सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

वीरेन्द्र रावल २०७७ असार १ गते २२:५९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, असार ÷सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि जम्मा ३३ अर्व ३८ करोड रुपैयाँको बजेट सोमबार सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत गरिएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले उक्त बजेटको वक्तव्य व्यक्त गर्नु भएको हो ।मन्त्री बोहराद्धारा प्रदेश सभामा ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो।

उक्त बजेट व्यक्तव्यमा चालु तर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे ४२ प्रतिशत र पुँजीगत तर्फ १६ अर्ब ७२ करोड ८४ लाख अर्थात कुल बजेटको ५० दशमलव २ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेश सभामा चालु आर्थिक बर्ष २०७६, ०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।बजेट व्यक्तव्यमा प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता बढी महत्व दिइएको पाइएको छ ।
सुदूर पश्चिम प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष’का लागि पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपुरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताउनु भएको छ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रस्तुत गरेको बजेट केवल रंगि बिरंगी रहेको कतिपयले बिष्लेषण गरेका छन्।हरेक मन्त्रालयका फरक फरक शिर्षकमा नाराहरुले रंगि विरंगी पारिएको भएतापनि त्यसको कार्यान्यनमा समस्या देखा पर्न सक्ने आशंका कतिपय प्रदेश सभाका सदस्यहरुले प्रतिक्रीया व्यक्त गर्नु भएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया