मनोज दाहाल,
विराटनगर,३१ जेठ ।प्रतिनिधि सभाको शनिवारको वैठकवाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानी सहित नेपालको नक्सा अङ्कित निशान छाप दुई तिहाइ वहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा आज साँझ दिप प्रज्वनल गरिएको छ।
राष्ट्रिय यूवा संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु गुरु वराल, महेश रेग्मी, प्रदेश सभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती लगायत नेता कार्यकर्ताहरुले नेपालको नक्सामा मैनवत्ति बाली दिप प्रज्वनल गर्नु भएको थियो।
सो अवसरमा सर्वसाधारणहरुले पनि दीप प्रज्वनल गरेका थिए ।यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीमा समेत नक्सा अङकित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वनल गरिएको छ।
खुशियाली मनाउन सर्वसाधारण नागरिकहरुले आफ्नो घरमा दीप प्रज्वनल गरेका छन् ।रासस
पत्रकार
प्रतिक्रिया