एनआरएनएको अफ्रिका क्षेत्रीय महिला बैठक सम्पन्न

इनेप्लिज २०७७ असार ४ गते २१:४९ मा प्रकाशित

गैरआवासीय नेपाली संघको अफ्रिका क्षेत्रका महिला संयोजकहरुको प्रथम बैठक आइतबार, १४ जुन २०२० मा जुम मार्फत सम्पन्न भयो । बैठकमा एनआरएनए आइसीसी उपाध्यक्ष रविना थापा र महिला संयोजक भुमा लिम्बुको बिशेष उपस्थित रहेको थियो ।

अफ्रिका क्षेत्रीय महिला संयोजक मन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा निकि गुप्ता र अन्जु पौडेल ( नाइजेरिया ),तारा गिरी र बर्षा क्षेत्री( युगान्डा ),कुमारी क्षेत्री ( केन्या ),संजना गौतम मगर( घाना ) र शारदा पौडेल राय ( मोजाम्बिक ) को उपस्थिति रहेको थियो ।

बैठकमा अफ्रिकाका महिला संयोजकहरुले अफ्रिकाका एनआरएन महिलाहरुको अबस्था र एनसीसीहरुले गरेका कार्यहरुको जानकारी गराएका थिए । साथै अफ्रिकामा बेलाबखत मानव तस्करहरुले ल्याएर अलपत्र र दुखमा पारिने महिलाहरुको समेत चर्चा भएको थियो । त्यसै गरि कोभिडको बन्दाबन्दीले रोजगारी गएर साउथ अफ्रिकामा अप्ठ्यारोमा परिरहेका महिलाहरुको बारेमा समेत छलफल भएको थियो ।

बैठकमा उपाध्यक्ष रबिना थापाले एनआरएनए आइसीसीले महिलाहरुका लागि गरि राखेको कार्यक्रमहरु र महिला संयोजक भुमा लिम्बुले अफ्रिकामा अप्ठ्यारो परेका महिलाहरुलाई आबश्यक सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

बैठकले अफ्रिका क्षेत्रका महिलाहरुको नियमित बैठक गर्ने कोभिडका कारणले अप्ठ्यारोमा परेका महिलाहरुका लागि सहयोग गर्ने र महिलाहरुको छुट्टै कोष निर्माण गरि नेपालमा महिलालाई शिक्षा , स्वास्थ्य लगायत क्षेत्रमा सहयोग पुर्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया