नेपाली काङ्ग्रेस २० वुंदे ज्ञापन पत्र

मनोज दाहाल २०७७ असार २ गते २१:३३ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२ असार।नेपाली काङ्ग्रेस मोरङले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न र पिसीआर परीक्षण वृद्धि गर्नुपर्ने माँग सहित ज्ञापन पत्र वुझाएको छ।

नेकाँ मोरङका सभापति डिगवहादुर लिम्वुको नेतृत्वमा गएको जुलूस सहित गएको टोलीले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई २० वुंदे ज्ञापनपत्र वुझाएको छ।

सभापति लिम्वुले जनताको स्वास्थ्यको सम्वन्धमा सरकार चनाखो हुनुपर्ने बताउदै आर्थिक र शैक्षिक गतिविधिमा व्यवस्थित निर्णय गर्नुपर्नेमा जोड दिनु भयो।

प्रजिअ भुजेलले प्राप्त ज्ञापन पत्र अविलम्व सम्विन्धित ठाउँमा पठाउने बताउनु भयो भने नेकाँ मोरङका सचिव मोदराज घिमिरेले ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया