काठमाडौं । नेपाल परिवार दलले नेपाल सरकार र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली प्रति कृतज्ञता ज्ञापन गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै उक्त कदमको प्रशंसा गरेका हुन् । परिवार दलले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक उपलब्धी रहेको बताएका छन्।
राष्ट्रियताको एजेन्डामा अभूतपुर्ब एकता प्रदर्शन गरेकोमा नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजबादी पार्टी नेपाल लगायत संसद भित्र र बाहिरका सबै राजनैतिक दलहरुलाई बिशेष धन्यवाद दिदै परिवार दलले अब कोभिड १९ लाई परास्त बनाउन पनि यस्तै राष्ट्रिय एकता र सहमति प्रस्तुत गर्न सबै देशभक्त राजनैतिक दलहरु, नागरिक समाज र आम नेपाली समुदायमा हार्दिक अपिल गरेको छ।
प्रतिक्रिया