द मस्ट वान्टेड’ चलचित्र ‘कालुराम ‘ को छायाँकन कार्य तयारीमा

इनेप्लिज २०७७ असार ५ गते १०:१४ मा प्रकाशित


सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्वअस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ १ दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ ।

अब बिस्तार लक्डाउन खुकुलो बनाउदै लग्न थालिएको छ । अब लकडाउन खुले संगै सुस्ताएको नेपाली चलचित्र क्षेत्र पनि चलायमान हुनेछ। थुप्रै चलचित्र निर्माताहरु छायाँकनमा जानको लागि तयारी गरि रहेका छन् । निर्देशक दिनेश पौडेल पनि लक डाउन सकिना साथ चलचित्र छायाँकन गर्ने तयारीमा लागेका छन् । ‘द मस्ट वान्टेड’ चलचित्र बाट नेपाली चलचित्र निर्देशन यात्रा सुरु गरेका पौडेलको नयाँ चलचित्रको नाम ‘कालुराम’ रहेको छ । चलचित्रको लागि पौडेलले स्क्रिप्ट तयार गरेका छन् र तिन वटा गीतको रेकर्डिङ्ग सकाएका छन् । चलचित्रमा काम गर्ने केहि कलाकार फाइनल भई सकेका छन् भने केहिको खोजि कार्य भई रहेको निर्देशक पौडेलले जानकारी दिए कमला ढकालले निर्माण गर्ने चलचित्र समसामयिक प्रेम कथामा बन्ने छ ।

प्रतिक्रिया