मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु

वीरेन्द्र रावल २०७७ असार १ गते २२:५४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, असार १।डोटीको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा सोमबार दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालिको वडा नंम्बर ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र उहाँका १३ वर्षीय छोरा धिरज पुनमगरको ज्यान गएको हो।

ज्यान गुमाउनेहरु बुवा छोराको भएको खुलेको प्रहरीले जनाएको छ । मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ।

डोटीकै घागलबाट धनगढी जादै गरेको उक्त मिनिट्रक सोमबार साँझ सुनालेक नजिक दुर्घटना भएको थियो । पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटना भएको ट्रक सडकबाट कम्तिमा पनि १सय मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिनुभएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया