सुखड(कैलाली) असार ४ ।कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने कैलारी गाउँपालिका वडानम्बर ९ स्थित समाज सुधार सामुदायिक वन उपभोक्ता समूहको हातमा अवैध रुपले हरिया सालका गोलियाहरु कटानी गरिएका छन्।
सो सामुदायिक वन उपोभोक्ता समुहका अध्यक्ष रमेश चौधरी र केहि गाउँका तस्करहरुको मिलेमतोमा सो क्षेत्रमा विगत लामो समयदेखिनै काठ तस्करीहुने गरेको पाइएको छ । थारु बाहुल्य रहेको सो वडामा पहाडी समुदायको बस्ती औंलामा गन्न सकने अवस्थामा पनि नरहेका कारण थारु समुदायकै बिचमा दुई समूह बनेर विगत लामो समय देखि वादविवाद र झैं झगडा हुने गरेको छ ।स्रोतका अनुसार सामुदायिक वनको स्रोतमा पहुाच नपुगेका व्यक्ति र पहुँच पुगेका व्यक्तिहरुका विचमा वनको स्रोतका बिषयमा समेत पटक पटक विवादको अवस्था सृजना भएको छ।
हालै सो सामुदायिक वनको हाताभित्र ठूलो. परिमाणमा सालका रुखहरु कटानी हुँदा सम्म पनि वन प्रशानसनले तस्करीमा संलग्नलाई पक्राउ गर्न नसकेको स्थानीय प्रकाश चौधरी ले बताउनु भएको छ।
ससमाज सुधार सामुदायिक वनको हातमा ठूलो परिमाणमा हरिया सालका रुखहरु कटानी भएको र प्रत्ये सामुदायिक वनका उपभोक्ताका घरमा तीन चार गोलिया साल लुकाएर राखेको अवस्थमा पनि घटनास्थलमा पुगेर वन कर्मचारीले काठ बरामद नगरी सोझै फिर्ता भएको आरोप स्थानीयको आरोप छ।
वन पदाधिकारीहरुले सो एक हप्ता पहिले सो सामुदायिक वनका अध्यक्ष रमेश चौधरीलाई पक्राउ गरेको र उनको घरमा फेला परेको एक धोद्रो परेको सालको गोलियाको बरामदी मुचुल्का बनाएर मुद्धा कमजोर बनाउँदै छोड्ने तयारी गरिरहेको कुरा स्थानीय सन्तराम चौधरीले बताउनु भएको छ।सो सामुदायिक वनका सदस्य तथा पदाधिकारीहरुलाई रुखहरु कटानी गर्न लगाएर सामुदायिक वनका अध्यक्ष रमेश चौधरी आफु चोखै बच्न खोजेतापनि वन प्रशासनले उनलाई पक्राउ गरि वन डिभिजन कार्यालय धनगढीको हिरासतमा राखेको बताइएको छ ।
सो सामुदायिक वन उपभोक्ता समूह भित्र अवैध तरिकाले सालका गोलियाहरु काट्ने र बर्षातको समयमा चिरान गरेर काठ बिक्री वितरण गर्ने योजनका साथ जंगलका विभिन्न स्थानहरुमा गोलिया चिरान गर्न थालेको अवस्थामा स्थानीयले विरोध गर्दा पनि वन प्रशासनले दोषीलाई कारवाही नगरेर सामान्य मुद्धा बनाएर धरौटीमा छोड्ने योजना भैरहेको आरोप कुरा स्थानीय शिवलाल चौधरीले बताउनु भएको छ।
द्धन्द्धकालमा माओवादीमा लागेर गाउँघरमा बलात्कारी,फटाहाहरुलाई कारवाही गरेको झोंकमा वर्तमान वडाअध्यक्ष खेमराज चौधरीले स्थानीयलाई निकै दुःख दिईरहेको कुरा प्रकाश चौधरीले बताउनु भयो।
द्धन्द्धकालको रिस फेर्ने काम वडाअध्यक्षबाट भैरहेको कुरा प्रकाश चौधरीले बताउनु भएको छ । वडाअध्यक्षको गलत कार्यको जवाफ ंिदंदा गाउँघरमा मानिसहरुलाई शास्ती दिने,झुटटो मुद्धा लगाएर फँसाउने लगायतका कार्यहरु वडाअध्यक्ष खेमराज चौरधरीलेनै गरेको आरोप अधिकाँशको रहेको छ।
सो गाउँमा गत माघ महिनामा सामुदायिक वन उपभोक्ता समूहका पदाधीकारी देखि लिएर वन कर्मचारीको योजनामा र सामुदायिक वनका पदाधिकारीहरुको मिलेमतोमानै अवैध रुपले साल कटानी गर्ने कार्य भैरहेको आरोप स्थानीयको रहेको छ।
सामुदायिक वनका उपभोक्ताहरुको पूर्ण सहमति नभएको अवस्थामा किर्ते कागज खडा गरेर वैज्ञानिक वन बनाउने गतिविधी शुरु भैसकेपछि मात्र अरु उपभोक्ताले थाहा पाएको कुरा स्थानीय भलभन्सा बुझाउन चौधरीले बताउनु भएको छ । उहाँले भन्नु भयो –त्यसपछि वैज्ञानिक वन खारेज हुनु पर्ने आवाज उठाएपछि त्यसको बदला स्वरुप हाम्रा सोझा साझा मानिसहरुलाई त्रसित बनाउने ,भुटटो मुद्धा हाल्न उक्साउने लगायतका कार्यहरु गरिएको पनि भलभन्सा बुझाउनले बताउनु भएको छ ।गाउँघरमा भैरहेको अनैतिक कृयाकलाको अन्त्यका लागि विरोध गर्दा झुटो मुद्धा लगाउने कार्य हुनु निकै दुखद कुरो भएको चिनले जनाएको छ।
सो क्षेत्रमा भैरहेको अनियमिततालाई छानविन गर्न समिति बनाएर अगाडी बढ्दा हाम्रा साथीहरुलाई उल्टै रिस साँध्नका लागि झुटटा मुद्धा चलाउने कार्य भएको पनि अधिकाशको गुनासाने रहेको छ।
अवैधानिक तरिकाले गरेको बिषयमा सहकायक वन अधिकृत निराजन कडालासंग कुराकानी गर्दा सो वडामा सबै संग सालको गोलिया रहेको र सामुदायिक वनका अध्यक्ष रमेश चौरीलाई आवश्यक कावाहीका आवश्यक अनुसनधान भैरहेको बताउनु भएको छ।
उहाँले भन्नु भयो – जनशक्तिको अभावमा मानिसहरुलाई पक्राउ गर्न नसकिएको र त्यस बिषयमा अनुसनधान भैरहेको बताउनु भएको छ । गाउँलेले सहायक वन अधिकृत निराजन कडाललाई तत्काल पहल गर्नका लागि पनि अनुरोध गर्दा सम्म पनि कोही नआई दिंदा चाउचाउको स्वाद रहेको बताउनु भएको छ।
सो सामुदायिक वनको हातमा भित्र राष्टिय वनमा वडाअध्यक्ष खेम चौधरीको नेतृवमा माटो बिक्री वितरण भएको पनि स्थानीयहरुले आरोप लगाएका छन् । वनको हातामा अतिक्रमण र माटो बिक्री गरेर व्यक्तिगत खातामा राख्ने गरेको पनि स्थानीय सरकारले सम्बनधति व्यक्तिलाई पत्राचार गर्न जरुरी छ र्।
प्रतिक्रिया