वीरेन्द्र रावल,
धनगढी, असार ३÷ कोरोनाको संक्रमणबाट सुदूरपश्चिममा बुधबार सम्म सम्म चार जनाको मृत्यु भएको छ।
शनिवारका दिन कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भईरहेको भएपनि उनको बुधबार मृत्यु भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ।
संक्रमित तं व्यक्तिको मंगलबार बाट स्वास्थ्यमा जटिल समस्या सृजना भएको थियो ।धनगढीमा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स प्राप्त नभएका कारणपनि तीं व्यक्तिको मृत्यु भएको बताइएको छ।
तीं व्यक्ति सेती प्रादेशिक अस्पताल लैजानु पूर्व नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो।
कोरोना कहरबाट संक्रमित भई कैलालीकी दुई महिला र बाजुराकी एक बालिकाको मृत्यु भएको थियो।
सुदूरपश्चिममा भारतबाट आएका मानिसहरुबाट नै बढी संक्रमितहरु फेला परेको तथ्यांकले जनाएको छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया