वातावरण विनासको असर विपन्नमाथी पर्दै

वीरेन्द्र रावल २०७७ असार २ गते ११:३३ मा प्रकाशित

 


वीरेन्द्र रावल,

जव प्रकृतिमा मानव हस्तक्षेप पर्न जान्छ तव एक न एक दिन स्वतः प्रकृतिको स्वरुप परिवर्तन हुने गर्दछ । प्रकृतिमा विभिन्न जिवात्मा देखि लिएर ठोष,खनिज धातु र ग्यासको लगायतका पदार्थको पनि संयोजन हुने गर्दछ । त्यसलाई मानिसहरुले अवैज्ञानिक तरिकाले जव चलाउँछ, दोहोन गर्दछ अनि प्राकृति स्वरुपमा स्वतः त्यसले परिवर्तन ल्याउने गर्दछ।

प्राकृतिक सन्तुलन बिग्रिनुका पछाडी प्राकृतिक वातावरणमा मानव हस्तक्षेप बढ्नुनै हो । प्राकृतिक सम्पदामा यान्त्रिक र मानव स्वयंका कारणले जब हस्तक्षेप हुन थाल्दछ तव वातावरणीय सन्तुलनमा एक खालको परिवर्तन आउने गर्दछ । बसेर रहेको जमिनलाई हलचल गराउने र त्यसको प्रणालीमा जव हस्तक्षेप बढ्ने गर्दछ तव त्यहाँको वातावरणमा समेत अस्वभाविक परिवर्तन आउने गर्दछ र दिर्घकालिन रुपले त्यसको असर पुग्ने गर्दछ । जसले गर्दा प्राकृतिक सन्तुलनमा त्यसले निकै ठूलो असर पुगाउने गर्दछ।

प्राकृतिक सन्तुलनलाई यथास्थानमा राख्नका लागि मानिसहरुबाट पहल नभएका कारण त्यसको प्रत्यक्ष असर मानिसहरुको दैनिक जीवनमा भोग्नु परिरहेको छ।

पहिलो मानव हस्तक्षेप जंगलमा : जव मानिसहरु आदिम काल हुँदै ढुंगे युगमा प्रवेश गर्यो तव उसले प्रकृतिलाई चलाउने कुचेष्टा गरेको देखिन्छ । आजको जस्ता उद्योग,धन्धा,कलकारखाना लगायत मानिसका लागि आवश्यक पर्ने विलाशिताका साधनहरु थिएनन् त्यति बेला । शरिमा लगाउने लुगा लत्ता भनेका नै जंगलका रुखका बोक्राहरु थिए । बोक्रा लगाउने र जंगली जनावर अनि गिठा,भ्याकुर,कन्दमूल देखि लिएर विभिन्न जातका मौशमी फलफुलहरुबाट मानिसहरु बाँच्न सिके।

आज भोलीको जस्तो ग्याँसको प्रयोग थिएन प्रकृतिमा ,सलाई र लाईटर भनेका त्यति बेलाका ढुंगा,जंगली झुलोबाटनै मानिसहरुले आगो उत्पादन गर्दथे त्यसको उदाहरण स्वरुप नेपालमा २०४५ साल सम्म पनि ग्रामिण बस्तीमा झुलोबाट आगो बनाउने कार्य गरेको देन्थ्यिो।

किम्बदन्ती अनुसार दुई जना ढूंगे युगका मानिसहरु पहाडको भिरालो र खर भएको बाटो भएर हिड्दै थिए उनिहरुले भीरमा ढुंगाा लडाउने प्रतिस्पर्धा गरेछन् त्यो क्रममा भीरमा रहेको खर नजिकै रहेको ठूलो ढुंगामा लडाएको ठूलो ढुंगा ठोक्किन गई त्यसबाट आगो निस्कन पुगेछ ख। निस्केको आगोले सुकेको खरलाई समाते छ। अनि भीरमा ठूलो आगलागी हुन पुगे छ।

आगलागीका कारण जंगली जनावर मृगको पाठो जलेर मरेछ । त्यो पाठोलाई उनिहरुले बोकेर घरमा लगेछन् । जलेको पाठोको मासु काटेर खाँदा त निकै मिठो भएछ , मिठो हुनुको एकमात्र कारण मासु पोलिएरनै रहेछ भन्ने कुरा तीं ढुंगे युगका मानिसहरुले चेतना जागेछ र जंगली झुलो र ढुंगाको आगो बनाउने ठिन्का बनाइएछ त्यसरी आगो बल्न थालेपछि मानिसहरुले त्यति बेलादेखिनै झुलो र ठिन्काको सहायालो आगो बनाउन र काँचो मासु देखि गिठा ,भ्याकुर लगायतका फलफुहरु समेत पनि पकाएर खाने कार्यको शुरुवात गरिएको भन्ने किम्बदन्ती रहेको छ।

दोस्रो आक्रमण जमिन ः जव मानिसहरु जंगली जनावर काँचो होईन पकाएर खानु पर्दछ , त्यसी पकाएर खाएको मिठो हुँदो रहेछ भन्ने चेतना जागेछ तव मानिसहरुले मानिसहरुले खाने परिकारहरु पकाएर खाने, र तीं परिकारको खोजी गर्ने र रोप्ने प्रचलन विस्तारै विकसित हुँदै गयो , ढुंगे युगका मानिसहरुमा केहि चेतनास्तर खाने कुरामा जान थाल्यो , खानेकुरा रोप्नका लागि जमिनको प्रयोग गर्ने,जंगल मास्ने देखि लिएर रोपेका विरुवा बचाउनका लागि सिंचाई कार्यलाई पनि अगाडी बढाएको देखिन्छ।

त्यो बेलाका मानिसहरुले पक्की नहर होईन, पानीको आपुर्ति र सिंचाईको व्यवस्था मिलाउनका लागि कुकाठ, (सिमल,मोटो बाँस, सिमल जस्ता रुखका फेदहरु खोक्रो पारेर त्यसलाई जमिनमा बिच्चाएर त्यसैबाट पानी आपुर्ति गर्ने गरेका थुप्रै उदाहरणहरु देख्न सकिन्छ त्यसको उदाहरणको रुपमा कैयौं ग्रामिण वस्तीमा पाईपको प्रयोगको सटटमा अँझैपनि काठको पनालो बनाउने र त्यसबाट पानी आपुर्ती गर्ने गरेका उदाहरण त्यसका ज्वलन्त हस्ताक्षर र उदाहरणनै हुन । त्यसले एकातीर जमिन बनाउका लागि जंगलको नास पनि हुन थाल्यो भने अर्कातीर मानिसहरुको जनसंख्या वृद्धि संग संगै जंगलको नास हुने कार्यपनि बढ्दै जान थाल्यो।

यसरी आजको २१ औं शताब्दी सम्म आईपुग्दा पनि मानिसहरुल जंगलमाथीको आक्रमणलाई यथावत रुपले जारी राखेको देख्न सकिन्छ । विश्वमा अहिले प्राकृति वन सम्पदा निकै ठूलो संकटमा रहेको देख्न सकिन्छ।

तेस्रो आक्रमण पानी: जव पानीको खोला खोल्सा देखि प्राकृतिक मूलहरुलाई मानिसहरुले धार आफ्नो उपयोगमा ल्याउन थाल्यो तव त्यसबाट पनि अस्वभाविक रुपले जमिनको चीरा पार्ने,खण्डित गर्ने देखि लिएर कतिपय स्थानमा मानिसहरुका बासस्थान समेत बगाएर मानिसहरुको अस्तित्वमाथीनै संकट ल्याउने कार्यहरु पनि भएका देखिन्छन्।

खोला,मुलको पानीलाई जव मानिसहरुले आफ्नो स्थानबाट अन्यत्र लैजाने कार्य नहर देखि लिएर मानिसहरुको सभ्यताको विकास हुनेक्रमदेखिनै पानीलाई चलाउने कार्य हुन थाल्यो तव देखिनै खोलाले धार परिवर्ततन गर्ने र बाढी पहिरो जाने लगायतका समस्याहरु एकपछि अर्को गर्दै थपिदै जान थाले।

पानीको अवैज्ञानिक उपयोगपनि मानव अस्तित्वमाथी संकट थप्ने अर्को ठूलो कारणपनि हो । पछिल्लो चरणमा त्यहि पानीको स्रोत अर्थाचत नदीलाइनै अन्त्यै मोडेर ठूल ठूला जलासयहरु निर्माण गर्ने, बाँध बाँधेर विजुली बत्ति निकाल्ने लगायतका कार्यहरुले पनि प्राकृतिक धार परिर्वतनले निम्त्याएको अर्को समस्या हो भन्नेमा दुईमतनै छैन।

नेपालमा होस् या अन्य विश्वका कतिपय देशहरुको उदाहरणबाटै पनि पत्ता लगाउन सकिन्छकी पानीमाथी मानव हस्तक्षेप बढ्दै जानाले ठूल ठूला महाप्रलयहरु समेत हुने गरेका छन्।

समुद्रमाथी शहर बसाउने कार्य, समुद्रमाथी ठूल ठूला जहाजहरु,पण्डुवी सञ्चालन देखि लिएर भण्डारण गर्ने लगायतका कार्यहरुलेपनि पानीको सतहमा हलचल उत्पन्न भएका देखिन्छन्।

यस्ता कार्यहरु वैज्ञानिक रुपबाट अगाडी बढाइएतापनि प्रकृतिमाथी मानवले बिजय प्राप्त गर्न सक्ने अवस्था भने पक्कैपनि देखिदैन । किनकी प्रकृतिले आफ्नो रुप परिवर्तनको असरहरु जव देखाउन थाल्दछ तव पृथ्वीमा ठूलो महाप्रलयहरु निम्तीने खतरा समेत देखिन्छ । समुन्द्री आँधी,बाढी
पहिरो,हिमताल र हिमनदी फुट्ने लगायतका कार्यहरु विश्वका पटक पटक भएका देखिन्छन्।

जल,जमिन र जंगलमाथी जव प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मानव हस्तक्षेपहरु हुन थाल्यो तवदेखिनै मानिसहरुको अस्तित्वपनि संकटमा पर्दै जान थालेका थुप्रै उदाहरणहरु हाम्रा सामु देख्न सकिन्छ।

विश्वका विकसित देशहरुले यीं तीनवटा चिजमा चरम हस्तक्षेप गरेको पाईन्छ ।
पृथ्वीमा जव जनसंख्या वृद्धि हुँदै जान थाल्यो तव जल,जमिन र जंगलमाथी प्रत्यक्ष असर पुगेको देख्न सकिन्छ ।प्राकृति वातावरणमा मानव हस्तक्षेप बढेसंगै अप्राकृतिक कार्यहरुपनि त्यसरीनै अगाडी बढीरहेका देखिन्छन्।

नेपालको हकमा हेर्ने हो भने नेपाल प्राकृतिक रुपले जैविक विविधता र वातावरणीय विविधता भएको देश हो।यस देशका हिमाल,पहाड र तराईको जलवायुपनि फरक फरक प्रकृतिको छ।

नेपालमा पनि पछिल्लो समयमा जनसंख्या वृद्धि संगै प्राकृति साधन र स्रोतको अवैधानिक रुपले दोहोन गर्ने कार्य निरन्तर रुपले अगाडी बढीरहेको छ । नीतिगत होस् या अवैधानिक रुपलेनै किन नहोस् यहाँको वातावरणमाथी प्रत्यक्ष असर पुग्ने कार्यहरु धार्मिक,साँस्कृतिक एवं राजनीतिक रुपले भैरहेको छ ।
वातावरण विनासको असर विपन्न माथी : नेपाल सबै भन्दा बढी ग्रामिण परिवेश भएको देश हो । यहाँका अधिकाँश जनता पहिले उहिले –उहिले गाँउमा बस्दथे । तर पछिल्लो समयमा आएर मानिसहरु गाउँ भन्दा बढी शहर केन्द्रित हुन थालेका छन् । शहरमा बिजुली बत्ति,शिक्षा,स्वास्थ्य र यातायातका साथ– साथै पछिल्लो समयमा विज्ञान र प्रविधीको विकासका कारण पनि मानिसहरु शहरमुखी बन्न थालेका छन्।

विगतको ईतिहास हेर्ने हो भने पहाडका होस् या तराईका गरिव विपन्न मानिसहरुलाई हुनेखाने देखि लिएर जमिनदारहरुले निकै ठूल–ठूला शास्तीहरु दिएका उदाहरणहरु देख्न सकिन्छ।

गरिवहरुले मलिला,समथर जमिनहरु खनजोत गर्ने हलियाको भूमिकामा बस्ने गर्दथे । पहाडी जिल्लाहरुमा गरिवले राम्रो भैंसी,गोरु पाल्न नहुने समथरमा खेती योग्य जमिन सम्यायो कि त्यसलाई ठूला ठालुले हडप्ने लगायतका कर्मकाण्डहरु गर्ने परम्परा सामन्ती व्यवस्था थियो।

अनि तराइमा पनि खोरिया फाँडेर बस्ने विपन्न,शहर बसल्ने विपन्न अनि गरिवहरुले जव शहर बसाल्थे तव धनीहरुले त्यो सबै खरिद गरेर होस् या हडपेर किन नहोस् विपन्नलाई विस्थापित गर्ने कार्यहरु भएका थुप्रै ईतिहासहरु
रहेका छन्।

पहाडी जिल्लाहरुमा खेताड,मलिलो र समथर परेको कुलो लाग्ने जमिन विपन्नको हुनै सक्दैन । पहाडी जनजीवन र वस्तीलाई गएर अहिले पनि हेरेको खण्डमा दलित समुदायका मानिसहरु कित गाउँको उपल्लो अग्लो भागतीर डाँडा परेको भु–भागमा बस्ती बसेको देख्न पाईन कित पहिरो जान सक्ने वंजर जमिनमा उनिहरुको बस्ती हुन्छ । उनिहरुले तत्कालिन अवस्थामा खलोबाट जिविकोपार्जन गर्दथे।

शाहुका घरमा काम गरेर खलो लिन्थे भने कोहीले कपडा सिलाउने त कोहीले आरन चलाएर पनि बाँच्ने गर्दथे । समग्रमा उनिहरुमाथी एकखालको जातीय,साँस्कृतिक एवं धार्मिक रुपले विभेदनै थियो ।

तराइका जिल्लाहरुमा नदी ,खोला किनार देखि लिएर बंजर भूमिमा विपन्न मानिसहरुलाई बसाउने प्रचलन कायमै रहेको देखन सकिन्छ । जस्र्तै मुक्त कमैया,विपन्न परिवारहरु देखि लिएर अन्य सुकुम्बासीहरुको बस्ती जोखिमयुक्त ठाउँमा रहेको देख्न सकिन्छ ।

जव बर्षातको समय आउँछ तव पहाडी जिल्लाका भिरालो जमिनमा बसेका विपन्न र तराईका जिल्लाहरुमा खोला र नदी किनारमा बसोबास गर्ने मानिसहरु बाढी,पहिरोर डुवानको समस्यामा पर्नु पर्ने अवस्था बिद्यमान देखन सकिन्छ ।

जव प्राकृतिक विपत्तीको समय आउँ छ तव विपन्न गरिव,निमुखा र सुकुम्बासी नागरिकहरुलेनै त्यसको पहिलो सिकार बन्नु पर्ने अवस्था नेपालमा नीयतिनै बनिसकेको छ । पहिरो जँदा भीरालोमा घरबास भएका विपन्नहरु सुतेको अवस्थामा सोझै पहिरोमा बिलय हुनु पर्ने अवस्था छभने तराईको ढुवानामा पनि तीनै विपन्न मानिसहरु जो नदी किनारमा बसोबास गरिरहेका हुन्छन् ती नागरिकले उद्धार नपाएर अकाल्मै प्राकृतिक प्रकोपको शिकार बन्नु परेका उदाहरणहरु रहेका छन् । उनिहरु संग नत सुरक्षित घरबासकोनै व्यवस्था छ नत पक्की र भरपर्दा घरहरुनै छन् त्यसैकारण सन्तुलन बिग्रीएको जमिनमा बस्दाको पिडा विपन्नहरुले भोग्नु परिरहेको छ । धनी सम्पन्न राष्ट्र वा देशका नागरिकहरुले सृजना गरेको प्राकृति असन्तुलन जसबाट जलवायु परिवर्तन भै विपन्नहरुको अस्तित्व समेत संकटमा पर्दै गैरहेको छ । भिरालो र नदी किनारमा बस्ती बसाउने मानिसहरुनै प्राकृतिक प्रकोपका पहिलो शिकार भएका थुप्रै उदाहरणहरु नेपालमा बिद्यमान रहेको छ । बिगार्ने सम्पन्न देश र त्यो देशका नागरिक अनि त्यसको सजाय भोग्ने विपन्न र गरिव देशका गरिव जनता भएकाले देशको अस्तित्व बचाउनका लागि सर्वप्रथम त वातावरण संरक्षणलाई पहिलो प्राथामिकतामा राख्न जरुरी देखिन्छ।

अन्त्यमा,
मानिसहरुले प्राकृतिक सन्तुलन बिग्रिनेगरी गरिएका विकास निर्माण देखि लिएर औद्योगिक विकासले कदापी पनि वातावरण सन्तुलनका लागि राम्रो काम गरेको देखिदैन । प्रकृतिलाइ चलाउने र जिस्काउने पछिल्लो विकासक्रमका कारण पनि मानिसहरुले कित बाढी,कित पहिरो या डुवानको चपेटामा अकाल्मै ज्यानको बाजी लगाउनु पर्ने अवस्था आएको देख्न सकिन्छ । यदि मानव अस्तित्वलाई जोजाउने र भावि पुस्तालाई सुरक्षित राख्ने हो भने सर्वप्रथम जल,जमिन र जंगलको अवैधानिक दोहोन,उत्खनन् लगायका कार्यहरुलाई अविलम्ब रोक्नु पर्ने जरुरी देखिन्छ । प्रकृति आमा हुन यसको दोहोन र उत्खनन् मानव अस्तित्व संरक्षणको विरुद्धमा छ भन्ने कुराको ज्ञात हुन जरुरी देखिन्छ ।

birendrasy2011@ gmail.com

9858420643 mobile

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया