मंगलबार, साउन २७ २०७७
काठमाडौं १५:३१
वासिङटन डिसी 05:46

लकडाउन पूर्णरुपमा खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारलाई सर्वोच्चको आदेश

इनेप्लिज २०७७ जेठ २९ गते १६:५३ मा प्रकाशित

काठमाडौ ।लकडाउन पूर्णरुपमा खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ । जेठ २८ गते उक्त निर्णय सर्वोच्च अदालतले दिएको हो ।

न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो ।

लकडाउनलाई अदालतले समेत शून्य अवधि कायम गरेको अवस्थामा सरकारले निकालेको सूचना गैरकानुनी भएको भन्दै अधिवक्ता थानेश्वर काफ्लेले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवैपक्षको बहस सुनेर मात्र अन्तरिम आदेशबारे निर्णय गर्न आदेश दिएका थिए ।

निवेदकका तर्फबाट अधिबक्ता थानेश्वर काफ्ले(राजेश),वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त र हरि बहादुर खडकाले बहस गरेका थिए ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको निर्णय यस प्रकार छ ।

यस अगाडीको समाचारको लिंक :

https://www.enepalese.com/2020/06/275166.html

 

 

प्रतिक्रिया