मनोज दाहाल,
विराटनगर, ५ असार । प्रदेश नं. १ बाट आज १० जना कोभिड–१९ सङक्रमितहरु निको भै घर फर्केका छन्।
कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचारार्थहरुमा १० जना निको भै घर फर्केनहरुमा खोटाङका तीन ,सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना रहेका छन्।
निको भै डिस्चार्ज हुनेमा २१ वर्ष देखि ४० वर्ष उमेरका चार महिला सहित १० जना रहेका छन् । निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिनुभयो।
प्रदेशमा कोभिडबाट सङ्क्रमितको संख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भै डिस्चार्ज हुनेको संख्या २३४ पुगेको छ।
विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट सङक्रमितहरुको उपचार भइरहेको छ । यसरी उपचारहुनेहरुमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना रहेका छन् ।
यसैगरी आज दुई जना कोभिड–१९ बाट सङक्रमित हुनेहरुमा झापाको दमक र मोरङको बुढीगंगाका १÷१ जना रहेका छन् भने उनीहरुलाई उपचारका लागि विराटनगर ल्याईएको छ ।
पत्रकार
प्रतिक्रिया