कैलाली उद्योग बाणिज्य संघका पदाधिकारीका साथमा गौरीफन्टा नाकामा साउदको
वीरेन्द्र रावल,
धनगढी,जेठ २९ ÷ नेपालमा कोरोना कहर चलिरहेका बेला कर्मभूमि भारत बनाएर भारतमा पनि प्रवासी नेपालीहरुको दुःख र पीडामा मल्हम पटट्ी गर्दै आउनु भएका प्रमोद साउँद तीन सय किलोमिटरको दुरी पार गरेर लखनउबाट विहीबार विहान धनगढीको सीमाना गौरीफन्टा सम्म पुग्नु भयो।
कैलाली जिल्लाका कतिपय क्वाईरेन्टाईनमा सिनेटाईजको अभावका कारण कोरोनाको संक्रमण फैलिने खतरा बढे संगै १ हजार ५० थान मास्क र २ सय ५० लिटर सिनेटाईजरको काममा प्रयोग हुने लिक्वीड लिएर नेपालको सीमानामा पुग्नु भयो साउँद।
युवा समाज सेवीको रुपमा नेपाल भारतमा बलियो पहिचान बनाई सक्नु भएका प्रमोद साउँदले आफ्नो राजनीतिक गतिविधीलाईनै मानव सेवाको रुपमा ग्रहण गर्दै मानवको सेवामा अहोरात्र खटिरहनु भएको छ।
नेपालमा बढ्दो संक्रमणका कारण सामान्य भएपनि मानिसहरुको लागि उपयोगमा आओस भन्नका लागि भारतको उत्तर प्रदेशस्थित लखनउबाट जीव रिजर्व गरेर नेपालको सीमानामा पुग्नु भएका साउँदले कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र उपाध्यक्ष गगन केसीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्त्रण गर्नु भयो।
भारतको लखनउबाट जीव रिजर्व गरेर ३ सय किलोमिटर पार गर्दै विहीबार विहान नेपाल भारतको सीमा नाका गौरीफन्टामा पुग्नु भएका प्रमोद साउँद लगायत प्रवासी संगठनका पदाधिकारीहरुले नेपालीहरुका लागि सानो भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको छ।
प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य एवं उत्तर प्रदेशका ईन्चार्ज समेत रहनु भएका प्रमोद साउँदले कैलाली जिल्लाका कतिपय क्वाईरेन्टाईनहरुमा सिनेटाईजरको अभाव रहेको भन्ने समाचार सुन्नमा आएकाले तीं क्षेत्रहरुमा सहयोग होस् भन्नका लागि व्यक्तिगत रुपले भारतको लखनउस्थित आफैले सञ्चालन गरेको सीताराम गेष्ट हाउसको तर्फबाट १ हजार ५० थान मास्क र २ सय ५० लिटर जति सिनेटाईजरको काममा प्रयोगमा ल्याउन सकिने लिक्वीड लिएर नेपालको स्मानमा पुगेको बताउनु भयो।
लक डाउनको अवधीभर भारतको लखनउ लगायत उत्तर प्रदेशका विभिन्न जिल्लाहरुमा भोक भोकै अलपत्र परेका हजारौं नेपाली नागरिकहरुको उद्धार गर्ने र आफ्नै होटलमा समेत दुई महिना सम्म मेस सञ्चालन गरेर खाना पानी व्यवस्था गर्दै आईरहेको समेत साउँदले बताउनु भयो।
कामको शिलसिलामा भारतमा पुगेका तर रासन पानी नभएर भोकै बस्न बाध्य नेपाली कामदारहरुका डेरा र ओत लाग्ने ठाउँहरुमा पुगेर उनिहरुलाई दाल,चामल,नुन तेल र पिठोको व्यवस्था गर्दै उनिहरुको सेवामा लगातार तीन महिनादेखि तल्लीन हुनुपरिरहेको बताउनु हुन्छ – साउँद।
पिडामा परेका नेपालीहरुको सेवा गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको समेत साउँदे बताउनु भयो ।दुख र पिडाका बेलामा मल्हम पट्टी लगाउँदा उनिहरुबाट प्राप्त हुने आशिष बचनले झनै मानव सेवामा अभिरुची बढ्दै जान थालको पनि साउँदले बताउनु भएको छ।
भारतको लखनउ लगायत उत्तर प्रदेशमा अलपत्र परेका हजारौं मानिसहरुको उद्धार गरिएको र उनिहरुको सेवामा कुनैपनि खालको कमि नआओस् भन्नका लागि मानव सेवाको भावनाको सहयोगीहातहरु अगाडी बढाईनै रहेको पनि साउँदको भनाई छ।
प्रवासी संगठन भारतका केन्द्रिय सदस्य प्रमोद साउँद
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया