प्रवासी नेपालीहरूका सुस्केराहरू

शशी के.सी २०७७ जेठ ३१ गते १८:३९ मा प्रकाशित

“जब कोही आफ्नो ठाॅंउ (घरवास) छोडेर अर्को ठाॅंउ (प्रवास) जान्छ, उ निक्लने बेलामा सॅंधैको लागि जाॅंदैछु भनेर गएको हुन्न। तर रहॅंदा बस्दा परिस्थिती यस्तो बनिदिन्छ, उ सॅंधैको लागि त्यतैको भइदिन्छ।”

‘प्रवासी’ यो शब्द मलाई सानोमा सुन्दा एक किसिमको कौतुहलता लाग्थ्यो। स्कुल पढ्दा, हामीलाई पढाउने कति टिचरहरू दार्जिलिंग, भारतको हुनुहुन्थ्यो। उॅंहाहरू त ‘प्रवासी नेपाली’ हो भन्थे। नेपाली हो रे, फेरी भारतबाट आएको रे, अनि प्रवासी पनि रे। केटाकेटीको दिमाग, त्यसै अलमल्ल, धेरै प्रश्न गर्न डर हुने बेला, उत्तर कतै पाइन। स्कुलमा नै हुॅंदा एक हुल केटीहरू बिभिन्न कक्षामा पढ्न तिब्बत तिरबाट आए। उनीहरूको सरनेम (लास्टनेम) तुलाधर, बज्राचार्य आदी नेपालीहरूसॅंग मिल्ने नै थियो। नेपाली बोल्न र लेख्न सक्थे तर त्यति राम्रो सॅंग हैन। उनीहरू चाहीॅं ‘तिब्बती प्रवासी नेपाली ‘ भन्थे। अहिले बुझ्दा तिब्बतलाई चिनले लिएपछि भागा भाग गरेर नेपाल आएका रहेछन्।

त्यसपछि सन् १९९० तिर भुटानबाट ‘भुटनिज प्रवासी नेपाली’ भारत हुॅंदै नेपालको पुर्व झापा आए। उनीहरू नेपाली भाषा बोल्ने, सरनेम नेपाली सॅंग मिल्ने, भुटानमा नै जन्मे, हुर्केका दक्षिण भुटानका बासिन्दा हुॅंदाहुॅंदै पनित्यहाको सरकारले‘नेपाली भाषी भुटानी’ लाई दुख दिएर, खेदेर, भागेर नेपाल आएका । सयौॅंको संख्यामा आएका उनीहरूलाई झापा तथा मोरंगमा बिभिन्न शरणार्थी शिविर बनाएर राखियो। भुटानले लग्न नमानेपछि नेपाल, भुटान र ‘संयुक्त राष्ट्र संघको शरणार्थी हेर्ने आयोगको’ निर्णय अनुसार धेरैलाई तेस्रो मुलुक बसोबासको लागि लगियो। अहिले बिभिन्न देश तथा नेपालमा केही अझै छन्।

यसरी आफैले देखेको थरीथरीको ‘प्रवासी नेपाली’, अनि उत्तर पाउन नसकेको ‘प्रवासी’ शब्दको अर्थ खोज्न शुरू गरें गुगलमा ।’ प्रवासी’ भन्नाले आफु जन्मेको, हुर्केको ठाॅंउ ( घरवास) छोडेर अर्को शहर वा देशमा केही समयलाई वा सॅंधैको लागि बस्न गएका मानिस, परिवार र समुहलाई भनिने रहेछ। प्रवासी दुई किसिमका : आन्तरिक प्रवासी र अन्तराष्ट्रिय प्रवासी

“आन्तरिक प्रवासी” भन्नाले बस्न चाहीॅं आफ्नै देशमा नै बसेका तर आफ्नो जन्मेको, हुर्केको ठाॅंउ (घरवास) छोडेर अन्यत्र सरेका। काठमाडौंका बासिन्दाहरू धेरै जसो आन्तरिक प्रवासी हुन। बिभिन्न जिल्ला बाट पढ्न, जागिर खान काठमाडौंआएका र रॅंहदा, बस्दा काठमाडौंको नै भएका सॅंधैको लागि। तर काठमाडौंमा जन्मेका र हुर्केका केटाकेटीहरूको लागि चाहीॅं घरवास वा गाॅंउ सबै थोक काठमाडौं।

“अन्तराष्ट्रिय प्रवासी” भन्नाले आफ्नो जन्मेको, हुर्केको देश छोडेर अर्कै देशमा केही समयलाई वा सॅंधैको लागि बसोवास गरि बसेका। इतिहास हेर्दा नेपालीले नेपाल छोडेर प्रवास लाग्न थालेको डेढ सय बर्ष भन्दा धेरै भईसकेको देखिन्छ। अहिलेत हेर्ने हो भने संसारमा एक सय चौध देशमा नेपालीहरू स्थायी रूपमा वसिरहेका छन् र, साथै अझै नेपाल छोड्ने क्रम जारी नै छ।

पुराना पुस्ताहरू प्रवास तिन किसिमले गएको देखिन्छ। एकथरी भारतमा काम गर्न गएका र त्यतै बाट बर्मा, भुटान, फिजी, थाइल्याण्ड आदी देशमा पुगेका। अर्को थरी बिट्रिस सेनामा भर्ती भएर बिभिन्न देश पुगेका, कोही नेपाल फर्केका र कोही सॅंधैको लागि त्यही बसोबास गरेर बसेका सपरिवार। तेस्रो थरी चाहीॅं व्यापार गर्न महिनौं दिन लगाएर भोट, तिब्बत तिर लागेका र त्यही ल्हास्सामा बसोबास गरि बसेका, तर तिब्बत लाई चिनले लिएपछि केही भागेर नेपाल फर्किएका।

एकदिन युट्युबमा त्यसै हेर्दै जाॅंदा ‘तमोसोमा ज्योतिर्गमय’ कार्यक्रममा नेपाली टोपी, लुगा चाहीॅं कुर्ता सुरूवाल लगाएकोअलिक अफ्ठ्यारो गरेर नेपाली बोलेको मान्छे देखें। उॅंहा त बंगलादेशमा बस्ने ‘बंगलादेशी प्रवासी नेपाली मनोज बहादुर गोर्खा’ हुनु हुॅंदो रहेछ। गज्जब लाग्यो बंगलादेशमा पनि नेपाली रहेछन्। उहाॅं कार्यक्रममा नेपालको बारेमा बोल्दा मायाले होला स़ायद, धेरै पट्क भक्कानिनु भयो। पहिलोपटक पुर्खाको भुमी नेपाल टेक्नु भएको रहेछ। उहाॅं सातौं पुस्ता, नेपालीहरू सन् १८७१मा ‘बिट्रिस गोर्खा सैनिक’ भएर गएका रहेछन् त्यहाको लुसाई आदिवासीहरू सॅंग लड्न। पछि लुसाईहरूसॅंग बेला बेलामा लड्न पर्ला भनेर नेपाल बाट गोर्खाहरूको परिवार नै लगेर बस्ती बसालेको रहेछ। अहिले उॅंहाहरू नयाॅं पुस्ताको लागि भनेर, बंगलादेशमा नेपाली भाषा, रिति रिवाज, चाड पर्व, धर्म संस्कृति आदीको बिकाशमा निकै लाग्नु भएको रहेछ।

अर्को प्रसंग ‘फिजीका प्रवासी नेपालीको’ : एकजना नेपाली साथी अफिसको कामको सिलसिलामा फिजी आइल्याण्ड पुग्दा एयरपोर्टबाट होटेल जाने क्रममा आफु चढेको ट्याक्सीको ड्राइभर कस्तो नेपाली जस्तो लाग्यो रे। उसलाई सोध्दा त‘मत यहीॅं जन्मेको हो तर मेरो हजुरबुबा नेपाल बाट आएको भनेछ। उसले नेपालीको बस्ती नै छ भनेछ। केही दिन पछि फुर्सदमा गुगलमा सर्च गर्दा त्यहाको नेपाली बिधार्थी संगठनको एकजनाको फोन नंबर फेला परेछ। उ सॅंग कुरा, भेट घाट भएछ। उसले नेपाली बस्ती लगेछ। ओहो बस्ती त पहाडको तल, हरियाली, तरकारी, उखु रोपेको, घर स-साना, कुखुरा, गाईबाख्रा पालेको, ठ्याक्कै नेपालको गाॅंउ बस्ती झल्काउने रहेछ।

बस्तीमा रहेको एकजना अलिक पाको उमेरको यस्तै ७५-८० बर्षको बुबा सॅंग कुरा गर्दा ‘उहाॅंको हजुरबुबा, हजुरआमाहरू परिवार नै नेपालबाट भारत काम गर्न जानु भएको र भारतबाट बेलायती सरकारले सन् १८७९ मा कामदारहरूलाई उखु खेती गराउन फिजी आइल्याण्डमा कलकत्ताबाट पानी जहाजमा लग्न लाग्दा भारतिय सॅंगै मिसिएर आउनु वा जवरजस्ती लिएर आएको रहेछ। उॅंहाले सानोमा दशैं तिहारमा टिका लगाएको, हजुरआमाले सेल पकाएको आदी कुरा भन्नु भएछ। अझ रेडियोमा कता कताबाट टावरले टिपेकोले नेपाली कार्यक्रम पनि सुनेको भन्नु भएछ।’

त्यस्तै नेपाली बस्ती लगिदिने नेपालीको नाम ‘ बिनय राम थापा’ रहेछ। उसको जिजु बुबा- आमा आउनु भएको रहेछ।त्यही जन्मे, हुर्केको चार पुस्ता भए पनि उसलाई नेपालको निकै चासो रहेछ। आफ्नो नेपालको सम्बन्ध खोज्दै जाॅंदा, फिजीको सरकारी रेकर्डमा जिजु बुबाहरू नेपालको ‘भीमफेदी गढी’ बाट आएको लेखेको भेटेछ। अझ फिजी पुगेपछि सबैले आफ्नो सरनेम ( लास्टनेम) नलेख्ने चलन रहेछ। तर कसैले लेख्न चाहेमा लेखे हुने रहेछ। उसले पनि आफ्नो जिजु बुबाको सरनेम‘थापा’ भेटेर लेख्न थालेको रहेछ। उहिले त नेपालबाट फिजी पुगेपछि चाहेर पनि फर्कन सम्भब भएन पुराना पुस्तालाई। तर उसलाई अझैपनि नेपाल गएर आफ्नो पुर्खौली थलो हेर्ने रहर रहेछ।

अहिलेका पुस्ताहरू त्यही जन्मे, हुर्केका, धेरैले त भारतिय र त्यहीका सॅंग बिबाह गरेका छन्। तर बिस्तारै उनीहरू पनि नेपालीपन, भाषा, संस्कृती जोगाई रहन लागि परेका रहेछन्। अहिले त नेपाली कार्यक्रम, नेपाल आइडल, फिल्म, टेलिसिरियल, युट्युबमा हेर्ने रहेछन्।

‘बर्मेली प्रवासी नेपाली’ : बर्मामा पनि नेपाली बस्ती नै छ।त्यहा नेपालीहरू कसरी पुगेको रहेछन् भन्ने इतिहास हेर्दा, भारतमा नेपालीहरू काम गर्न गएका र त्यो बेला ब्रिटिसहरूले भारत,बर्मा तिर राज गरेको हुनाले बर्मा बिना रोक टोक नेपाली भारतबाट सजिलै पुगेको देखिन्छ। त्यस्तै बेलायती सेनामा रहेका नेपालीले परिवार नै बर्मा लगेको देखिन्छ। दोस्रो बिंश्वयुद्ध पछि कति नेपाल फर्केको र कतिलाई त राजा महेन्द्रले ल्याएर भैरहवामा ‘बर्मीज टोल’ बनाएर बस्न दिएको भनिन्छ।अहिलेसम्म पनि बर्मामा रहेका नेपालीहरूले चाहीॅं नेपाली भाषा, संस्कृति, चाडपर्व राम्रैसॅंग जोगाईरहेको देखिन्छ। त्यहाॅं नेपाली मन्दिर, नेपाली भाषाको स्कुलहरू छन्।

एकजना बर्माबाट आउनु भएको नेपाली परिवार यहीॅं अमेरिकाको भर्जिनियामा हुनुहुन्छ। खोज्दै जाॅंदा उहाॅं र मेरो आमाको माइती एकै ठाउॅं र थापाका छोरीहरू। चाडबाडमा हामी दिदीबहिनीको भेटघाट हुन्छ, मामाको छोराहरूको घर जाॅंदा।

‘भारतिय प्रवासी नेपाली’ : भारतको दार्जिलिंग, सिक्किम, कालिंगपोगं, आसाम, मणिपुर, नागाल्याण्ड बसेका नेपालभाषी नेपालीले जस्तो ‘नेपालीपन’ जोगाएको त अरू कस्ले होला र। हुन त इतिहास हेर्दा कति ठाॅंउ त कुनै बेला नेपाल देशको नै पनि थियो। ब्रिटिस सॅंग युद्ध र बिभिन्न सन्धि गरेर नेपालले आफ्नो भुभाग छोड्नु पर्र्यो। अहिलेको नेपालको साहित्य, कला संस्कृति, शिक्षा, गायन, संगीत र सिनेमा उधोगको बिकाश हुनुमा त्यताको नेपालभाषीको ठुलो देन छ। देश फरक भएर के भयो र नेपाली त हो नी जॅंहा रहेपनि।

त्यस्तै राजा महेन्द्र र राजा बिरेन्द्रले पनि उदार भावना देखाएर उॅंहाहरू लाई नेपालमा स्वागत गर्नु भयो। कतिले सिक्किम- कालिंगपोंग- दार्जिलिंगतिरबाट आएर नेपालमा ‘अंग्रेजी माध्यमको स्कुल, प्रिस्कुल’ पनि खोल्नु भयो। कतिले शिक्षक- शिक्षिका भएर बिभिन्न स्कुलमा पढाए। अहिले पनि बिभिन्न साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम भईरहेको छ त्यतातिर र नेपालमा। साहित्यकार इन्द्र बहादुर राई, लैनसिंह बाङ्देल, पारिजात( बिष्णु कु वाइबा), गायक, संगितकार गोपाल योन्जन, रंजित गजमेर, डेनी डेन्जोप्पा, गायिकाहरू अरूणा लामा, डेजी बराइली, हिरा देवी वाइबा, तुलसी घिमिरे, प्रशान्त तामांग आदी केही प्रसिद्ध नाम हुन, त्यताका प्रवासी नेपालीका केही प्रवासी नेपालीहरू चाहीं अहिले पनि भारतको रामनगर, बनारस, लखनउॅं, नैनीताल, कुमाउ गढवाल आदी ठाॅंउमा पनि बसोबास गरेर बसेको पाइन्छ।

नयाॅं पुस्ताका प्रवासी नेपाली: करीब तिस,पैंतिस बर्ष देखि त नयाॅं पुस्ताहरू नेपाल छोडेर प्रवास लाग्ने क्रम बढेको छ।अहिले केही नेपालीहरू काम गर्न ‘अस्थायी प्रवासी नेपाली’ भएर खाडी मुलुक, साउदी अरब, ओमान, कुवेत, कतार, मलेशिया, साउथ कोरीया, थाइल्याण्ड, जापान आदी देशमा गइरहेका छन्। त्यस्तै केही बिध्यार्थी भएर अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान आदी देश गएका र प्राय: त्यतै बसोबास गरेर बसिरहेका छन्। अर्को थरी काम, घुम्न वासेमिनार आदीमा गएर, व्यवस्था मिलाएर त्यतै बसेका छन्।

एकथरी ब्रिटिस सेनामा कार्यरतका परिवारले पि.आर पाएर बेलायत बसोबास गर्न गएका छन्। त्यस्तै आजकल त डिभी  चिठ्ठाको माध्यमले अमेरिका, पारिवारिक माध्यमबाट ग्रीन कार्ड, पि.आर वा आफ्नै योग्यताको आधारमा पि.आर लिएर, अमेरिका, अष्ट्रेलिया, क्यानडा आदी देश प्रवासी भएर जाने नेपाली धेरै छन्।

प्रवासी अमेरिकी नेपाली: अमेरिका १९ बर्ष अगाडी पढ्न भर्खर आउॅंदा, नेपाली छिट्ट फुट्ट भेटिन्थ्यो, थोरै थियौं। अहिले त जताततै भेटिन्छन्। एक पटक सपिगं मलको सोफामा बसिरहेको बेला, एकजना नेपाली आमा अलिक पाको उमेरको आएर बस्नु भयो। उहाॅंको लुगा लवाई र बोलेको नेपाली भाषा, चिन्न गार्हो भएन, नेपाली नै हो भनेर। पहिले चिनजान नभएकै भएपनि नेपाली देखेपछि ‘ नमस्ते’ भनें।केही भलाकुसारी, अमेरिका आएको दुइ महिना भयो भन्ने आदी गफ भएपछि, उॅंहाले सोध्न थाल्नु भयो ‘नानी अमेरिका आएको कति भयो, डि.भी.चिठ्ठै परेर त आएको होला, आफ्नै घर की भाडामा, घर सानो टाउन हाउस की ठुलो, भाडामा मान्छे राखेको छ ?’ अझ,’ नेपाल घर कता सोध्नु भयो’। मैले ‘काठमाडौं’ भने। हैन गाॅंउकता रे, अब नभएको गाॅंउ के भन्ने, मेरो गाॅंउ नै काठमाडौंको ‘बानेश्वर’। अन्तिम प्रश्न त झन दिमागै रिंगाउने ‘जागिर के गर्नुहुन्छ, कमाएको पैसाले पुग्छ त ?’ लु भो अब, उस्तै परे ‘कति छ तलब देखाउनु त पे- चेक’ भनेर सोधुॅंला जस्तो गर्न लाग्नुभो। हो बुढाबुढी मान्छे, नेपाली देख्दा खुशी लाग्यो होला, तर पहिलो पटक एकछिन अगाडी भेटेको मान्छेलाई त्यसरी आन्द्राभुडीॅं नै निकाल्ने गरेर सोध्न त भएननी, फेरी बेमतलवको कुरा, अर्को पटक भेटै होला नै भन्ने पनि केही पक्का छैन।

तर एउटा कुरा चाहीॅं असाध्य राम्रो भएको छ आजकल अमेरिकामा। पहिले ‘तॅं कहाॅंबाट आएको’ भनेर सोध्दा ‘नेपाल’ भन्दाकहाॅं ( where) भन्थे। अहिले ‘नेपाल’ भन्दा मेरो कामको म्यानेजर नेपाली, मेरो छिमेकी नेपाली, मेरो डाक्टर नेपाली, म सॅंग धेरै नेपाली काम गर्छन्, हुॅंदाहुॅंदा मलाई नेपाली खाना ‘म:म ( डम्पलिंग) मन पर्छसम्म भन्छन्।

मेरो बिचारमा जब कोही आफ्नो देश छोडेर प्रवास लाग्छ, चाहे नेपाली हुन वा अरू देशका, उ आफुमात्र निक्लेको हुॅंदैन।उसले आफ्नो पहिचान, बोलीचाली, धर्म, भाषा, चालचलन सबै लिएर गएको हुन्छ।नेपालीले त सुटकेसमा नेपालको झण्डा, नक्सा, नेपाली पोशाक, टोपी र नेपाली खुकुरी त हालेकै हुन्छ। आजकल अमेरिकामा ‘नेपाली प्रवासी’ थपिए सॅंगै धेरै चाडपर्व मनाउन र निकै बिभिन्न समुदाय, प्रोफेशनल संघ संस्थाहरू खोलिएका छन्। पहिले ‘दशैं’ त्यो पनि नेपालीदुताबासले मनाउने कार्यक्रम, सबै पुग्थ्यौं नेपाली लुगा लगाएर, थोरै हुनाले सबै अटिन्थ्यो पनि। अहिले त ल्होत्सार, इन्द्रजात्रा, होली, छठपर्व, तिज पर्व, बुद्ध जयन्ती, क्रिसमस, बिभिन्न समुदायको पिकनिक, नयाॅं बर्ष आ-आफ्नै, शिवरात्री, नेपाल डे, गणतन्त्र दिवस, साहित्य गोष्ठी, आदी सबै मनाइन्छ।

अबको आवश्यकता, नयाॅं प्रवासी नेपालीले प्रवासमा ‘नेपालीपन’ बचाउने भनेको आफ्नो नेपाली वा नेपालमा हुॅंदा बोलीचालीको भाषा नेवारी, मैथली, तामागं, गुरूगं आदी नयाॅं पुस्तालाई सिकाउने। हुन त बिभिन्न ठाॅंउमा नेपाली भाषा सिकाउने नेपाली स्कुल त संचालनमा छन्। खाना त प्राय: नेपाली खाना घरमा पाक्ने हुनाले थाहा छ। तेस्तै आफ्नो धर्म, संस्कृति, चाडपर्व मनाउने। मन्दिर, सांस्कृतिक केन्द्रहरू पनि बन्दैछन् ठाॅंउ ठाॅंउमा। त्यस्तै नयाॅं पुस्ताका उनीहरू जस्तै सानोमाअमेरिका( बिदेश) आएका वा यतै( त्यतै) जन्मेका केटाकेटीहरूलाई भेटघाट, चिनजान गराउने।

एकथरी नेपाली अझैपनि नेपालमा आफुले आस्था राखेको राजनिति पार्टीको पछि वा ‘अमेरिकाबाट नेपाली राजनिति’ गरेको देखिन्छ। त्यो सबै रहर र पुरानो धगं धगं बाॅंकी हो र यही पुस्तामा नै समाप्त हुन्छ सबै। नयाॅं पुस्तालाई थाहा र मतलब पनि छैन के हुॅंदैछ नेपालको राजनितिमा अहिले, जसरी बर्षौं पहिले नेपाल छोडेका पुराना पुस्तालाई केही पत्तोथिएन।

अन्त्यमा एकपटकको नेपाली सॅंधैको नेपाली । नेपालबाट टाढा अर्को देशमा बसोबास गर्ने ‘प्रवासी नेपाली’ लाई नेपालीहोइन नभन। उनीहरूलाई पनि नेपालको उत्तिकै माया छ जति नेपालमा बस्ने नेपालीलाई छ।

हामी जस्ता बालापन नेपालमा बिताएर आएका पुस्ताहरूलाई, हो प्रवासले आफ्नोपन त दिएको छ तर लाग्दैन खै सॅंधैकोलागि आफ्नो बनाउन सक्ला ।

(साम्रगी: गुगलसर्च)

-शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया