सरिता गिरि स्वचालित या परिचालित

बालाराम उपाध्याय २०७७ असार २ गते १०:५५ मा प्रकाशित

 

बालाराम उपाध्याय,

सन् १९६१ मा भारतको हाजिपुर बिहारमा जन्मिनु भएकी सरिता गिरि सजपा नेपाल को तर्फबाट संघीय संसद को सदस्य हुन् । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेकी गिरि , केही समय पछि काङ्ग्रेस परित्याग गरि सद्भावना पार्टी प्रबेस गरिन,र पछि सद्भावना आनन्दी देवि हुँदै संघीय समाजबादी फोरम मा लागिन र संघिय समाज बादी फोरम को सिफारिस मा संघीय संसदको समानुपातिक तर्फको माननीय गिरि समाजबादी फोरम नेपाल र रा ज पा नेपाल बिचको एकता पछि बनेको सजपा नेपाल को प्रभाव साली महिला नेत्री को रूपमा स्थापित छिन् । भारत मा जन्मिएता पनि २०३६ सालमा सिराहा जिल्ला का लक्ष्मण गिरि संग वैवाहिक जिवनमा बाधिएपछी नेपाल मा राजनीति पेसा मा लागेकि गिरिले राजनीतिक शास्त्र मा स्नातकोत्तर गरेकी छिन् । सिराहा जिल्लाको लाहान न पा वडा नम्बर १४ स्थायी ठेगाना रहेको बहाउने गिरि ,नेपाली राजनीतिक बृतमा पटकपटक बिबादित पात्र हुन। संसद मा हिन्दी भासामा सम्बोधन गरेर होस् या सिमा बिबाद को विषय मा उनी बिबादित बन्दै आएकी छिन् । जब नेपाल ( भारत बिबाद उत्पन्न हुन्छ यिनी दक्षिण फर्किने गरेकी छिन् । एकपटक हैन धेरै पटक यी र यस्तै बिबादित अभिव्यक्ति दिदै आएकि गिरि को बारेमा गहन तरिकाले अध्यन गरिनुपर्छ।

सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी सहितको नयाँ नक्सा समेटेर निसान छाप संशोधन गर्न पेश गरेको संबिधान संशोधन बिधेयक खारेज गर्न माग गर्दै गिरिले स्रोत र प्रमाण नपुगेको भन्दै बिधेयकको दफा २ खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । यसपछी भने झनै बिबादित भएकी फिरिलाइ पार्टीको आधिकारिक लाइन बिपरीत गएर रास्ट्र र रास्ट्रीयता मा आघात पुग्ने कार्य गरेको भन्दै पार्टी ले संसद सचिवालयमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गर्यो। प्रस्ताव दर्ता गराएर बाहिर निस्केकि गिरिलाइ फोन गरेर प्रस्ताव फिर्ता गराउने उपेन्द्र यादव को प्रयास गिरिको फोन नउठेपछी असफल भयो। केहिछिन पछि फोनै अफ गरेर बसिन।उनलाई उक्त बिधेयक फिर्ता गराउन भनेर समाज बादी पार्टीको संसदिय दलका प्रमुख सचेतक उमा शंकर अरगरिया उनको घरमै पुगेका थिए। त्यति मात्रै हैन उपेन्द्र यादवले पार्टी का संसाद राम सहाय यादव सहितको नेताहरू उनको घरमै पठाएका थिए।उहाँ हरुले सरिता गिरिलाइ घरमै भेटेर संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गर्दा,पार्टीले जे कार्बाही गर्छ गरोस् म फिर्ता लिन्न भनेर जवाफ दिएको बुझिएको छ। देशको सार्बभौमिकता र भौगोलिक अखण्डता को सवालमा सबै पार्टी र नेताहरु एक ठाउँमा उभिएर सरकारले गरेको निर्णय को स्वागत गर्दै संशोधन बिधेयकको पक्ष मा उभिएको बेला ( एक्लो बृहस्पति झुटो, हुनेकाम गिरिले किन गरिन? कसको उक्साहट्मा गरिन? उनको यो प्रवृत्तिबाट कसलाई फाइदा र घाटा हुन्छ,? यो कुराको गिरिले नबुझेको पक्कै हैन होला। बङ्गलादेशको निर्माण प्रसङ्ग जोड्नु संयोग मात्रै नहोला कि?जनताको प्रतिनिधि ,माननीय जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले देश्को सार्बभौमिकताको विरुद्ध बोल्ने हिम्मत कसरी गरिन? यस्तो गर्न मिल्छ त? यिनिलाइ कार्बाही गर्नुपर्दैन ?

नेपाल को संबिधान को भाग (१ धारा५ (१) अनुसार नेपाल को स्वतन्त्रता ,सार्बभौमसत्ता ,भौगोलिक अखण्डता , राष्ट्रियता, स्वाधीनता ,स्वाभिमान,नेपाली को हक हितको रक्षा ,सिमाको सुरक्षा ,आर्थिक समुन्नति र समृद्धि नेपाल को राष्ट्रिय हितको आधारभुत विषय हुनेछन् । यसैको (२) मा लेखिएको छ( रास्ट्र हित प्रतिकुलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनिय हुनेछ। यो संबिधान अनुसार सरिता गिरिलाइ तुरुन्तै माननीय बाट निलम्बित गरि जेल हाल्नुपर्ने हैन र? यस्ता देश द्रोहिलाइ सजाय गर्नबाट नेपाल को कुन संबिधान को कुन धारा र कुन कानुन ले रोक्यो? सरिता गिरिका हरेक गतिविधि कसै( कसैको इसारामा भैरहेको प्रष्ट नै छ।उनी स्वचालित न भएर परिचालित हुन् भन्नेमा दुइमत नै छैन। त्यसकारण गिरिलाइ छिटोभन्दा छिटो हदै सम्मको कार्बाही होस् । नेपाली जनताको बिरताको इतिहास लाई नजरनन्दाज गर्ने काम कहिँ कतैबाट नहोस् ।“ जननि जन्म भुमिस्च स्वर्गा दपि गरियसी“।

प्रतिक्रिया