काठमाडौ ।नव धवलागिरी बचत तथा ऋण सहकारी संस्थाले संस्थामा कार्यरत कर्मचारी र संञ्चालक समितिकोे कोरोना बिमा गरेको छ ।
काठमाण्डौको सामाखुसीमा अवस्थित सहकारीले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९) को संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै गएपछि सहकारीमा कार्यरत कर्मचारीहरु र संञ्चालक समितीेको सम्भावित जोखिमलाई मध्यनजर गर्दे कोरोना बिमा गरेको हो ।
कोरोना कहरका बिच जोखिम मोलेर काम गरिरहेका कर्मचारीको सुरक्षाका लागि बिमा गरिएको संस्थाका अध्यक्ष धुब्र ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीले भन्नुभयो र्,केही हद सम्म कर्मचारीको उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्न सकिन्छ की भन्ने हो ’। सञ्चालक समिती पनि संस्थामा गईरहनुपर्ने भएकाले जोखिम आँकलन गर्दे कोरोना बिमा गएिको हो, उहाँले भन्नुभयो ।
सहकारीले कोरोनाको संक्रमण बढिरहेको र कर्मचारीले जोखिम मोलेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दे आईएमई जनरल ईन्सोरेन्स मार्फत प्रतिब्यक्ति १ लाखको जीबन बिमा गरिएको हो ।
प्र्रबन्ध निर्देशक शुदर्शन अधिकारीले कर्मचारीहरुको सम्भावित जोखिम र यसबाट पर्नसक्ने प्रभाबलाई ख्याल गर्दे कोरोना बिमा गरिएको बताउनु भयो । उहाले भन्नुभयो र्, कर्मचारीलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्धेश्य पनि संस्थाको हो ’। संस्थामा कार्यरत ८ जना कर्मचारी र संञ्चालक समितिका सदस्य गरि ३३ जनाको कोरोना बिमा गरिएको संस्थाका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भए बिमितले १ लाख पाउनेछन् ।
कोभिड –१९ ले सिर्जना गरेको बिषम परिस्थितीका कारण लामो समय आंशिक रुपमा कार्यालय खोली आपतकालीन सेबा प्रबाह गरिरहेको सहकारीले सरकारको निर्णय बमोजिम यही असार १ गते देखि सामाजिक दुरी कायम गर्दे स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड पालना गरेर पूर्णकालीन कार्यालय संचालन गर्दे आएको संस्थाकी सचिब एवं पत्रकार दीपु पोखरेलले बताएकी छिन ।
विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।
प्रतिक्रिया