मंगलबार, साउन २७ २०७७
काठमाडौं १५:३६
वासिङटन डिसी 05:51

अमेरिकन अर्बपतिका छोराले कोरोनाको नियम उल्लङ्घन गरेकोमा ईजरायलबाट निकाला

इनेप्लिज २०७७ जेठ ३२ गते २१:१२ मा प्रकाशित

अमेरिकन अर्बपतिका छोराले कोरोना भाइरसको नियम पालना नगरेको भन्दै ईजरायलले देश निकाला गरेको छ । ईजरायलमा आइसोलेसन (एकान्तवास) र क्वारानटाईन(निगरानी)मा बस्नु पर्ने अवस्थामा सुटुक्क आफ्नी नमूना(मोडल)प्रेमिकालाई भेट्न पुग्दा उनलाई निकाला गरिएको ईजरायलले जनाएको छ ।

ईजरायलका जनसंख्या तथा अध्यागमन अधिकारीले ईजरायल पुगेका ब्रानडन कोर्फलाई गत शुक्रवार अपवादात्मक रुपमा ईजरायलमा सैनिकमा सेवारत आफ्नो भाईलाई भेट्न अनुमति दिइएको थियो ।

उनले एकान्तवास र निगरानी आदेशलाई उल्लङ्घन गरेको र उनि आफ्नी प्रेमिका संग एकै आवासगृहमा बसेको अधिकारीले जनाएका छन् । उक्त कुरा बाहिर आउन साथ देश तुरुन्त छोड्न आदेश दिइएको हो । बिज्ञप्तिमा उनकी जीवन साथी को हुन् भन्ने पहिचान नभएता पनि ईजरायल कै करिव १८ बर्षिय नमुना महिलासंग क्रोफको प्रेम चक्कर रहेको छ ।

ईजरायलमा अनिवार्य रुपमा सैनिक सेवा लिनु पर्ने हुनाले उनकी प्रेमिका संग भेट्न अमेरिकाबाट ईजरायल हानिएका थिए । ईजरायलले कोरोना संक्रमणको कारण गत मार्च देखि आफ्ना नागरिक बाहेक अन्य देशका गैर नागरिकलाई प्रवेश निषेध लगाएको छ । साथै जो कोही प्रवेश गरेता पनि १४ दिन निगरानीमा बस्नु पर्ने नियम छ ।

श्रोत :एबिसी न्युज

 

प्रतिक्रिया