पहलमानपुर वन डिभिजन प्रमूख भटट्ले थुनिदिने धम्की दिए : निमित्त प्रशासकीय अधिकृत जैशी

इनेप्लिज २०७७ असार २ गते २१:५० मा प्रकाशित

धनगढी, असार २÷ जिल्लाको मोहन्याल गाउँपालिका वडानम्बर ७ राजकाँडामा बन्न लागेको सडकलाई पहलमानपुर वन डिभिजन कार्यालय पहलमानपुरका वनअधिकृत कृष्णदत्त भटट्ले तत्काल रोक्न निर्देशन दिएको समाचार प्राप्त भएको छ।

मोहन्याल गाउँपालिका र संघीय सरकारको आर्थिक सहयोगमा निर्माण थालिएको उक्त सडक खन्ने कार्य नरोकेको खण्डमा थुनिदिने धम्की दिएको कुरा मोहन्याल गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशीले बताउनु भएको छ।

कैलाली जिल्लाको मोहन्याल गाउँ पालिकाको वडानम्बर ७ राजकाँडा हुँदै सहजपुर जाने सडक निर्माणका लागि प्रदेश सरकारको समपुरक बजेटको १५ लाख रुपैयाँ र मोहन्याल गाउँपालिकाको सहकार्यमा निर्माण शुरु हुन थालेको उक्त सडक वन डिभिजन कार्यालय पहमानपुरका वन अधिकृत कृष्णदत्त भटट्ले प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशीलाई वातावरणीय प्रभाव मूल्यांकन विनानै निर्माण थालनी गरिन लागेको उक्त सडक निर्माणको कार्य तत्काल नरोकेको खण्डमा शसस्त्र वन रक्षक लगाएर पक्राउ गर्ने धमकी दिएको कुरा निमित्त प्रशासकीय अधिकृत जैशीले बताउनु भएको छ।

कैलाली जिल्लाको मोहन्यालका अधिकााश सडकहरु चुरे क्षेत्र अन्तरगत पर्दछन् । वातावरणीय दृष्टिकोणले चुरे क्षेत्र संवेदनशिल क्षेत्र भएका कारण चुरेमा कुनैपनि प्रकारको उत्खनन कार्य वातावरणीय दृष्टिकोणले ठिक नभएको अवस्थामा रोक लगाउनु त ठिक हो तर चुरेमा धमाधम वैज्ञानिक वन बनाउने,हरिया साल,सल्ला,अस्ना लगायतका रुखहरु कटानी गर्दा सम्म पनि चुप लागेर वैज्ञानिक वनको कार्य योजना पास गर्ने कार्य गर्ने वन अधिकृत भटट्ले मोहन्याल गाउँपालिकाले वैज्ञानिक वन रोक्ने भनेर गरेको निर्णयको रिस साँध्नका लागि सडक निर्माण कार्यमा अवरोध गरेको निमित्त प्रमूख प्रशासकीय अधिकृत जैशीले बताउनु भएको छ।

मोहन्याल गाउँपालिकाले चुरेमा वैज्ञानिक वन कार्यक्रम बन्द गर्नका लागि प्रदेश सरकार,वनडिभिजन कार्यालयहरु र संघीय सरकारलाई समेत पत्राचार गर्नुका साथ साथै सो क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम रोकिएको थियो।

वैज्ञानिक वन रोकिएको झोंकमा वन अधिकृत भटट्ले प्रतिशोध पूर्ण तरिकाले सडक निर्माण कार्यलाई वातावरणीय प्रभाव मूल्यांकन विनानै गर्न नपाइने भन्दै अवरोध सृजना गरेको कुरा मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनु भएको छ।

गाउँपालिकाका अध्यक्ष रावलले भन्नु भयो– हामीले चुरेमा वैज्ञानिक वन कार्यक्रमलाई लागु गर्न नदिने निर्णय गरेको थियौं, त्यसमा वैज्ञानिक वन नबनाउँदा ठूलो कमिशन छ्ट्ने भएपछि रिसले वन अधिकृतले सडक निर्माणमा अवरोध सृजना गरेको कुरा प्रमूख प्रशाकीय अधिकृत जैशीको भनाई छ ।

लक डाउन हुनु भन्दा पहिले मोहन्याल गाउापालिकाको खिमडी खडक खण्डमा भैरहेको काम दश दिन जति रोक्न लगाएका भटट्ले त्यसको एक हप्तापछि पुनः सडक निर्माण गर्न दिएको पनि स्रोतले बताएको छ । स्रोतका अनुसार भटट्ले सडक निर्माण समिति संग पैसा लिएर मात्र सडक निर्माण गर्न दिएको थाहा भएकोछ । कैलाली जिल्लाको पहलमानपुर वन डिभिजन कार्यालयमा आईसकेपछि वन अधिकृत भटट् वैज्ञानिक वन कार्यक्रममा व्यापक रुपले मुछिएको र नियमित रुपमा काष्ठ व्यवसायी संग मिलेर कमिशनका आधारमा चलखेल गर्ने डिभिजन वनको अधिकृत जस्तो व्यत्तिः नितान्त काष्ठ व्यवसायीको चलखेलमा रुमललीने गरेका कारण सो क्षेत्रमा व्यापक रुपले वन विनास भैरहेको पनि स्रोतले बताएको छ ।ैलाली जिल्लामा वैज्ञानिक वन कार्यक्रम लागु भैसकेपछि व्यवसायीबाट मनग्य रकम हसुर्ने योजनामा पनि उनि संलग्न रहेको स्रोतले बताएको छ । यस अघि डोटी जिल्लामा रहँदा पनि उनी व्यापक विवादमा आईसकेका व्यक्ति पनि हुन । खासगरी चुरे जस्तो संवेदनशील क्षेत्रमा समेत वैज्ञानिक वन कार्यक्रम लागु गर्ने र सर्वंकटानको अभियानमा संलग्न रहेका वन अधिकृत कृष्ण भटट्ले जेजति वैज्ञानिक वनका कार्ययोजनाहरु स्वीकृत गरेर कटान गरेका छन् त्यसबारेमा सबै फायलहरुको छानविन गरिनु पर्ने माग सर्वत्र उठेको छ । यस बिषयमा पहलमानपुर वन डिभिजन कार्यालयका प्रमूख कृष्ण भटट संग उहाँको मोवाईल नम्बर ९८५८४७७०३३ मा सम्पर्क गर्न खोज्दा फोन लागेपनि उहाँले फोन भने उठाउनु भएन ।

प्रतिक्रिया