धाईजनमा ३० वेडको उपचार केन्द्र सञ्चालनको तयारी

मनोज दाहाल २०७७ असार ४ गते १०:३४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ४ असार।झापाको मेची नगरपालिकाले तयार गरेको कोरोना संक्रमितको उपचार केन्द्र सञ्चालनको तयारी गरिएको छ । प्रदेश सरकारको निर्णय अनुसार नगरपालिकाले तयार गरेको आईसोलेसन उपचार केन्द्रको सामाजिक विकास मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ लगायतले वुधवार अनुगमन गर्नु भएको छ । ३० वेठको आईसोलेसन उपचार केन्द्र शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।

उपचार केन्द्रका लागि आवस्यक वेड लगायतका सामाग्री व्यवस्थापनको काम भोली सम्ममा सम्पन्न गरिने नगर प्रमुख विमल आचार्यले बताउनुभयो । सो उपचार केन्द्रका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । उपचार केन्द्र सञ्चालन पुर्व स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया