो– बैकको ब्याज,चालक सहचालकको चलव भत्ता तिनृका लागि समेत अर्को विकल्प नभएको अवस्थामा सरकारले मजदुरी र यातायातकर्मीका बिच उत्पन्न तात्कालिक समस्याको समाधानका लागि चाँडो भन्दा चाँडो पहल गर्नु पर्नेमा जोड दिनु भएको छ।
सो अवसरमा सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णदेब पन्तले यातायातकर्मीले लक डाउनको अवधीमा सबै भन्दा बढी मार खेप्नु परेको उल्लेख गर्दै राज्यले यातायात मैत्रि कार्यक्रम माफृत उनिहरुले भोग्नु परेका समस्याको क्षतिपूर्ति,सुरक्षा देखि लिएर यातायात सञ्चालनका लागि खोजिनु पर्ने वैज्ञानिक उपायहरु अविलम्ब अपनाउनु पर्नेमा जोड दिनु भएको छ ।
यस्तै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका उपाध्यक्ष अनन्त राज जोशीले भाडामा देखिएको समस्या,चालक र सहचालकलाई पिपिई सेट ,सिनेटाइजर रास्क सहित सुरक्षित बनाउने कार्यमा पनि सरकारले बिशेष ध्यान दिनु पर्ने बताउनु भएको छ।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका सुदूरपश्चिम प्रदेशका अध्यक्षता भएको अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा सुदूरपश्चि प्रदेशका विभिन्न यातायात प्रालि,संगठनका नेतृत्वहरुको सो अवसरमा सहभागिता रहेको थियो ।
अध्यक्ष : दिल बहादुर खलौला
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया