कतारबाट फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाइने

भोला थापा क्षेत्री २०७७ असार ४ गते २१:५५ मा प्रकाशित

दोहा कतार । कतारबाट फर्कने नेपालीले कोरोना जाँच नगरी स्वदेश फर्कन पाउने भएका छन ।

नेपाल सरकारले तोके अनुसारको स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको प्रमाणपत्र साथमा राखेर फर्कन सम्भव नभएको र कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले कतारबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाउने दूतावासले जनाएको छ ।

कतार स्थीत नेपाली राजदुतावासका अनुसार दोहाबाट फर्कने नेपालीको विमानस्थलमा ज्वरो मापन मात्र गरिने र कतार सरकारले जारी गरेको एप “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने दुतवासले जनाएको छ ।

कतारबाट पहिलो उडान पर्सि २० जुन शनिबारका दिन नेपाल एअरलाइन्सले भर्दैछ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले भर्नेछ । स्वदेश फर्कने नेपालीले “Ehteraz मोबाइल एप” अनिवार्य रुपमा चलाउन पर्ने दूतावासले जनाएको छ । यो एप डाउनलोड गरेर कतारी आईडी, भिसा नम्बर राखेर आफूलाई दर्ता गर्न सकिन्छ ।

कतारको सम्बन्धित निकायले पारित गरेको सुची अनुसार शनिवार कतारबाट नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने भएका छन भने हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत १७४ जना फर्कने सूची दूतावासले तयार गरेको छ ।

साथै दुतावासले जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची पनि सार्वजनिक गर्दै नेपाल एअरलाइन्सको अन्य उडानको भर्ने भएता पनि मिति भने तय नभएको जनाएको छ ।

यसै गरि नेपाल फर्कने यात्रुले दुतवासको वेवसाईटको लिंकबाट वा टिकट खरिद ट्राभल एजेन्सीबाट व्यक्तिगत विवरण फारम दुई प्रति भरेर साथमा राख्नु पर्ने छ भने उक्त फारम यात्रा शुरु हुनु ४ घण्टा अगावै यात्रुले हवाई टिकट, राहदानी, भिसा तथा कतार आईडी लगायत व्यक्तिगत विवरण भरेको फाराम साथमा लिई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसक्नु पर्ने दुतवासले जनाएको छ ।

 

प्रतिक्रिया