सोमबार, असार २९ २०७७
काठमाडौं १८:०१
वासिङटन डिसी 08:16

नेपाललाई एक स्वर्ण र एक रजत

मनोज दाहाल, २०७७ असार १ गते २२:०२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१ असार । सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराते काता च्याम्पियनसिप –२०२० मा नेपालले एक स्वर्ण र एक रजत पदक आज प्राप्त गरेको छ।

भारतको केरला राज्य कराते संघद्वारा आयोजनामा भएको च्याम्पियनशिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्नु भएको हो । निताले २४.१४ अङ्क प्राप्त गरेकी भने उनकी प्रतिद्वन्दि अक्विनोले २३.८ अङ्क प्राप्त गरेकी थिईन् । पुरुषतर्फ कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले रजत पदक प्राप्त गर्नु भएको छ।मानन्धर काताको ३५ – ४५ बर्ष उमेर समूहमा फाईनलमा स्पेनका खेलाडी जिसस कनसुयगरासँग पराजित हुनु भएको छ।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको थियो।

च्याम्पियनशिपमा नेपाल सहित जापान, भारत, स्पेन, श्रीलङ्का, फिलिपिन्स, भियतनाम र भेनजुयला लगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया