एकतर्फी आरोपमा धुनामा राखिएका बिष्णुले उच्च अदालतबाट न्याय पाए

विश्व राज थापा २०७७ असार २ गते १६:४७ मा प्रकाशित

बुटवल । ज्यान मुद्धाको प्रहरीको एकतर्फी आरोपमा थुनामा राखिएका गुल्मी बीरबासका बिष्णुप्रसाद कण्डेललाई उच्च अदालत बुटबलले थुनामुक्त गरेको छ । जिल्ला अदालत गुल्मीले गरेको फैसला बदर गरी थुनामुक्त गर्न आदेश दिएपछि उनी सोही दिन घर फर्किएका छन ।

अति मादक पदार्थ सेवन गरी गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली घर फर्किने क्रममा चार महिना अगाडि भीरबाट लडेका थिए । भीरबाट लडेका चुडाली अर्को दिन बिहान मृत अबस्थामा भेटिएका थिए ।भीरबाट लडेकालाई प्रहरीले जबर्जस्ती घुचेटेको आरोप लगाइ थुनामा पुरयाएको थियो ।

सो घटनामा जिल्ला अदालतले अन्य ५ जनालाई छोडेर बिष्णु कण्डेललाई मात्र थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालतले बदर मात्र गरेनकि मोहन प्रसाद चुडाली भीरबाट लडेको तर घुचेटेको भनी प्रहरी र जिल्लाको सरकारी बकिलको कार्यालयले लगाएको एकतर्फी दाबी सहितको आरोपलाई पनि उच्च अदालतले बास्तबिकता नभएको संकेत गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मी र सोही अदालतकै बरिष्ठ न्यायाधीश नारायण पोख्रेलको संयुक्त इजलाशले मोहन प्रसाद चुडाली भीरबाट लडेको भन्ने कुरामा बिबाद देखिएन भनेको छ । बिष्णु प्रसाद कण्डेलले अनुसन्धान अधिकारी र अदालत समक्ष बयान गर्दा समेत मृतकलाई आफुले भीरबाट घचेटको होइन भनी आरोपित कसुरमा इन्कार गरेको भन्दै संयुक्त इजलाशले अनुसन्धान अधिकारीले जबर्जस्ती आफै कण्डेलले घु्चेटेको भनी आरोप लगाएको कुरालाई पनि अदालतले देख्ने वा कोही पनि चश्मदित गबाह भएको देखिएन भनेको छ ।
भीरबाट लडेका चुडालीलाई पहिलोपटक देख्ने र सोही दिन गाडी चलाएर गएका सागर सोमैले भीरबाट लडेकालाई घिसारेर सारी गाडी अगाडि बढाएका थिए त्यो कुरा अदालत समक्ष पनि उनले स्वीकार गरेका थिए तर प्रहरी र सरकारी बकिलले उनलाई कुनै दोष नदेखाउने ठुलो प्रयत्न गरेको र जिल्ला अदालतले पनि बिना धरोटी रिहा गरेको थियो ।

जिल्ला अदालतको सो आदेशलाई पनि बदर गरी उच्च अदालतले पहिलो पटक देखेर पनि कसैलाई खबर नगरेका , लडेका चुडालीलाई सारेर आफनो घरतर्फ लागेका सागर सोमैलाई पनि धरौटी लिन आदेश गरेको छ ।

हिरासतमा राखिएका समयमा  गुल्मी जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र खडकाको नेतृत्वमा इन्स्पेक्टर चुडाामणि पुनले अनुसन्धानका नाममा बिष्णुप्रसाद कण्डेललाई चरम यातना दिएको खुल्न आएपछि राष्टिय मानब अधिकार आयोगले स्पष्किरण सोधीसकेको छ .

चुडाली मृत अबस्थामा भेटिएपछि अघिल्लो दिन साझ एकै छिन भेट भएका बिष्णु कण्डेल समेत ६ जनालाई प्रहरीले थुनामा राखेको थियो । तर थुनामा राखेका मध्ये कण्डेलाई मात्र दोषी साबित गराउन इन्स्पेक्टर पुनले दैनिक मुखमा बुटले हान्ने, लाठी लात्तिले हान्ने , उत्तानो बनाएर ढाड , टाउको , खुटामा ठटाउने , लतार्ने जस्ता अनेक खाले यातना दिएको बिबरण कानुन ब्यबसायी र जिल्ला अदालत समक्ष कण्डेलले बताएका थिए ।
थुनछेकका लागि अदालतमा लैजादा प्रहरीले कुटपीट गरेको कुरा बताइस भने तेरो छोरा , तेरो श्रीमती समेतलाई प्रहरी खोरमा ल्याएर तलाई जस्तै बनाइदिन्छु भन्ने जस्ता धम्की पनि प्रहरीले दिने गरेको थियो ।

सबै भन्दा पहिले चुडाली लडेको अबस्थामा देख्ने सागर्ले कसैलाई खबर पनि गरेनन र आफुले उद्धार पनि गरेनन् । स्थानीय भन्छन – लडिरहेका चुडालीलाई सारेर गाडी हिडाउने सागर सोमैको लाइसेन्स पनि थिएन तर त्यो कुरा प्रहरीले अनुसन्धान गर्दा पुर्णत बेवाास्ता गर्नु र बिष्णु कण्डेललाई चरम यातना दिएर मैले नै घुचेटेको हु भन्ने बनाउन प्रहरी जसरी लाग्यो त्यो आफैमा आपत्तिजनक मात्र होइन सागरले प्रहरीलाई खुशी बनाउन कुनै कसर बाकी नराखेको बुझिएको छ ।

मृतक मोहन चुडालीका भाउज्यू पर्ने शान्ता चुडालीले नेपालगञ्जका न्यायाधीश आफनो अंकल भएको र कपिलबस्तुका एक जना न्यायाधीश पनि नातेदार भएको भएकोले उनीहरु मार्फत गुल्मी जिल्ला अदालतमा कुरा गरेको भन्दै हिडेको स्थानीयले बताएका थिए ।

गुल्मी जिल्लाका श्रेष्तेदार र कपिलबस्तुका न्यायाधीश कलासमेट भएकोले श्रेष्तेदारलाई भन्न लगाएकै कारण गुल्मी जिल्ला अदालतले सबैलाई छोडी बिष्णु कण्डेललाइ थुनेको कुरा शान्ता पौडेलले गाउमा भन्दै आएको स्थानीयले बताएका छन ।

अहिले उच्च अदालतले बिष्णु कण्डेललाई न्याय दिएपछि बिष्णुलाई थुन्नै पर्छ भनी जिल्ला सरकारी कार्यालय देखि प्रहरीलाई राम्रैसंग खुशी पारेकाहरु आक्रोशित भएका छन । तर आम गुल्मेलीहरु भने प्रतिष्ठित ब्यापारी एवं समाजसेबी बिष्णु कण्डेललाई अनाहकमा फसाउने प्रपंच केही ब्याक्तिहरुले आफनो स्वार्थका लागि गरेको बताएका छन ।

बिष्णुको पसलबाट समान लगेर पैसा नतिरहेकाहरु उनलाई थुनामै राख्न सकेमा पैसा तिर्न पर्दैनथ्यो भन्ने सोचाईमा थिए । तर उनीहरुको योजना सफल नहुने निश्चित भएको छ । किनकि सबै भन्दा पहिले मोहन चुडालीलाई देख्ने सागर सोमै र उनकै गाडीले छोएर कपडामा टायरको डाम समेत देखिएकोले प्रमुख दोषी सोमै रहेको जिल्लाका अधिकारीहरु समेत बताउछन ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया