म बिर्सिन्न त्यो ईतिहास,
भिमसेन थापाको लास स्याल र गीद्धले लुछेको !
म बिर्सिन्न त्यो ईतिहास,
विश्वेश्वरले स्वतन्त्रताको अश्रृधारा पुछेको
म विर्सन्न त्यो ईतिहास
शहिदहरुको मुहार हाम्रो झण्डा माथी झुकेको
मदन भण्डारीको लास त्रिसुलीको पानी भित्र लुकेको ।
म विर्सन्न त्यो ईतिहास
नेहरुका सन्तानले पैतलाको छाला लुछेको
म विर्सन्न त्यो ईतिहास
मेरो शिरको हिमजलले तिम्रा कलुशित हात पुछेको
म विर्सन्न त्यो ईतिहास
दायाँ कुईंनो महाकाली धारले चुँडेको
म विर्सन्न त्यो ईतिहास
बायाँ छातीमाथी मेचीको बाढि गुडेको ।
म विर्सन्न त्यो ईतिहास
बाह्र वुँदे छद्मभेषि अविरल तरंगहरुको
म विर्सन्न त्यो ईतिहास
महा भूकम्पले गुम्सीएका अंगरुपि ज्वालाहरुको
म विर्सन्न त्यो ईतिहास
पशुपतीनाथका महा पुजारीहरु हटाईएका रहस्यहरुको
म विर्सन्न त्यो ईतिहास
कौडी मुल्यमा धर्म परिवर्तन गराईएका सत्यहरुको ।
म विर्सन्न त्यो ईतिहास
नेपाली रगतमा होली खेल्नेहरुको
म विर्सन्न त्यो ईतिहास
मेरी आमाको स्वतन्त्रता बन्धक बनाउनेहरुको
म विर्सन्न त्यो ईतिहास
दिदी बहिनीको सिन्दुर पुछाउनेहरुको
म विर्सन्न त्यो ईतिहास
लडाकुका टाउको उपहार चढाउनेहरुको ।
फेरी पनि
म विर्सन्न त्यो ईतिहास
विशेश्वरलाई बनारसबाट सुन्दरीजल पठाउनेहरुको
म विर्सन्न त्यो ईतिहास
बिपतको समय अमिलो रस पिलाउनेहरुको
म विर्सन्न त्यो ईतिहास
दियालोको कोठीमा बन्दुक पड्काउनेहरुको
म विर्सन्न त्यो ईतिहास
नारायणहिटी सुन्सान बनाउनेहरुको ।
मैंले बुझें
मेरो मुलुक आजसम्म जीउँदो छ र जिउदै रहने छ युग युगसम्म
शहिदका सपना र बाहु बलले
पुछें आँसु हिमाली शुद्ध जलले
सहेका छौं तिम्रो बानी खराप
भोग्नु पर्ला पशुपतीको सराप ।
लडाकुको दिल्ली हो भर्ती केन्द्र
गर्यौं हत्या हाम्रो राजा वीरेन्द्र
झुक्याउने तिम्रो नीति छ सस्तो
तिम्रो चाल बिषालु सर्प जस्तो ।।।
-दुर्गा दाहाल
प्रतिक्रिया