राससलाई बलियो बनाउने

मनोज दाहाल २०७७ असार ५ गते १०:३१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ५ असार(रासस):

प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति(रासस)लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिनुभएको छ।

रासस प्रदेश नं.१ कार्यालय विराटनगरको आज बिहान निरीक्षण एवं बृक्षारोपण गर्दै उहाँले सरकारी संयन्त्रको सुदृढीकरण र सबलीकरणबाट नै आम नागरिक लाभान्वित हुने भन्दै रासस जहिले पनि सत्य तथ्यमा आधारित समाचार पस्किरहेकोमा खुशी व्यक्त गर्नुभयो ।उहाँले प्रदेश कार्यालयमा तत्काल भएको निर्माण कार्यबाट खुशी व्यक्त गर्दै अगामी दिनमा यो कार्यालयको सक्रियता बढिरहोस् शुभकामना दिनुभयो । सो अवसरमा कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको वर्तमान वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया