मनोज दाहाल,
विराटनगर, ३१ जेठ । प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विस २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानवीन हुनु पर्ने बताउनु भएको छ।
प्रेस संगठन मोरङले कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारले कोभिड नियन्त्रणमा रु १७ देखि १८ करोड खर्चको विवरण चाँडै नै सार्वजनिक गर्ने बताउदै त्यस भन्दा अगाडि भुकम्पमा भएको खर्चको विवरण समेत सार्वजनिक गर्न दवावका लागि सुशासनका लागि युवा अभियानलाई आग्रह गर्नु भयो।
उहाँले सरकारले आगामी दिनमा ४० हजार वढीको थ्रोट स्वाव (पिसिआर) परीक्षण गर्ने बताउदै स्वास्थ्यकर्मीहरुको विज्ञहरुको टोलीको सुझाव अनुसार कार्य भैरहेको जानकारी दिनु भयो । मन्त्री कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको दावी गर्नुभएको छ । उहाँले स्थानीय स्तरमा निर्माण गरिएका केही क्वारेन्टिन व्यवस्थित नभएको गुनासो आएकाले मापदण्ड विपरितकालाई बन्द गरिने जानकारी दिनु भयो।
नेपाल कम्यूनिस्ट पार्टी मोरंगका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको कार्य अन्य प्रदेशको तुलनामा प्रभावकारी देखिएको बताउनुभयो।
उहाँले सरकारको हिसाव किताव खोज्ने यूवाले घरका अभिभावकको पनि हिसाव किताव खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने छ भन्नु भयो।
कार्यक्रममा नेपाली काङग्रेस मोरंगका सचिव मोदराज घिमिरे र जनता समाजबादी पार्टी मोरंगका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउनेहरू बढेसँगै बनाईएका होल्डिङ एरिया व्यवस्थित नहुँदा सेन्टरमा राखिएकाहरु भाग्न थालेकोले व्यवस्थित गर्न माँग गर्नुभयो।
यूवा अभियानकर्मी दिपेश धिमाल र अभिशेष भट्टराईले यूवाहरुले सरकारलाई निरन्तर खवरदारी गरिरहने बताउनुभयो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा सञ्जीव शर्मा र पव्लिक स्वास्थ्य विज्ञ डा दिपक यादवले देशभर २१ स्थानमा पीसीआर परिक्षण हुने भएपनि सवैको पीसीआर गर्न सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो–सवैको पीसीआर सवैको गर्न आवश्यक पनि छैन।
नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठन मोरंगका संयोजक सुदीप कोइराला कोभिड–१९ प्रति जनतालाई सचेतना जगाउने कार्यमा सञ्चारकर्मीहरुको ठूलो भूमिका भएको रहेको छ भन्नु भयो ।
पत्रकार
प्रतिक्रिया