सामाजिक अभियान्ताको स्रहानीय कार्य ,विरामीलाई उपचार सहयोग

वीरेन्द्र रावल २०७७ जेठ ३० गते १५:३१ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,जेठ ३०÷मेरो श्रीमान बाच्नु भयो र वातावरण सहज भयो भने गिटटी कुटेर भएपनि मानव सेवामा लाग्ने प्रण गर्नु भएको छ , कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका– वडानम्बर ५ का ३५ वर्षीय योगेन्द्र खड्काकी श्रमति बिष्णा खड्काले।

नेपाल खाद्य संस्थान धनगढीमा कार्यरत कर्मचारी रञ्जना खड्काले शुक्रबार बिष्णाका श्रीमान योगेन्द्र खड्काका लागि उपचार वापतको रकम हस्तान्त्रण गर्नेक्रममा रुँदै बिष्णाले भन्नु भयो – मलाई परिस्थीतिले माग्ने बनायो , श्रीमानको उपचारका लागि जसरी मनकारी हातहरुले उच्च सहयोगी भावनाका साथ श्रीमानको उपचारका लागि सहयोग गर्नुभयो छ त्यो रिण तिर्नका लागि जीवनभर म पनि मानव सेवामा लाग्नेछुँ।

सात वर्ष अगाडि सुर्खेतस्थित कार्यथलोमा दुर्घटनामा परि गम्भीर घाइते हुनु भएका र हालसम्म पनि निको हुन नसकेका योगेन्द्र खड्काको उपचारका लागि देश विदेशमा रहेका खड्का ३३ जना खड्का समाजका सदस्यहरुले संकलन गरि पठाएको ७० हजार ७ सय १६ रुपैयाँ विरामी योगेन्द्रकी श्रीमति बिष्णा खड्कालाई प्रदान गरिएको कुरा रञ्जना खड्काले बताउनु भयो । खड्का समाजकी सदस्य एवं खाद्यसंस्थानकी कर्मचारी रञ्जना खड्काले ११ हजार ६ सय २७ रुपैयाको चेक बिष्णालाई हस्तान्त्रण गर्नु भयो । सामाजिक अभियान्ता एवं नेपाल खाद्यसंस्थान धनगढीकी कर्मचारी रञ्जना खड्काले बाँकी रकम विरामी योगेन्द्रको खातामा पठाईसकिएको बताउनु भएको छ।

डोटी जिल्ला बाझ ककानी सालगाउँ घर भइ हाल कञ्चनपुर, भीमदत्तनगरपालिका–५, का ३५ वर्षीय योगेन्द्र खड्काको २०६९ पौष १३ गते सुर्खेत जिल्लाको दशरथपुर गमखोला बस दुर्घटनामा परि मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उहाँको बिगत केही दिनदेखि कम्मर मुनीको पूरै अङ्गहरु नचल्ने भएपछि उपचारको लागि सेती प्रादेशिक अस्पतालमा पुगाइएको थियो । योगेन्द्रको शुक्रबार अप्रेशन समेत भएको श्रमति बिष्णाले बताउनु भएको छ । सात वर्षीय छोरीकी पितासमेत रहेका उनी बिगत १० दिनदेखि अस्पतालमा छट्पटाइरहनु भएको थियो । उहाँले अस्पतालको शैयाबाटै सबैलाई सहयोग गरिदिन अपिल समेत गर्नु भएको थियो।

घाईते भएपछि उपचार गर्दा गर्दै सम्पूर्ण घरको सम्पति र जायजेथा सकिएर आर्थिक समस्या उत्पन्न भएपछि उहाँको थप उचारको लागि एउटा मानवीय धर्म निर्वाह गर्दै अभियानको थालनी गरिएको कैलालीको गोदावरी नगरपालिका–६, लालपुरका रणबहादुर खड्काले जानकारी दिनुभएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत योगेन्द्रको बारेमा धनगढीबाट प्रकाशित हुने युगअस्त्र नेपाली दैनिक पत्रिकाको समाचार हेरेर खड्का समाजले पनि ७० हजार रुपैयाँ संकलन गरेर सहयोग गरेको कुरा रञ्जना खड्काले बताउनु भएको छ ।

उक्त अभियानमा मोहन खड्का र सुमन खडकाले समन्वय गर्ने गरिरहेको र ७० हजार ७ सय १६ रुपैयाँ देश विदेशमा रहेका ३३ जना खड्का सदस्यहरुबाट संकलन गरिएको पनि उक्त अभियानकी अभियान्ता रञ्जना खड्काले बताउनु भएको छ।

आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्ने अवस्थामा पुगेका योगेन्द्रको अवस्थाका बारेमा थाहा पाएपछि कैलालीको गोदावरी नगरपालिकाको लालपुरमा बस्दै हामीले आउनु भएका मनकारी रणबहादुर खड्को सहयोग संकलन गर्ने कार्य सञ्चालन गर्नु भएको पनि छ।

उहाँले विहीबारका दीन बिरामीलाई भेटेर अभियानबाट उठाएको पच्चीस हजार रुपैयाँ हस्तान्तरण गरेका गर्नुभएको थियो । अभियानमा बिरामी खातावाला योगेन्द्र खड्काको नबिल बैंक लिमिटेड शाखा, कञ्चनपुर खाता नम्बर २९१००१७५०७७६१ मा सोझै जोडिन सकिने पनि उहाँले जानकारी दिनु भएको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया