कोरोनाले छेलिएका प्रवासी मजदूरको चाहाना

प्रा.डा. मेदनीप्रसाद भण्डारी २०७७ जेठ ३२ गते १४:४६ मा प्रकाशित

जब वास्तवमा जीवनमाथि नै संकट आइपर्छ त्यसबेला मानिसले सबै भन्दा बढी आफ्नालाई स्मरण गर्छ, चाहे आफ्ना भनौदाहरूले वास्तवमानै मतलब गरेका हुन अथवा नहुन । संकटमा आफ्नो घर फर्किनु र सुरक्षित महशुस गर्नु जीव मात्रको स्वभाविक गुण हो । यो सत्य मानव लगायत सबै सामाजिक प्राणीमा लागू हुन्छ । भनिन्छ, मानव वाहेक प्राकृतिक रूपमा बाँचेका जीवनहरूको हुने हुनामी प्राकृतिक प्रकोपहरूको पूर्व आभाश रहन्छ र सकेसम्म प्रकृतिसित सामान्जस्यतामा बाच्ने प्राणीहरू –वन्यजन्तु, चराचुरुङ्गी, सरिसृपहरू) प्राकृतिक प्रकोपबाट सकेसम्म आफूलाई बचाउन सक्षम हुन्छन् । यो तथ्य कति प्रमाणिक छ, वास्तविकता केहो गहन अनुसन्धानको विषय हो तर सामान्य रूपमा हेर्दा प्रकृतिका प्राणीमा प्रकृति सित तादात्म्यता कायम गर्ने क्षमता चाहि अवश्य हुनु पर्दछ, नत्र जीव वनस्पतिको सम्बन्धको प्रकृया कायम रहने थिएन।

हामी मानिस पनि प्राकृतिक प्रपन्चका नै अङ्ग हौ र हाम्रो पनि मूल स्वरुप भनेको प्राकृतिक नै हो । फरक यति मात्र हो की हामीले प्रकृतिलाई हाम्रो शास्वत सहअस्तित्वमा सहभागी भएर प्रकृतिको तादात्मतामा बाच्नुको साटो प्रकृतिलाई दोहन गरि उसै माथी विजय प्राप्त गर्ने प्रयास गरेयौ , गरिराखेकै छौं । त्यसको परिणाम जग जाहेर नै छ, वास्तवमा प्रकृति माथि गरेको अत्यधिक दोहनको परिणाम बाट भएको परिवर्तनले देखाएका विश्वव्यापी समस्याहरू हाम्रै व्यवहारका परिणाम हुन् । आज विश्वमा फैलिएको माहामारी पनि कतै न कतै हाम्रै व्यवहारको परिणाम हो । चाहेर पनि नचाहेर पनि यो सत्यतालाई स्वीकार गर्नै पर्छ, कि कोरोनाको संकटका जिम्मवेवारी हामी नै हौं । चाहे त्यो माहामारीको विजारोपण हामीद्वारा गरिने अन्वेषणको क्रममा पार्दुभाव भएको होस्, मानविय दुर्घटना होस् अथवा प्राकृतिक दुर्घटना नै होस्, तर यो मानव व्यवहारको उदण्डता कै परिणाम हो । क्षेत्रगतरूपमा समाधान गर्न सकिने यो माहामारीलाई, मानव मानव बीचको, राष्ट्र राष्ट्र बीचको प्रतिष्पर्धात्मक खेलले विश्वव्यापी बनाएको हो ।प्रष्ट शब्दमा भन्नु्पर्दा यो आर्थिक र राजनीतिक होडबाजीको परिणाम हो।

यस माहामारीले अब यति व्यापकता लिइसक्यो की अब सामान्य स्थिति कसरी आउँछ, सामान्य सानो समुदायदेखि सर्वत्र विश्वम कसैले सजिलै र सशषा पूर्वानुमान गर्न सक्ने अवस्था छैन । आजको यो चलायमान विश्वमा हामी मानिस बाँच्ने क्रममा एक स्थानमा मात्र सिमित भएर रहेका छैनौ । आफ्नै देशमा पनि एक ठाउँबाट अर्को ठाउँमा हुनु, एक राष्ट्रबाट अर्को नजिकको छिमेकी राष्ट्रमा हुनु अथवा समुन्द्रपारका राष्ट्रहरूमा छरिएर रहनु भनेको सामान्य प्रकृया नै हो।

जब सामान्य प्रकृयामा असामान्य घटना घटित हुन्छन् त्यसबेला मानिसका विवेकले काम गर्दैन । जब विवेक शून्यताको अवस्था आउँछ, त्यसबेला मानिसमा तेरो मेरो भन्ने भावना अत्यन्त नै चरम रूपमा पुग्ने गर्छ । आजको विश्वपनि तेरो मेरोको चरम अवस्थाबाट गुज्रिरहेको छ । खासगरिकन आफ्नो थातथलो भन्दा बाहिर रहेका मानिसहरू यस तेरो मेरो व्यवहारबाट अतिनै व्यथित र आक्रान्त छन् । संसार भरी सामाजिक दूरीको सिद्धान्त अबलम्बन गरिएको छ, मान्यता अनुसार माहामारीको कहरबाट केही हदसम्म जोगाउन यो सामाजिक दू्री प्रक्रियाले मद्दत पु¥याएकै छ । स्वः अनुशासनलाई कायम गराउनै पर्ने वाध्यतामा यो अनिवार्य प्रक्रिया पनि हो । तर यस सामाजिक दूरीलाई कायम गराउने क्रममा जुन मानिसक अवस्था सिर्जना भएको छ जून असह्रय पीडा थपिएको छ । त्यसको असरको कल्पना अहिलै नै उल्लेख गर्ने, र गर्न सकिने अवस्थाम छैन।

थातथलो भन्दा बाहिर स्वदेशमानै होस् अथवा दूरदेशमा होस्, सामाजिक दूरीले जन्माएको पीडा र त्यसको परिणाम अत्यन्तनै पीडा दायक छ । घर, स्वजन, आफ्नो जन्मभूमी र जननीको महत्व तीनले जति कसैले अनुभव गरेका छैनन् होला । जसले यो विपतको घडीमा सबैभन्दा प्रियजन र प्रिय घर्तीबाट टाढा रहनु परेको होस् । यो दूःखको अवस्थामा विवेक गुमाउनु सामान्य कुरो हो र आजको विश्वमा त्यो सामान्य प्रकृयाको वितण्डाको परिणामले प्राणाहुति नै भएका घटनाहरूपनि छ्यापछ्याप्ती छन्। अस्ति भर्खर एउटा विश्वभरीको समाचार संप्रसित गर्ने एउटा संचार संस्थाले एउटा समाचार प्रकाशित गरेयौ। “अमूक स्थानका मजदूरहरू घर जाने उद्देश्यले रेलवेबाट पैदल यात्रा गरिराखेका रहेछन् । रातको तेश्रो प्रहर अनि रेलवेकै पटरीमा सिह्रान लगाएर सुतेछन् र निदाएछन् । त्यसैबेला मालवाहक रेल आएछ । त्यो मालवाहक रेल चालकले उनीहरूलाई रेल नियन्त्रण गर्न नसक्ने अवस्थामा मात्र देखेछन् । रेल नियन्त्रणमा आउन सकेन र पटरीमा सुतेका ती सबैको प्राण हरण भयो” समाचार समाप्त । अब ती दूर्मागीको पक्ष त हेरौं । भोकभोकै दिनरात घर पुग्ने र परिवारजनसित दुखेसो साट्ने, बाचे बाच्ने मरेपनि स्ववन्धुसित मर्ने संकल्पले दिएको हौसलाले बाचेर हिडेका ति महान् आत्माहरू को त्यसै अन्त्य भयो।

अर्को एउटा त्यस्तै तर सुखद्ःअटना “अमूक देशले अर्को राज्यमा काम गर्ने मजदू्रलाई घर फर्काउन रेल सेवा संचालन गर्यो र त्यो रेलमा धेरै मजदूरहरू घर फर्कन पाए । संचारकर्मीले घर फर्किरहेका मध्ये केही मजदूरसित उनीहरूले कस्तो महशुस गरेका छन् । घर फर्किन पाउँदा भनी प्रश्न गरे ।अनि प्रत्युत्तरमा मजदूरले भनेकी “यो ब्रह्माण्डका सबै सुखहरू उनीहरूका अगाडि खन्याए पनि उनीहरूलाई घर फर्किन पाउँदाको खुशी बराबरको खुसी हुन सक्दैन” । उनीहरू त्यसबेलासम्म घर जाने क्रममा नै थिए । बाटमानै थिए तर घर पुग्ने पक्का आशाले उनीहरू यति धेरै रमाएका थिए की त्यो आनन्दको व्यक्त गर्न कठीन छ।

यी दुई प्रतिनिधी घटना मात्रै हुनु ।अरू घटना छिमेक राष्ट्र राष्ट्रबाट आफ्ना देश फर्कन नपाएरै सिमानामै प्राण त्याग्न बाध्य, यात्रा क्रममानै सुत्केरी, यात्रामानै बरखी अनि यात्रा क्रममा भोक तिर्खाले प्राण त्याग भएका घटनाहरूको पनि लामै फेहरिस्त छ ।त्यसैगरी स्वराष्ट्रमा प्रवेश पाउँदाको खुसीका पनि बग्रेल्ती उदाहरण छन् संसारभरी।खास गरी यूरोप र उत्तरी अमेरिकामा बीसौ पटकसम्म हवाई टिकट एउटै गन्तव्यका लागि काटेर पनि यात्रा गर्न नपाएका हजारौ उदाहरणहरू छन् ।। सबैको ध्याउन्न यी सबै प्रसङ्गमा घरसित जोडिएको छ र वास्तविक आनन्दसित जोडिएको छ।

आज पनि यस किसिमका अनायास रोकिएका असंख्य खासगरी अर्को देशमा अथवा आफ्नै देशका पनि अर्को राज्यमा कामका लागि गएका मजदूरहरू जसलाई आप्रवासी मजदूर अथवा कामदार भन्ने गरिएको छ, सीमाना सीमानामा रोकिएका छन् । लाखौंका लाख प्रवासी मजदूरहरू अर्को देशमा क्वरान्टायनमा थन्किएका छन् । सामाजिक दूरीका अवस्था कुन रूपमा व्यवस्थापन गरिएका छन् । त्यसको अलग्गै अध्ययन हुन आवश्यक छ ।ती थन्किएका मजदूरहरू, प्रवासी मजदुरहरूको एउटै सिरिफ एउटै अभिलाषा छ जसरी भएपपिन आफ्नै मातृभूमीम पुगियोस् । आफ्ना स्वजनसित भेट होस्।

यस माहामारीले राज्य व्यवस्थालाई अलग थलक बनाएको छ।आर्थिक गतिविधिलाई घरासायी त बनाएकै छ त्यस भन्दा बढी सामाजिक अवस्था र अमनचयनलाई पनि धरासायी बनाएको छ र कोरोनाको संक्रमणको बढ्दो तथ्याङ्कलाई हेर्ने हो भने केही मूलुकमा मृत्युको संख्यामा भने स्थिरता देखिन थालेपनि अत्याधिक जनसंख्या भएका राष्ट्रहरूमा कोरोनाले प्रवेश गरिसकेको छ र आफ्नो संहारकारी पाइलाले नयाँ नयाँ क्षेत्रलाई दवाउदै छ । यसलाई न शक्ति सम्पन्ताले रोक्न सकेको छ न ज्ञान वैशिष्टताले।

यस माहामारीको चोट सबैमा परेका छ तर सबैभन्दा बढी गरीब मजदूर वर्ग, जुनद्वारा वास्तवमा समाजका अवयवहरू संचालन हुन्छन् ।उनीहरूमा चाहि ठाडै प्रहार भएको छ । मजदूर वर्ग भनेको आर्थिक र सामाजिक संयन्त्रको मेरुदण्ड, खुट्टा, वास्तविक इन्जन र आधार र हो जब आधाशिला माथि नै प्रहार हुन्छ । संरचना खल्बलिन थाल्दछ । हाल मजदूरको दूरावस्थालाई प्रायः सबै राज्य व्यवस्थाहरूले नजर अन्दाज गरिरहेको अवस्था छ । यो एउटा अत्यन्तनै प्रत्युत्पादक घटना जन्माउने पृष्ठभूमी हो, यस अबस्थालाई समय रहदैमा राज्य व्यवस्थापनले ध्यान पु¥याएन भने सामाजिक विष्फोटनको अवस्था सृजना हुन वेर लाग्दैन।

यस माहामारीको सबभन्दा गहिरो प्रहार भनेको मानव मस्तिष्कमा मृत्युको संदेश प्रवाह गराउनु हो । मृत्युजति ठूलो कुनै डर हुँदैन र त्यो भन्दा ठूलो संकट पनि केही हुँदैन । अनि जब संकट पर्छ, प्राणी मात्रले सर्वप्रथम आफूलाई सुरक्षित बनाउने प्रयत्न गर्छ, अनि आफ्ना सन्तान । मानिसले पनि अपनाउने परिपाटी एउटै हो । सुरक्षित हुने प्रयन्न गर्नु सुरक्षित स्थानको खोजी गर्नु र सुरक्षित रहनु । तर जब सारा जगत नै असुरक्षित हुन्छ, तब खोज्ने स्थान भनेको आफ्नो थातथलो मात्रै हो । यहि थालथलोमा पुग्नका लागि आज खासगरी प्रवासी मजदूरहरू प्रयासरत छन् । स्वः राष्ट्र स्व जन्मभूमीमा पुग्न आतुर छन् । आफ्ना सित भेट्न आतुर छन् । तिनको वेवास्ता भएको छ अहिले कतै कतै भन्ने गरिएको सुनिन्छ । घरमा भएकालाई त सुरक्षित राख्न सकिएको छैन, बाहिरबाट ल्याएर अरूलाई संक्रमित गराउनु ? वास्तवमा आफ्ना देशका नागरिक अर्को मुलुकमा काम गर्न गएका ती कसरी बाहिरका भए ? आफूले कमाएको खून र पसिनाको कमाइलाई स्वभूमीमा प्रयोग गरेर परिवार पाल्नेहरू कसरी बाहिरका हुन सक्दछन् ?

सबै देशमा यो रोगले छोपेको छ, आफ्नालाई नै विरानो देख्न थालिएको छ यो धारणाले तुरुन्तै विकल्प खोजिएन भने नागरिकहरूमा राष्ट्रप्रेम प्रति उदासिनता बढ्न थाल्छ । विश्वासको संकट पैदा हुन सक्छ र सामाजिक नैराश्यता बढ्न थाल्छ । निराश मानसिकतामा विद्रोहको भावना विकास हुन समय नै लाग्दैन । अनि यसप्रकारले उत्पन्न नैराश्यरूपी विद्रोहको परिणामले कि त राज्य संयन्त्र अविश्वास गर्छ, की त समाज नै मानसिक रोगी बन्न पुग्छ, कि त ज्यान जोखिममा राखेर आफ्नो अस्तित्वका लागि संघर्ष गर्छ जुन राज्य संयन्त्र र समाज दुबैका लागि प्रत्यूत्पादक र अहितकारी हुन्छ।

आज संसार संकटकालको अवस्थामा छ । कोरोनाको कालले सृजना गरेको यो संकटकाल– माहामारी र मानव पौरख बीचको महा संग्राम हो । यो संग्राम सिर्जना हुनुको कारण कुनै न कुनै रूपमा मानव त्रुटीसित सम्बन्धित छ चाहे यो प्रत्यक्षहोस् या परोक्ष होस् । त्यसो हुँदा यसबेला आरोप प्रत्यारोपण होइन तहैदेखि मानवबाट भएका त्रुटीलाई केलाई कोरोना नामक सबैको माहाशत्रुको पहिचान गरी यसलाई जरै देखि निर्मूल गर्ने प्रयत्नमा संसार लाग्न जरुरि छ र संसार लागेको पनि छ । यसको जडी त पक्कै पत्ता लाग्छ र कोरोनालाई हामी परास्त गर्छौ तर यसको लागि कति समय लाग्छ किटान गर्न सक्ने अवस्था छैन तसर्थ अहिले हामी यसको आक्रमणबाट बच्ने उपायको अवलम्बनमा नै केन्द्रित हुन आवश्यक छ । तर त्यसो भन्दैमा आफ्ना प्रवासीका रूपमा भासिएका नागरिकहरूको आफ्नो देशमा फर्कन पाउने नैसर्गिक अधिकारबाट बञ्चित गर्नु हुदैन । उनीहरूले राष्ट्रको लागि गरेको योगदानको कदर नगरे उनीहरूले त सराप्ने नै भए तर आउने पिढ दर पिढले राज्यले गरेको अमानविय व्यवहारलाई माफ नगर्न सक्छन् । प्रवासी मजदूरहरूलाई ल्याएर सामाजिक मिश्रण गर्नु भनेको होइन, उनीहरूको त्यो चाहना पनि होइन । उनीहरूको चाहना भनेको आफ्नो मातृभूमीमा नै बाच्ने अथवा मर्नै परे पनि मातृभूमीमा नै मर्ने मात्र हो।

यी प्रवासीहरू मध्ये पनि प्रवासी मजदूर नामाकारण भएका स्वदेशमा अतिनिम्न अवस्था भएर केही उपाय नभएर विदेशमा रगत र पसिना बगाए वापत पनि न्यूनतम न्यून पारिश्रमीकमा जोतिएका मजदूररुको यो कोरोनाको माहासंकटले सबै सपना चकनाचूर पारेको छ । ऋण माथि ऋण थपिएको छ,ऋणको व्याजमा स्याज लाएर वित्तिय संस्थाले नाफा कमाएका कमाएकै छन् तर सपना पूरा गर्न नपाएका ती निरीव मजदूरलाई आफ्नो राष्ट्रमा नै फर्किने वातावरण राज्य संयन्त्रहरूले नगर्ने हो भने राज्य संचालक प्रति कुन धारणा बनाउने समाजले, कस्को भर पर्ने । जसरी यावद जीवहरू संटकमा आफ्नो घरमा फर्कन्छन् चाहे आफ्नो घर सुरक्षित होस् अथवा नहोस् । त्यसैगरी संसारका जुनसुकै राष्ट्रका नागरिकमा पनि यो समयमा एउटै चाहना छ, त्यो हो आफ्नो घर फर्केने । त्यसैले आफ्नो घर फर्कने चाहानाको कदर गरेर उनीहरूलाई उनीहरूको इच्छालाई परिपूर्ति गर्नु सरकार संयन्त्रको काम हो, कर्तव्य हो । यो समयमा ममत्याईको अहं राखेर नीरिहमाथि अत्याचार हुन नदिन समाजका सजग वर्गले सम्बन्धित निकायलाई सहयोग गर्नु आवश्यक छ ।समाजमा सुमधुर वातावरण बनाई यो माहासंकटको घडिमा सबैमा एकात्मभावनाको विकास गराउन प्रयासरत हुनु हामी सबैको कर्तव्य हो ।हामीमा बसुदैव कुटुम्वकमको भावनालाई जाग्रीत गराउन सके सामुहिक रूपमा सबै प्रकारका समस्यालाई सँग सँगै मिली न्यूनिकरण गर्न र अन्तत सबै किसिम का संकटहरुलाई पराजित गराउन सकिन्छ।

।। शुभम् ।।

प्रा.डा. मेदनीप्रसाद भण्डारी,
भर्जिनिया, अमेरिका

प्रतिक्रिया